धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिए । पदीय मर्यादा अनुरूप काम नगरेको पाइएका दुई जना उपसचिवलगायत विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीसहित ७२ जना कारबाहीमा परेको उनले बताए।
कर्मचारीले लापरबाही गरेको जनगुनासो बढेपछि जनकपुरधामस्थित प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका १८ वटा कार्यालयमा लगातार दुई दिन गरेको छड्के अनुगमनको क्रममा बिदा स्वीकृतिबिना नै घर बसेका ३४ जना र तोकिएको पोसाक नलगाई कार्यस्थलमा उपस्थित भएको पाइएका ३८ जनालाई कारबाही गरिएको हो ।
त्यस क्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन, शिक्षा तथा संस्कृति मनत्रालयका पाँच, गृह सञ्चार तथा कानुन मन्त्रालय एक, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ, वन तथा वातावरण मन्त्रालयका छ, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच, ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जनालगायत विभिन्न कार्यालयका कर्मचारीहरू कारबाहीमा परेका हुन् ।
प्रदेश सरकार मातहतका आठै जिल्लामा रहेका कार्यालयको छड्के अनुगमनलाई निरन्तरता दिइने निमित्त मुख्य सचिव महतोले बताउनुभएको छ । यसअघि सरकारी काम कारबाहीलाई चुस्तदुरूस्त र प्रभावकारी बनाउने उद्देश्यसहित मुख्यसचिव महतोले २३ बुँदे निर्देशन जारी गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: