Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

स्वेदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद : अभिनेता शाह

खबरडबली संवाददाता

काठमाडौँ । चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुस्खद रहेको बताएको छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्बन्धित निकायले प्रदर्शनमा सहजता नदिलाए विस्तारै निर्माताको मनोबल घट्ने बताए । 

“हामीकहाँ हाम्रो चलचित्र देखाउने चलचित्र भवन नै छैनन् । ती विदेशी प्रदर्शन गर्न खोलिए जस्तो महसुुस हुन्छ । अनि हाम्रो उद्योग कसरी हुन्छ ? हामीले कसरी विकास गर्छौँं ?”, अभिनेता शाहले भने, “हामीले वर्षमा एक सय हाराहारीमा चलचित्र निर्माण गरिरहेका छौँ । हामीलाई लगानी गर्न बैंकलगायतका वित्तीय संस्था तयार छैनन् । त्यसैले त्यसतर्फ ध्यान नदिदासम्म हामीले रुपान्तरण गर्न सक्दैनौँ ।” उनले चलचित्र राष्ट्रिय उद्योग नभइए कर्मका रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरे। 

“चलचित्रकर्मीले सत्यहरिश्चन्द्रदेखि आजको दिनसम्मको यात्रा तय गरिसक्दा वित्तीय व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्नुपथ्र्यो, त्यो गर्न सकिएको छैन । यो सबैभन्दा कमजोर पक्ष हो हाम्रो चलचित्र उद्योग नभएर कर्म मात्रै भएको छ”, शाहले भने। उनले नेपालको ३३ जिल्लामा चलचित्र भवन नरहेको बताउँदै भएका भवनमासमेत नेपाली चलचित्र प्राथमिकतामा नपर्नु दु:खद रहेको बताउनुभयो । बजारका दृष्टिकोणबाट पनि चलचित्र उद्योगलाई निकै सङ्कुचित ढङ्गले खुम्चाएर राखेको अवस्था रहेको अभिनेता तथा निर्देशक शाहको भनाइ थियो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले चाहेर पनि सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै नीति बनेपछि समस्या समाधान हुने बताए । “म पनि यसअगाडि आफ्ना समस्या लिएर बोर्ड पुग्ने गरेको थिएँ । आफूले नेतृत्व गरेपछि यहाँ रहेका समस्या बुझेको छु । विद्यामान समस्या समाधानका लागि प्रभावकारी नीति आवश्यकपर्ने भएकाले त्यसमा जोड दिइरहेको छु”, उनले भने, “नेपाली चलचित्र विदेशी झैँ प्रतिस्पर्धामा उत्रिन विदेशी लगानी ल्याउनेमा जोड दिइरहेका छौँ । बोर्डले शतप्रतिशत नभए पनि केही लगानी ल्याउने वातावरण निर्माण गर्न पहल गरिरहेको छ ।”

अध्यक्ष केसीले प्रस्तावित चलचित्र नीति चलचित्रसँग सम्बन्धित संस्थासँग छलफल गरेर छिट्टै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गर्ने बताए । नेपालमा स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको र चलचित्र भवनले सो सङ्ख्यामा भेद्भाव गरेको भन्दै बेलाबखतमा आन्दोलन भए पनि त्यसले उचित नतिजा दिन सकेको छैन । 

गत पुस २७ मा प्रदर्शन भएको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ का निर्देशक दीपक श्रेष्ठले मल्टिप्लेक्समा वितरण हुने सङ्ख्या चलचित्रलाई प्रभाव परिरहेको बताए । उनले भने, “सो सङ्ख्या कम देखिने वित्तिकै उक्त चलचित्र राम्रो नरहेको प्रचार हुने रहेछ । राम्रोले बढी र नराम्रोले कम पाउने मानसिकता दर्शकमा रहेछ । हाम्रो चलचित्र नै नहेरी चलचित्र भवनले विदेशीलाई उल्लेख्य र स्वदेशीलाई न्यून सो दिनु आफैँमा दु:खद छ । यसबारे कसैले जोडदार आवाज उठान सकेका छैनन् ।” उनले चलचित्र प्रदर्शनको पहिलो दुई दिन विदेशी चलचित्र बराबर सो सङ्ख्या उपलब्ध गराएर उक्त समयमा हुने व्यापारका आधारमा तेस्रो दिनदेखि सो दिनुपर्नेमा जोड दिनुभयो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending