डोटी । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएको छन् ।
आज डोटीको सिलगढीमा नेकपा ९एकीकृत समाजवादी० को कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठूलो परिवर्तन आउने बताए। उनले भने, “धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ । यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ ।”
डोटीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आलेले यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले आफूले सो राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिए।
उनले उक्त बैकल्पिक राजमार्गका विभिन्न ठाउँमा पुल निर्माणको काम अगाडि बढाएको जानकारी दिँदै भने, “डोटीको विकासका लागि म सधैँ अग्रसर छु । मेरो कार्यकालसम्म म जिल्लाको मुहार फेर्ने गरी विकासका कामलाई अघि बढाउनेछु ।”
सो क्षेत्रका नागरिकलाई चीनको ताक्लाकोट जान र चिनियाँ तथा भारतीय पर्यटक भित्र्याउन उक्त मार्गबट सहज हुने भएकाले यहाँको खप्तडलगायत सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको विकासमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।
पूर्वमन्त्री आलेले विकासका काममा राजनीति गर्न नहुने भन्दै सबै मिलेर आफ्नो जिल्ला र समग्र सुदूरपश्चिम क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए । कुन क्षेत्रमा के कस्ता समस्या र आवश्यकता छन् भन्नेबारेमा आफूलाई जानकारी गराउन पनि उनले जिल्लावासीलाई आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...
चैत्र २ गते, २०८२ - १४:५३
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...
चैत्र २ गते, २०८२ - १४:२५
सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...
चैत्र २ गते, २०८२ - १४:०६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...


प्रतिकृया लेख्नुहोस्: