Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धिः कम्बल वितरणदेखि सडक कालोपत्रे

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमान दिवसका रुपमा मनाउन आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरेका हुन्  । 

प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् विसं २०७९ पुस २९ गते जनता समाजवादी पार्टी  प्रदेशसभा संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारका उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन हुँदा प्रादेशिक सुशासन, विकास र समृद्धिका लागि गरेको प्रतिबद्धता पूरा गर्ने अठोटका साथ नीति, कार्यक्रम र प्राथमिकता निर्धारण गरी काम कारबाही अघि बढाइएको बताए । 

उनले विभिन्न १० बुँदामा सरकारका उपलब्धि सार्वजनिक गरेका हुन्  । यस अवधिमा नौ विधेयक प्रदेशसभामा पेश गरेको, तीन ऐन, दुई नियमावली, सात कार्यविधि र तीन निर्देशिका निर्माण भएको तथा तीन विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरिएको उल्लेख गरे । 

त्यसैगरी वित्तीय व्यवस्थापन र आर्थिक सुशासनका लागि महालेखाको निर्देशनअनुसार काम गरिएको, सवारी चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउन मेसिन खरिद प्रक्रिया प्रारम्भ भएको, लोकसेवा आयोगको मर्मअनुरुप नतिजालाई विश्वसनीय बनाउन अप्टिकल मार्क रिडरलगायतका प्रविधिबाट वस्तुगत बहुउत्तर उत्तरपुस्तिका परीक्षण गर्ने प्रणाली सञ्चालनमा ल्याइएको जनाइएको छ । 

यस्तै एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकतामा राखी प्रदेशका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी कूल तीन सय २० किमी पक्की सडक निर्माण भइरहेका, ३५ किमी सडक कालोपत्र, एक सय २४ किमी पक्की सडक ढलान, तीन सय किमी ग्राभेल सडक निर्माण, ४१ किमी नाला निर्माण, दुई सय ३३ कल्भर्ट निर्माण, ३७ किमी कच्ची सडक सुधार गरिएको जनाइएको छ । 

यस्तै समपूरक अनुदानअन्तर्गत सात सडक कार्यक्रम निर्माणाधीन अवस्थामा रहेका छन् । सिँचाइ सुविधा विस्तार, अस्पतालको स्तरोन्नति, सहरी क्षेत्रमा सरसफाइमा जनताको पहुँचवृद्धि गर्न ५४ सार्वजनिक शौचालय निर्माण र प्रदेशस्तरीय मोडयुलर प्रयोगशालाको स्थापना तथा सबै स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको तथा स्वास्थ्य सेवालाई थप विस्तार गर्न ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ पालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना र सञ्चालनमा ल्याइएको पनि सरकारको उपलब्धिमा उल्लेख छ । 

त्यस्तै मधेसको इतिहास लेखन कार्य शुभारम्भ, बेरोजगार युवामध्ये तीन हजारलाई सीप विकास तालिमसहित कम्तीमा तीन महिनाको रोजगारी दिने कार्य आरम्भ, उद्यमशीलता विकासका लागि पहल, हरित प्रदेश अभियानअन्तर्गत आठवटै जिल्लामा उच्च प्रविधि ९हाइटेक० वन नर्सरी स्थापना गरी ६३ लाख ४५ हजार बिरुवा उत्पादन, दिगो वन व्यवस्थापनमा जोड, मधेस प्रदेशमा वन विकास तथा विस्तार गर्नका लागि समृद्धिका लागि वन परियोजना मार्फत २५ स्थानीय तहमा रु ५२ लाखका दरले बजेट विनियोजन, चुरे क्षेत्रको संरक्षण तथा नदी नियन्त्रणका लागिसमेत उल्लेख्य काम गरेको प्रदेश सरकारको दाबी छ । 

मधेस प्रदेशका आठवटै जिल्लामा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप तथा मानव सिर्जित विपद् पीडितका लागि सरकारले राहतको व्यवस्था गर्नुका साथै जनयुद्ध र मधेस आन्दोलनका सहिद परिवारलाई रु सात करोड ५२ लाख र मधेस आन्दोलनका घाइतेलाई रु ५८ लाख गरी कूल रु आठ करोड चार लाख आर्थिक सहायता प्रदान गरिएको समेत सरकारको उपलब्धिमा उल्लेख छ । 

आगामी तीन वर्षभित्र प्रदेशका सबै पालिकामा सिँचाइ सुविधा पुग्ने गरी विद्युतीकरण, कृषि व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी १० वर्षीय प्रादेशिक कृषि गुरुयोजना, चुरे संरक्षण कार्यक्रमलाई प्रदेश गौरव योजनाका रुपमा अगाडि बढाइने, सन् २०३० सम्म मधेस प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षे रणनीतिक योजना, स्वचालित सवारी चालक प्रणालीको विकास गरी अनुमतिपत्र, यसै आर्थिक वर्षभित्र नागरिकलाई स्वच्छ खानेपानी उपभोगका लागि ५० खानेपानी योजनाका कार्यक्रम सम्पन्न गर्ने र ११ औँ राष्ट्रिय खेल यसै प्रदेशमा सम्पन्न हुने गरि आवश्यक पूर्वाधार निर्माणलगायत विषयमा पनि प्रतिबद्धता जाहेर गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending