Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

ओमन पुगेकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

खबरडबली संवाददाता

काठमाडौं । झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु(याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै उनले तत्काल उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेकी छन् ।

‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी त राख्यो राख्यो, मेरो नेपालको नागरिकता र नेपालको बैंक एकाउन्ट नम्बर पनि खोसेर राखेको छ, मैले एजेन्टलाई पनि मेरो समस्या’भनेँ, एजेन्टले जहाजको टिकटको पैसा दिए निकाल्छु भन्यो, मैले पैसा पनि हालिदिएँ, तर एजेन्टले पैसा पाएपछि मेरो नम्बर नै ब्लक गर्यो, अब म कसरी नेपाल फर्किने हो ? मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्,’ उनले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन् ।

‘घर मलिकले मोबाइल फोन चलाइन नदिने, खान नदिने, घाँटी थिच्न आउने, कुटपिट गर्ने गरेकाले आफू धेरै बिजोक अवस्थामा रहेको उनले रुँदै बताइन् । काम गरेबापतको १ सय ओमानी रियल दिने गरेको भएपनि बन्दी जीवन जिएर बस्नु भन्दा नेपाल फर्कन चाहेको उनले बताइन् । केही काम बिग्रिए कुट्ने पिट्ने गरेको र मारेर टाउको फालीदिन्छु भनेर धम्की दिने गरेको पीडा पनि उनले सुनाइन् ।

उनले रुँदै भनिन्, ‘मैले बिस्कुट र पानी खाएर काम गर्नुपर्छ, घर मालिकले दैनिक एक घण्टा मात्र फोन चलाउन दिन्छ, एक घण्टा बढी भयो भने १५ दिनसम्म फोन नै दिँदैन, यहाँ बाँचे पनि मरे सरह अवस्था छ, मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्, म नेपाल फर्कन चाहन्छु, नेपाल जान्छु भन्दा ओमानी नागरिकले पाँच लाख रुपैयाँ दिए मात्र नेपाल पठाउने नत्र यहीँ मारेर फालिदिने धम्की दिने गरेको छ ।’

आफूलाई पठाउने एजेन्ट झापाको माया लिम्बु रहेको बताउँदै उनले भनिन्, ‘एजेन्टले हस्पिटलको काम हो, मासिक एक लाख रुपैयाँ हुन्छ भनेर मलाई पठाएको हो । तर यहाँ आएपछि ओमानी नागरिकको घरमा बिक्री हुन पुगेँ । अहिले एजेन्ट लिम्बु सम्पर्कविहीन भएकी छन्, घरमा बुबा ममी बिरामी हुनुहुन्छ, गरिव भएपछि कसको के नै लाग्दो रहेछ र ? पैसा तिरेर नेपाल फर्कन सक्ने अवस्था छैन । ओमानस्थित नेपाली दूतावासलाई पनि समस्या सुनाएँ, तर कुनै सुनवाई भएको छैन ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुङ्गा । वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।  ...

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दि...

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसा...

चट्याङ लागेर अछाममा बालकको मृत्युु, डडेल्धुरामा तीन घाइते

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ ।  सोमबार राति...

नोटमा नयाँ नक्सा छाप्ने नेपालको निर्णयप्रति भारत रुष्ट

काठमाडौं । नेपालले अद्यावधिक नक्सा राखेर १०० रुपैयाँ दरका नयाँ नोटहरू प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको विषयमा भारतले असन्तुष्ट प्रतिक्रिया जनाउ...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, सदनमा २६ विधेयक विचाराधीन

काठमाडौं । यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका...

सिधाकुरा प्रकरण- रामेश्वर थापा र कैलाश सिरोहियाबारे के आयो सर्वोच्चको आदेश ?

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन र प्रसारण गरेको स्टिङ अपरेसनसम्बन्धीको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा बयानका क्रममा ...

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्य...

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले सोमबार पेरिसमा भएको शिखर सम्मेलनमा चिनिया...

रास्वपा संसदीय दलको बैठक बस्दै, संसदीय छानबिन समितिबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies