Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

खबरडबली संवाददाता

बागलुङ । पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो ।

गत महिना बागलुङबजारमा आयोजना गरिएको बागलुङ महोत्सवमा पनि यहाँका स्थानीयका साथै महोत्सवमा किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिक पनि यहाँको स्थानीय उत्पादनको खरिद गर्न झुम्मिएका थिए ।

त्यस महोत्सवको प्रमुख आकर्षण बनेको थियो, सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो र जिल्लाको उत्पादन कालो भटमास । उता राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सवको उद्घाटन गरिरहँदा यता भने मेलाका सहभागी स्थानीय उत्पादन राखिएका ‘स्टल’ मा झुम्मिएका देखिन्थे । 

यस्तै भएको छ सोमबारबाट सुरु भएको तेस्रो जैमिनी महोत्सवमा पनि । जिल्लाको दक्षिणी भेगमा अवस्थित जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेराबजारमा सहारा क्लब कुश्मीशेराले आयोजना गरेको महोत्सवमा पनि यहाँका स्थानीय एवं महोत्सव हेर्न र किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिकको आँखामा स्थानीय उत्पादन नै परेको छ । 

यही मेसोमा महोत्सवको उद्घाटनका लागि आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पनि आयोजकले यही कोसेली दिएका छन् । महोत्सवको उद्घाटन कार्यक्रम सकिएपछि अतिथिहरुलाई मायाको चिनो दिने त यहाँको प्रचलन नै हो । सोही बमोजिम मुख्यमन्त्री पाण्डेलाई पनि आयोजकले एक डाली चिनो दिएका थिए । 

डाली थियो स्थानीय बाँसको चोयाले बुनेको र त्यसमा राखिएको कोसेली थियो, भाँगो, भटमास, बाँकोको गुन्द्रुक, सिस्नोको धुलो र आलुको चिप्स । जब उहाँलाई उपलब्ध गराइएको सो चिनोको जानकारी उद्घोषकले गराए, त्यसपछि मेलाका सहभागी र स्थानीयले बरर ताली बजाए । उनीहरु भन्दै थिए “मुख्यमन्त्रीज्यू, यो मायाको चिनो हाम्रा स्थानीय उत्पादन हुन् । यहाँले हाम्रा यी उत्पादनलाई गण्डकी प्रदेशमा मात्र होइन देशव्यापी रुपमा चिनाउनुपर्छ र यिनको उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।

स्थानीय उत्पादनका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराउने, प्रचार गर्ने र ध्यानाकर्षण गराउने काम आयोजकले एकैपटक गरे । जैमिनीका किसान आफैँले उत्पादन गरेका यी खाद्यवस्तु मुख्यमन्त्रीले मायाको चिनोका रुपमा मात्रै ग्रहण गर्नुभएन, यी उत्पादन बढाउने र बजारीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

मायाको चिनो प्रदान गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, “यो कोसेलीमार्फत मुख्यमन्त्रीलाई हाम्रो उत्पादनको चिनारी दिएका हौँ । यसले हाम्रा उत्पादनप्रति उहाँको रुचि जागोस् भन्ने हाम्रो उद्देश्य हो । नीति बनाउँदा, बजेट बनाउँदा हाम्रा उत्पादनले उहाँलाई झक्झकाउँछन् भन्ने हामीलाई विश्वास छ । यो हाम्रा उत्पादनको प्रचार गर्ने नयाँ शैली पनि हो र मायाको चिनो दिँदा काम लाग्ने चीज दिउँ भन्ने सन्देश पनि हो ।”

डाली हातमा लिएपछि मुख्यमन्त्रीको हाउभाउ हेर्दा लाग्थ्यो–मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने उनले ठान्नुभएको थियो । “मुख्यमन्त्रीजी हामीले यहाँलाई हाम्रै उत्पादन उपहार दिएका छौँ”, कार्यक्रम उद्घोषण गरिरहेका स्थानीय शिक्षक नवीनप्रताप जिसीले भने, “हाम्रा किसान दाजुभाइको मेहनत मुख्यमन्त्रीलाई दिन पाउनु हाम्रो गौरवको कुरा हो, यो चिनोका अनेक सन्देश छन् । यहाँले बुझिदिनुहोला ।” 

जैमिनी नगरपालिका–३ दमेकका किसानले तयार गरेको जङ्गली बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, दमेककै भाँगो र पैयुँथन्थापको भटमास तथा दमेककै आलुको चिप्स सो डालीमा राखिएको थियो । स्थानीय मेला महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु र त्यहाँको कला र संस्कृतिको जगेर्ना गर्नु हो । यही उद्देश्य अनुसारको शैली जैमिनी महोत्सवका आयोजकहरुले पनि अपनाएको देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

बोक्सी आरोपमा महिला कुटपिट गर्ने दुई जना सप्तरीबाट पक्राउ

राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...

उद्योग दर्ता र कर प्रक्रियाको झन्झटले बाँकेका व्यवसायी निरुत्साहित, नयाँ उद्योग दर्ता घट्दो

नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...

सबै राजनीतिक दलप्रतिको बढ्दो निराशा लोकतन्त्रका लागि राम्रो संकेत होइनः रामेश्वर खनाल

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending