चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोलटोलमामा पुगेर प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेसँगै ९ हजार बढीले स्वास्थ्य सुविधा लिएका हुन् ।
भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरु देखिएका छन् । भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोलटोलमामा पुगेर प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेका थिए । यसका लागि १०२ जना स्वास्थ्यकर्मीले परिचालन गरिएको थियो ।
हालसम्म ९ हजार ४१८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । स्वास्थ्य जाँचबाट विरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको छ । यस्तै मधुमेह, उच्च रोगहरु बोकेर हिडेको तर, जानकारी नभएको समेत पाइएको भट्टले बताए ।
स्वास्थ्य जाँचपछि जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिईने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताइन् । भरतपुवासीलाई प्रत्यक्ष महशुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रमुख दाहालको भनाइ छ । जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ महानगरका सबै वडामा अभियान चलाइएकोे प्रमुख दाहालले बताइन् ।
मंसिर २० गते भरतपुर वडा नम्बर २४ बाट समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीहरूको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा उपचारको व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म सकिने महानगर स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए ।
अभियानले भरतपुरमा रहेका जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क संकलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउदाँ धेरै सहयोग पुग्ने प्रमुख सुवेदीले बताए । स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा. भोजराज अधिकारीलाई नियुक्त गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: