Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सामूहिक चित्रकला प्रदर्शनी हुने

खबरडबली संवाददाता

काठमाडौं । माघ ८ गतेदेखि साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्धप्रतिष्ठित कलाकारहरुद्धारा सिर्जित कलाकृतिहरुको सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुने भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा शीर्षकमा  चित्रकला प्रदर्शनी हुने भएकाे हाे ।

उक्त प्रदर्शनीका लागि तयार ६ दर्जन सबै चित्रकृतिहरु विसुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका आयाेजकले बताएकाे छ । साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति  कार्यशाला सम्पन्न गरेको र उक्त कार्यशालामार्फत सिर्जित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरुको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला–संयोजक रबिन कोइरालले बताए ।

सिर्जिक चित्रकृतिहरु अमूर्त, मूर्त, अर्धमूर्त, यथार्थवादी तथा अतियथार्थवादी शैलीका छन् । कार्यशालामा ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, के.के.कर्मचार्य सहित शशी विक्रम शाह, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, जितबहादुर रायमाझी, रतनकुमार राई, मुकेश मल्ल, राकेश श्रेष्ठ, सुनिता राणा, छितेन शेर्पा, सरिता डंगोल लगायत ३२ कलाकार सहभागी भई ऐतिहासिक ६ दर्जन कलाकृति सिर्जिएको कोइरालाले बताए । 

नेपालमा साइकल संस्कृतिमैत्री आधारभूत संरचना र सभ्यता स्थापनाका लागि विविध बौद्धिक–कलात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको साइकल कल्चर कम्युनिटीको संयोजनमा कार्यशाला सम्पन्न भई चित्रकला प्रदर्शनी आयोजना हुन गइरहेको हो । कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक तारालाल श्रेष्ठले बताए । साइकल संस्कृति विकास र विस्तारका लागि कला, साहित्य, दर्शनसँग जोडेर सिर्जनात्मक अभियानको आवश्यकता बोध भएकाले यस चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको उनले बताए । 

नेपाल कला परिषद् बबरमहल काठमाडौँमा प्रदर्शनी माघ ८ गतेदेखि माघ १४ गतेसम्म विहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म जारी रहने उनको भनाइ छ  ।  उक्त कार्यशालाबाट सिर्जित चित्राकृति प्रदर्शनी उदघाटन माघ ८ गते १ः१५ बजे नेपाल कला परिषद्, बबरमहलमा हुने आयोजकले जनाएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending