Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

तस्बिरः सुरेन्द्र थापा ।
खबरडबली संवाददाता

काठमाडौं  । सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । 

वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उत्त पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रम लेखिका अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराए । आफ्नो स्वागत मन्तव्य राख्दै उनले भने, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु ।’

पुस्तकका रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै केही कमिकमजोरीका बाबजुद पनि राम्रो कृति आएको बताए । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गरे ।

यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँको सक्रियताको तारिफ गरेका थिए  ।

सञ्चारिकका समूह अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढनका लागि हाम्रो समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको बताउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको जिकिर गरिन् । महिला दबाक समूहकी अध्यक्ष कल्याणी शाहले नेपाली महिलाहरू आज पनि विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै गीतका कार्यको तारिफ गरेकी थिईन् । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले यसमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताए । उनले भने, ‘यस समीक्षा कृतिमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्यमात्र होइन, कृतिलाई जीवन्त बनाउने श्रेणीमा पर्दछन् ।’

यस्तै, प्रा.पुरुषोत्तम दाहालले आफ्नो कविता कृति ‘काला बादलमा उज्याला पाइला’का बारेमा पनि यसमा समावेश भएको बताउँदै यसमा धेरै विधाका कृति रहेको बताए । आफ्नो ‘शान्ता’ उपन्यासका बारेमा चर्चा गर्दै उनले गीताले यस कृतिलाई जन्म दिएर आज आमा बनेको धारणा राखे ।

प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गरे । आफूले कथामा पनि आफ्नो परिवेश र आफ्नै वरिपरिका विषयवस्तुलाई प्राथमिकता दिँदै आएको बताउँदै भन्न खोजेको कुरा सरल भाषामा व्यक्त गर्नुपर्ने धारणा राखे । पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताए । गीतकार गणेश सुवेदीले सहजिकरण गरेको कार्यक्रममा अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

गीता अधिकारीले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आएकी छन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोतारदर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीमा रहेर कुशल कार्यसम्पादन गर्नुभएकी गीतको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याएकी हुन् । मिलाप पब्लिकेशन प्रा।लि।ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending