चितवन । भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो ।
विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् । केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो ।
सरोकारवाला निकायका सबै सकारात्मक देखिएसँगै विस्तारको काम अघि बढ्ने भएको हो । भरतपुर महानगरपालिकाले विस्तारको पहल गर्दै आएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्ने सहमति भइसकेको जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिइसकेको जनाइएको छ ।
अहिलेको यो विमानस्थल निकै जोखिमपूर्ण मानिन्छ । यो तराईको लुक्ला भनेर पनि परिचित गरिन्छ । प्रमुख दाहालका अनुसार विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार पाँच सय मिटर बनाइँदै छ । अहिले एक हजार दुई सय मिटर मात्रै लामो छ । यससँगै ७२ सिट क्षमताका ठुला जहाज रात्रिकालीनसमेत उडान गर्न सकिने उनले जानकारी दिइन् ।
गत शनिबार भरतपुरको श्री नयाँ सबुज गणमा भएको कार्यक्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्यारेकमा रहेको ७० बिघा आठ कट्ठा चार धुर जग्गामध्ये १९ बिघा चार कट्ठा चार धुर विमानस्थल विस्तारका लागि दिनुपर्ने देखिएको जानकारी दिएका थिए । यससँगै यहाँको केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताए । सोही अवसरमा रक्षामन्त्री खड्काले स्थलगत निरीक्षण गरी प्रजनन केन्द्र सार्ने विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए ।
केन्द्रमा साना ठुला गरी हाल ११० घोडा छन् । विसं २०४१ बाट केन्द्र सञ्चालनमा छ । यहाँ जन्मिएका घोडाका बच्चालाई सामान्य तालिम दिएर थप तालिमका लागि काठमाडौँ पठाउने गरिन्छ । प्रजनन केन्द्र स्थानान्तरण गरिए पनि सेनाको गण भने यही रहने जनाइएको छ ।
धावनमार्ग र सडकका लागि थप जग्गा दिने तयारी गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जग्गाको सुनिश्चितता भएसँगै धावनमार्ग विस्तारको काम अघि बढ्ने जानकारी दिए । नयाँ टर्मिनल भवन बन्दै गरेको जनाउँदै उहाँले विस्तारका लागि जग्गाको व्यवस्था भएसँगै धावनमार्ग विस्तारको काम तत्काल अघि बढाउने बताए । चालु आर्थिक वर्षमा धावनमार्गका लागि कार्यक्रमसमेत राखिएको उनले जानकारी दिए ।
यो विमानस्थल विसं २०१५ मा निर्माण भएर विसं २०१८ बाट सञ्चालन हुँदै आएको छ । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिघा रहेको छ । यसमा एक हजार २दुई सय मिटर मात्र धावनमार्ग छ । विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । छोटो धावनमार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - ०९:३२
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...
चैत्र ३ गते, २०८२ - ०९:२८
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...
चैत्र ३ गते, २०८२ - ०७:५२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...
चैत्र ३ गते, २०८२ - ०७:४३
काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...
चैत्र ३ गते, २०८२ - ०७:३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...
चैत्र ३ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...
चैत्र ३ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...
चैत्र ३ गते, २०८२ - ०७:२२
म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...
चैत्र ३ गते, २०८२ - ०७:२१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...
चैत्र ३ गते, २०८२ - ०७:१६
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...


प्रतिकृया लेख्नुहोस्: