Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

दक्षिण कोरियामा कुकुरको मासुको विषय किन संवेदनशील छ ?

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियामा विदेशीले सोध्नसक्ने एउटा सबैभन्दा विवादास्पद प्रश्न हो, “के तपाईँ कुकुरको मासु खानुहुन्छ?”। तर यसले निम्त्याउने प्रतिक्रिया र जवाफ भने प्रश्न सोधिएको व्यक्तिको उमेरमा निर्भर रहन्छ।

“यो ज्यादै पट्यारलाग्दो प्रश्न हो। मैले प्रस्टीकरण दिनुपर्छ कि मैले कहिल्यै पनि खाएकी छैन्। कुकुरको मासुबाट बन्ने परिकार पाका दक्षिण कोरियालीहरूका लागि हो। तर विदेशीहरूले यो अभ्यास आम रुपमा नै छ भन्ने ठान्छन्,” उमेरले ३० को दशकमा रहेकी जर्मनीमा कार्यरत परामर्शदाता पार्क इयुन क्योङ भन्छिन्। उनले बेलाबेलामा आफूलाई उक्त प्रश्न ‘अपमानजनक’ लाग्ने पनि बताइन्।

“त्यसले नकारात्मक खालको अर्थ दिन्छ जसको सङ्केत कोरियालीहरू एकदमै अनुपयुक्त केही चिज खान्छन् र त्यो संस्कृति असभ्य खालको हो भन्ने बुझिन्छ।”

तर यस्तो प्रश्न सोध्नुपर्ने दिनहरू अब कम बाँकी रहेको सङ्केत मिलेको छ। केही दिन पहिले मात्रै दक्षिण कोरियाको सरकारले सन् २०२७ बाट मासुका लागि कुकुरहरू पाल्ने, काट्ने, विक्री र वितरण गर्ने काममा प्रतिबन्ध लगाएको छ।

त्यसले एक शताब्दी लामो परम्पराको अन्त्य गर्नेछ। ऐतिहासिक रुपमा गाईलाई उच्च महत्त्व दिइन्थ्यो। ग्राजुएट स्कूल अफ कोरिअन स्टडिजका मानवशास्त्री प्राध्यापक जो योङ हा भन्छन् १९ औँ शताब्दीको अन्त्यसम्म पनि गाई मार्नका लागि सरकारी अनुमतिपत्रको आवश्यकता पर्थ्यो।

त्यही भएर मानिसहरूलाई खानेकुरामा प्रोटिनको अन्य स्रोतहरू आवश्यक पर्थ्यो। कोरियाली प्रायःद्वीपमा बसिरहेका मानिसहरूका लागि कुकुरको मासु एउटा राम्रो विकल्प थियो। किनभने जुनसुकै तप्काका मानिसहरूले पनि त्यसमा पहुँच पाउनसक्थे तर त्यसलाई खान नचाहाने मानिसहरू पनि सधैँ थिए।

तर अरू मासुको जस्तै यस्का पनि लोकप्रिय परिकारहरू बने। कुकुरको मासुको सुप जसलाई बोसिनट्याङ् पनि भनिन्छ त्यसमा पानीमा उमालेको कुकुरको मासुका टुक्राहरू पर्छन्। पाका उमेरका दक्षिण कोरियालीहरूसँग कुरा गर्नुस त, विशेष गरी गर्मी महिनामा पचाउन सजिलो हुने र शक्ति दिने भन्दै उनीहरू अझै पनि त्यसको स्वादको प्रंशसा गर्छन्।

सन् १९८८ को सउल ओलिम्पिक्स त्यसबेलासम्म दक्षिण कोरियाले आयोजना गरेको सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय समारोह थियो। त्यही बेलाबाट कुकुरको मासु खाने अभ्यासलाई आलोचना गर्दै संसारभर समाचारहरू बन्न थालेको हो।

डाक्टर जो भन्छन्, “सुरूमा धेरै मानिसहरू मुख्य गरी समाजिक रुपमा प्रभावशाली व्यक्तिहरू क्रुद्ध बने। त्यसलाई उनीहरूले अर्को संस्कृतिमाथिको आक्रमणका रुपमा लिए। तर समयक्रमसँगै मानिसहरूलाई लाज लाग्न थाल्यो र उनीहरू थप संवेदनशील भए।”

अब तीन दशक भन्दा बढी समय काटेर अहिलेको परिस्थितिलाई हेर्दा दक्षिण कोरिया फरक देश बनिसकेको छ। त्यो कुकुरको मासु उपभोग गर्ने अभ्यास सम्बन्धी आँकडाले पनि देखाउँछ।

अघिल्लो वर्षको ग्यालपको सर्वेक्षणका अनुसार पछिल्लो १२ महिनामा जम्मा ८ प्रतिशत व्यक्तिहरूले मात्रै कुकुरको मासु चाखेका थिए। सन् २०१५ मा २७ प्रतिशत रहेको त्यो तथ्याङ्कको दाँजोमा अहिले उल्लेख्य कमी देखिएको छ। कुकुरको मासु विक्रेताहरूको उद्योगलाई प्रतिनिधित्व गर्ने एउटा संस्थाको तथ्याङ्कले पनि त्यस्तै गिरावटलाई सङ्केत गर्छ।

उक्त संस्थाका अनुसार अहिले दक्षिण कोरियामा कुकुर फार्महरूको सङ्ख्या ३ हजार रहेको छ। सन् २०१० को प्रारम्भमा त्यस्तो फार्मको सङ्ख्या १० हजार थियो। सरकारी आँकडाले चाहिँ अहिले करिब ११ सय वटा मात्र त्यस्ता फार्महरू रहेको देखाउँछ।

यसैबीच पशुपालन गर्ने क्रम बढेको छ। कृषि, खाद्य तथा ग्रामिण मामिला मन्त्रालयको सन् २०२२ को सर्वेक्षण तथ्याङ्कले चारमध्ये एक दक्षिण कोरियालीसँग घरपालुवा पशु रहेको देखाउँछ।

डिसेम्बर महिनामा प्रकाशमा आएको खबरमा घरपालुवा पशुहरूलाई राख्न प्रयोग गरिने ‘स्ट्रोलर’ बच्चाहरूलाई डुलाउन वा बोक्न प्रयोग गरिने 'बगिज' भन्दा अघिल्लो वर्ष पहिलो पटक धेरै विक्री भएको थियो। तर त्यसलाई दक्षिण कोरियामा घटिरहेको जन्मदर र बढ्दो जनावरप्रतिको मायाका रुपमा पनि कतिपयले लिएको पाइन्छ।

र त्यहाँ राष्ट्रपति यून सुक-यउल र प्रथम महिला किओन हि पनि छन् जो घरपालुवा जनावरहरूलाई औधि मन पराउँछन्। उनीहरूका ६ वटा कुकुर र ५ वटा विराला छन्।

दशकौँ देखि ल्याउने भनिएको तर विगतका सरकारले ल्याउन नसकेको कानुन तर्जुमा गर्न यो सरकारलाई दुई वर्ष भन्दा कम समय लाग्यो। यूनका पूर्ववर्तीको पालामा यो अवधरणालाई पुनरवलोकन गर्नुपर्ने सुझाव आएको थियो तर त्यसलाई चर्को विरोध गर्दै रोकिएको थियो।

नयाँ कानुनको अर्थ तीन वर्षपछि कुकुरको मासुको व्यवसायमा संलग्न व्यक्तिहरूले व्यापार नरोके या त जेल जानुपर्छ या उनीहरूले जरिवाना तिर्नुपर्छ। उक्त कानुनले कुकुरको मासु खान भने प्रतिबन्ध लगाएको छैन्।

तर पनि अभियानकर्ताहरूले स्वागत गरिरहेका छन्। यो मुद्दामा सन् १९९० को अन्त्य यता पैरवी गरिरहेकी कोरियन एनिमल वेलफेअर एशोसिएसनकी जो हि क्युङका अनुसार कुकुरमाथि भइरहेको हिंसा रोक्ने यो एकमात्र विकल्प हो।

उनले भनिन्, “म आशा गर्छु कि संसारले परम्परा र संस्कृतिको नाममा जनावरहरूमाथि शोषण गर्न बन्द गर्नेछ।” तर सबै जना विश्वस्त छैनन्। कुकुरको मासु विक्री गरेर जिविकोपार्जन गरिरहेका कैयौँले व्यवसाय चलाउने आफ्नो हक खोसिन नहुने तर्क गरिरहेका छन्।

एक जना अनुभवी कुकुर कृषक तथा खानका लागि प्रयोग गरिने कुकुरको मासु विक्रेता सङ्घका अध्यक्ष जो यीओङ-बोङ भन्छन्, “हामीलाई थाहा छ कि कुकुरको मासु खानेको तुलनामा नखाने मानिसहरूको सङ्ख्या ज्यादै ठूलो छ। तर पनि व्यापार चलाउनु हाम्रो अधिकार हो।”

उनले पशु अधिकारका कैयौँ चिन्ताहरू आफ्नो उद्योगको उचित नियमनले सम्बोधन गर्ने पनि बताए। दक्षिण कोरियाका एक जना पूर्व खाद्य इन्जिनियरिङका प्राध्यापक डाक्टर आन योङ गुइनलाई “डाक्टर डग मिट” को उपनाम पनि दिइएको छ।

चुङनाम न्याश्नल युनिभर्सिटीका पूर्व प्राध्यापक रहेका उनले सन् १९८८ को ओलिम्पिक्सको समयदेखि अनुसन्धान थालेका थिए। सरकार र बौद्धिक वर्गले देशबाहिरबाट आएका आलोचनाप्रति मौनता साधेकोमा निराश उनी अहिले कुकुरको मासुका फाइदाका बारेमा तर्क गर्छन्।

डाक्टर आनका अनुसार त्यसमा कम र चिल्लो नसोसिएको बोसो हुन्छ जुन गाई वा सुँगुरको मासुको स्वस्थकर विकल्प बन्नसक्छ। तर पनि यो इतिहास बन्ने दिशामा उन्मुख छ जसलाई डाक्टर आन देशको संविधानमा प्रत्याभूत गरिएको आधारभूत स्वतन्त्रतासँग मेल नखाने कदम भन्दै प्रश्न गर्छन्।

उनको धारणाप्रति मासु विक्री गर्न कुकुर पाल्ने गरेका जोको पनि समर्थन छ। “तपाईँ मानिसलाई के खाने के नखाने निर्देशन दिन सक्नुहुन्न।”

३० को दशकको उमेरमा रहेकी ली बोरा कुकुरको मासु खाने कुराको विरोधमा छिन्। उनी नयाँ कानुनको स्वागत गर्छिन्। तर त्यसको प्रभावलाई लिएर “एक किसिमले चिन्तित’ छिन्।

“भावनात्मक रुपमा म चाहान्छु मानिसहरूले खानको लागि कुकुरहरू नपालुन् र नमारुन्। तर सैद्धान्तिक रुपमा मलाई लाग्दैन कि कुकुरको मासु अनि गाई वा सुङ्गुरको मासुबीच केही फरक छ।” बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending