Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

हिउँदे वर्षा नहुँदा किसान चिन्तित, शीतलहरले लगाइएका बाली कक्रँन थाले

फाइल फोटो
खबरडबली संवाददाता

महोत्तरी । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ ।

“हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन”, महोत्तरीको बलवा–१० धमौराका हासिम राइनले भने, “एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो, तर खै पानी पर्ने त छाँट नै छैन ।” 

पानी नपर्दा लगातारको शीतलहरले तरकारी बालीलाई क्षति पु¥याएको उनको गुनासो छ । “बाक्लो तुसारोले आलु बोटमै सुक्यो, गोलभेँडा सड्दै बोटबाट झर्दैछन्, कोभीका पूmल बढ्न नसकेर कक्रेका छन्”, उनले भने “एकपटक अहिले पानी परे मौसम सफा भएर घाम तात्न थाल्थे, बालीनालीलाई राहत मिल्थ्यो ।”

विगतमा माघ लागेपछि हुस्सु फाट्दै गएर पारिलो घाम लाग्ने किसान बताउँछन् । “तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व मनाएपछि त घाम तात्थ्यो, तर यसपालि त माघ आधा हुनलाग्दासम्म हुस्सुले छाडेको छैन”, भङ्गाहा–४ रामनगरका ८५ वर्षीय किसान मोती महतोले भने, “यो मौसमको कुलक्षण नै हो, आउने दिन खुसीका हुने छैनन् ।” 

हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेका र  खानेपानीका स्रोत मुहान सुक्दै जान सक्नेमा  उहाँले चिन्ता व्यक्त गरे । हिउँदे वर्षा कुहासा (हुस्सु) फटाउने, चिसो पश्चिमी हावा (स्याँठ) चल्न छाड्ने र क्रमशः घाम तताउँदै लानेमात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने जनाइएको छ  । 

बर्दिबास–१२ डाँडाटोल बिजलपुराका ७५ वर्षीय किसान रामसुन्दर ठाकुरले भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने बताए। 

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ रामनगरकै ९० वर्षीय हाजीबिहारी अन्सारीले यसपालि माघ दोस्रो साता बित्दै गर्दासम्म पानी नपरेको हुँदा नै हुस्सु र चिसो हावा नफाटेको बताए । 

फलपूmलखेती (आँप, लिच्ची, सपाटो र रुखकटहरसहितका फल) सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, पाटु, वरडाँडा र माईस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको समस्या बढ्ने चिन्तामा छन् । 

यसैगरी जिल्लाकै फलपूmलखेतीको पकेटक्षेत्र मानिने गौशाला नगर क्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने जनाइएको छ । 

हिउँदे वर्षाले बालीनालीका लागि माटो भिजाउनेमात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने गर्दछ । “हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि सहयोग  हुन्छ”, बर्दिबास–९ पशुपतिनगरको झ्याकुलेटोलका ६५ वर्षीय किसान महेन्द्र महतोले भने, “हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्नेछ ।” 

हिउँदे वर्षाको मानव र यावत जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने ८५ वर्षीय नथुनी महतोको अनुभव छ । 

महोत्तरीको कुल ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशतमात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ (कुलो, नहर लाग्ने) पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका समस्या पनि बढ्ने गर्छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending