Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चार वर्षमा पनि सम्पन्न भएन

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ ।  अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । 

चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।

आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिनुभयो । आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ । यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । 

जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए ।

आयोजनाको काम दुई  प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले  आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरवाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए।

जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका  प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए । उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...

गुल्मीमा एक हप्तामा १६० जनाको राहदानी, नौ लाख राजस्व संकलन

गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...

अमेरिकाविरुद्ध इशान पाण्डेको एकदिवसीय डेब्यु, नेपाल पहिले फिल्डिङमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...

काज फिर्ता नहुँदा प्रादेशिक अस्पताल गौरको सेवा प्रभावित

गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देख...

करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ

नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending