काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पत्र लेखी माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बागलुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्यरूपमा नलिन रास्वपाले आग्रह गरेको छ ।
सो पार्टीका महामन्त्री तथा प्रवत्ता डा मुकुल ढकालले यस वर्षको मङ्सिरसम्म मात्र देशभर साना–ठूला गरी करिब १० हजार सात सय ४५ वटा दुर्घटना भएको र नौ सय १६ जनाले ज्यान गुमाएको बताए।
उनले भने “दुई हजार सात सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए । नेपाल प्रहरीको तथ्याङ्कअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् । त्यसमा छ जनाको मृत्यु हुन्छ । चौध जना गम्भीर घाइते हुन्छन् । पछिल्लो तीन वर्षमा ५८ हजार आठ सय ७८ वटा दुर्घटना हुँदा छ हजार एक सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार सात सय ७१ जना गम्भीर घाइते भए ।”
प्रत्येक वर्ष औसतमा दुई हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । नेपालका ६६ लाख ६६ हजार नौ सय ३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको प्रवक्ता ढकालले बताए।
रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयन भए–नभए जवाफ पनि माग गरेको छ । चालक अनुमतिपत्र (लाइसेन्स)मा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्ने गरी नीतिगत सुधार गर्न रास्वपाले आग्रह गरेको छ ।
सडक सुरक्षा परिषद् किन प्रभावकारी हुन सकिरहेको छैन भनेर पनि उसले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: