काठमाडाैं । आईसीसी यू-१९ विश्वकप अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ।
पूर्वि लन्डनमा बुधबार भएको खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका लागि अजान अवेसले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ६३ रन बनाएपछि पाकिस्तानले जित हासिल गरेको हो।
त्यस्तै, पाकिस्तानका लागि शामिल हुसैन र सहजैब खानले ३७-३७ रन बनाए। यसैगरी, अहमद हुसैनले २९ र हारुन अर्सदले १५ रन बनाएका थिए । नेपालका लागि आकाश चन्दले तीन, दिपेश कँडेल र आकाश त्रिपाठीले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो। नेपालका लागि विपिन रावलले ३९, दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारीले २०, गुल्सन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
पाकिस्तानका लागि अराफात मिनहासले तीन, उबैद शाह र अहम्द हुसैनले दुई-दुई तथा खुबैब खलिल, मोहम्मद जीशन र अलि अस्फन्दले एक-एक विकेट लिए ।
नेपालले लिग चरणको तेस्रो खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। नेपाल रहेको समूह 'डी'मा न्यूजिल्यान्ड र पाकिस्तानले दुई-दुई खेल जितेर चार-चार अंक जोडेका छन्। नेपाल र अफगानिस्तानले अंक जोड्न सकेका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: