Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यसपालिको हिउँद सुक्खा नै रहला कि पर्ला पानी ?

खबरडबली संवाददाता

काठमाडौं । गत असोज २१ गते जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा तीन महिनाको मौसम आकलन गरिएको थियो जसमा अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको उल्लेख थियो।

तर वास्तविकतामा त्यस्तो भएको छैन।,यो वर्षको हिउँदको केही साताहरूमात्र बाँकी रहँदा पनि पानी पर्न नसकेकोले हिउँदे बालीको उत्पादनमा असर पर्ने देखिएको छ भने वायू प्रदूषण बढेको छ।

“हामीले वास्तवमा जनरल सर्कुलेसन मोडल भनिने जीसीएममा आधारित भएर हाम्रो क्षेत्रका निम्ति हुने गरी मौसमी आकलन गरेका हुन्छौँ। त्यसकै आधारमा हामीले यसपालि सरदरभन्दा धेरै पानी पर्न सक्छ भनेका थियौँ,” विभागका मौसमविद् सुदर्शन हुमागाईँले भने।

‘अझै समय बाँकी छ’

हुन त हिउँद भनेको नेपालमा एकदमै कम पानी पर्ने समय हो। जून महिनाद खि अक्टोबरसम्मको मनसुन अवधिमा वर्षभरिको करिब ८० प्रतिशत वर्षा हुने गर्छ। उक्त अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ।

त्योबाहेक प्रि मनसुन भनिने बर्खाअघि र पोस्ट मनसुन भनिने बर्खापछिको समयमा पनि पानी पर्छ। हिउँदमा चाहिँ कुल वार्षिक परिमाणको ३-४ प्रतिशतमात्र पानी पर्ने गरेको बताइन्छ।

“त्यसैले अझै पनि हिउँदका समय बाँकी रहेकाले एक दुई झर राम्ररी पानी पर्ने हो भने सरदर परिमाण भेट्न सक्छ,” हुमागाईँले भने।

तर हाल विभागसँग महिनैपिच्छेको बर्खा प्रक्षेपण गर्न सक्ने क्षमता नभएकोले आगामी साताहरूमा वर्षा होला कि नहोला या कति होला भनेर यकिन भन्न नसकिने उनले बताए।

काठमाण्डूमा चिसो बढ्दो

विभागले निरन्तर ३ दिने मौसम पूर्वानुमानका बुलेटिन जारी गर्ने गर्छ। पछिल्लो बुलेटिनमा पनि वर्षाको सम्भावना देखिँदैन।

“तर पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना भने छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

उनका अनुसार आगामी साता एउटा पश्चिमी वायु प्रणाली विकसित हुँदै गरेकाले त्यसले उच्च भेग तथा केही स्थानमा पानी पर्न सक्ने भए पनि यकिन भन्न सकिने अवस्था छैन।

यो साता काठमाण्डूमा न्यूनतम तापक्रम भने घटेको छ।
“सोमवार काठमाण्डूमा यो वर्षकै कम ३.२ डिग्री न्यूनतम तापक्रम रेकर्ड गरियो,” उनले भने।

त्यस्तै तराईका धेरै क्षेत्रमा कुहिरोको अवस्था रहेको विभागको बुलेटिनमा जनाइएको छ। त्यसले धेरै ठाउँमा भिजिबिलिटी वा पारदर्शिता निकै कम पारेको छ।

मङ्गलवार जारी उसको बुलेटिनमा “बिहानको समयमा तराईका अधिकांश भू-भागहरूमा लागेको बाक्लो हुस्सु/कुहिरो अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ” उल्लेख छ।

बालीनालीमा असर पर्ने चिन्ता

हिउँदमा पर्याप्त पानी नपर्दा बालीनालीको उत्पादनमा पनि असर पर्ने चिन्ता अधिकारीहरूले गरेका छन्।

“यो समयमा खासमा गहुँ, आलु अनि अन्य तरकारी उत्पादन हुन्छ। अलि पछि मकैको समय आउँछ। यतिखेर पानी नपर्दा गहुँमा धेरै असर पर्न सक्छ,” वरिष्ठ कृषि अर्थविद् डा महादेवप्रसाद पौडेलले बताए।

कृषिको कुल गार्हस्थ उत्पादनमा गहुँको योगदान पाँचौँ स्थानमा करिब ५.६ प्रतिशत अनि तरकारीको दोस्रो स्थानमा करिब १३.४ प्रतिशत रहेको छ।

मकै र आलु क्रमश: तेस्रो र चौथो स्थानमा छन्।उत्पादनको हिसाबमा गहुँको वार्षिक उत्पादन २०-२२ लाख मेट्रिक टन हुने पौडेल बताउँछन्।

सिँचाइको सुविधा केवल एक चौथाइ क्षेत्रमा मात्र रहेको हुँदा समयमा पानी नपर्दा उत्पादन खस्कने चिन्ता उनले सुनाए। पानी पर्ने उपयुक्त समय घर्किसकेपछि परेको पानी त्यति उपयोगी नहुने पनि उनले बताए।

“सामान्यतया हामी गहुँ मंसिरको १५-२० सम्म लगाउँछौँ। त्यसको २३ दिनभित्र क्राउन रुट इनिसिएसन भनिने चरणमा सिँचाइको एकदमै धेरै आवश्यकता र महत्त्व हुन्छ। त्यो भनेको जरा अनि गाँजहरू फस्टाउने बेला हो। त्यतिखेर पानी नपरेर पुग्ने क्षतिलाई पछि परेको पानीले भरथेग गर्न सक्दैन,” उनले भने।

पानी नपर्दा वायु प्रदूषणको स्तर पनि खस्कँदै गइरहेको बताइन्छ। खासगरी बिहानीको समयमा काठमाण्डूमा वायुको गुणस्तर अस्वस्थ्य तहमा पुग्ने गरेको आँकडाहरूले देखाएका छन्।

“गत वर्षको स्तरमा धेरै प्रदूषण त भइसकेको छैन। तर पानी नपर्दा पक्कै असर परेको छ,” वातावरण विभागका प्रवक्ता तारादत्त भट्टले भने।

गएको वर्ष पनि हिउँदे वर्षा निकै कम भएको थियो। हिउँदे वर्षा नहुँदा सुख्खाका कारण डढेलो लाग्ने डर पनि बढ्ने जानकारहरू बताउँछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending