Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सामान चोरी भएपछि पुल निर्माण रोकियो, ठेकेदारको आरोप- वडाध्यक्षले लगे

खबरडबली संवाददाता

नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो ।

कम्पनीले आफ्नो करिब रु ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको बताए ।

‘बुलिङटार–३ का वीष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो, सामान लैजाँदै गर्दा उहाँको ट्रयाक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्’, उनले भने, ‘बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब रु ११ लाखको काम गर्दा रु एक लाख ७० हजार जति रकम मैले तिर्न बाँकी थियो ।’

बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीले आरोप लगाए । ‘मेरो सामान चोरी भएको विषयमा मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा ट्रयाक्टर साहुको नाममा किटानी जाहेरी दिएको छु’, उनले भने, ‘मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन ।’ निर्माणाधीन पुलका सामान लैजाने भनिएका जर्घा बुलिङटार गाउँपालिका–३ का वडाध्यक्षसमेत हुन् ।

व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी रु तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको निर्माण उनको भनाइ छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको जनाइएको छ ।

बुलिङटार–३ का वडाध्यक्षसमेत रहेका आरोपी जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताए । ‘निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाउनुभएको थियो । छ वर्ष अगाडि मेरो ट्रयाक्टर लगेर काम गर्नुभयो’, उनले भने, ‘त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन, सम्पर्कमा पनि आउनुहुँदैनथ्यो ।’ निर्माण व्यवसायी अशोक लोहनी सम्पर्कमा आएको बेला पनि पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ ।

आफू जनप्रतिनिधि भएपछि आफ्नो सबै घरव्यवहार आफ्ना छोराले हेर्ने गरेको जनाउँदै जर्घाले भने, ‘छोरा गएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटनामा पर्यो ।’ पैसा नपाइरहेको अवस्थामा तरङ्ग खोलामा निर्माण व्यवसायीले पुल बनाइरहेको छोराले थाहा पाएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटना भएको उनको भनाइ छ । उनले भने, ‘पुल निर्माण भएको ठाउँबाट लोहनीको सामान ल्याएर सुरक्षित राख्ने र पैसा दिएपछि फिर्ता गर्ने उनीहरूको योजना थियो ।’

तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माण कम्पनीले हालेको उजुरीका विषयमा दुवै पक्षले न्याय पाउनेगरी समाधान खोजिने जानकारी दिए ।

‘समान हराएको विषयमा उजुरी परेको छ, सामान लगेको भनिएको व्यक्तिलाई समेत निर्माण पक्षले केही रकम तिर्न बाँकी रहेछ’, उनले भने, ‘सामान लैजाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेर मान्छेको मृत्यु भएको छ, पहिले यो मुद्दामा चालकमाथि अनुसन्धान अगाडि बढाएका छौँ ।’

दुर्घटनामा मान्छे मरेको मुद्दाको छिनोफानो भएपछि चोरीका विषयमा अनुसन्धान अगाडि बढाइने सूचना अधिकारी पौडेलले बताए । तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान लैजाँदै गरेको लु४त २३१३ नम्बरको ट्रयाक्टर गत माघ ४ गते साँझ जिल्लाको बुलिङटार–१ मोजडाँडामा दुर्घटना भएको थियो ।

कालीगण्डकी करिडोरबाट करिब एक सय मिटर तल खेतमा खसेको ट्रयाक्टरले नै थिचेर ट्रयाक्टरमा सवार बुलिङटार–३ का ३५ वर्षीय चन्द्रबहादुर दर्लामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा सोही ट्रयाक्टरमा सवार बुलिङटार–३ का ४० वर्षीय धनबहादुर नेपाली र २८ वर्षीय मीनबहादुर सार्की घाइते भएका छन् । दुर्घटनामा सकुसल रहेका ट्रयाक्टर चालक बुलिङटार–३ का २१ वर्षीय धनबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी पौडेलले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: