काठमाडौं । माघ ८ गतेदेखि साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्धप्रतिष्ठित कलाकारहरुद्धारा सिर्जित कलाकृतिहरुको सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुने भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा शीर्षकमा चित्रकला प्रदर्शनी हुने भएकाे हाे ।
उक्त प्रदर्शनीका लागि तयार ६ दर्जन सबै चित्रकृतिहरु विसुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका आयाेजकले बताएकाे छ । साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति कार्यशाला सम्पन्न गरेको र उक्त कार्यशालामार्फत सिर्जित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरुको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला–संयोजक रबिन कोइरालले बताए ।
सिर्जिक चित्रकृतिहरु अमूर्त, मूर्त, अर्धमूर्त, यथार्थवादी तथा अतियथार्थवादी शैलीका छन् । कार्यशालामा ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, के.के.कर्मचार्य सहित शशी विक्रम शाह, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, जितबहादुर रायमाझी, रतनकुमार राई, मुकेश मल्ल, राकेश श्रेष्ठ, सुनिता राणा, छितेन शेर्पा, सरिता डंगोल लगायत ३२ कलाकार सहभागी भई ऐतिहासिक ६ दर्जन कलाकृति सिर्जिएको कोइरालाले बताए ।
नेपालमा साइकल संस्कृतिमैत्री आधारभूत संरचना र सभ्यता स्थापनाका लागि विविध बौद्धिक–कलात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको साइकल कल्चर कम्युनिटीको संयोजनमा कार्यशाला सम्पन्न भई चित्रकला प्रदर्शनी आयोजना हुन गइरहेको हो । कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक तारालाल श्रेष्ठले बताए । साइकल संस्कृति विकास र विस्तारका लागि कला, साहित्य, दर्शनसँग जोडेर सिर्जनात्मक अभियानको आवश्यकता बोध भएकाले यस चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको उनले बताए ।
नेपाल कला परिषद् बबरमहल काठमाडौँमा प्रदर्शनी माघ ८ गतेदेखि माघ १४ गतेसम्म विहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म जारी रहने उनको भनाइ छ । उक्त कार्यशालाबाट सिर्जित चित्राकृति प्रदर्शनी उदघाटन माघ ८ गते १ः१५ बजे नेपाल कला परिषद्, बबरमहलमा हुने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: