काठमाडौं । विद्यार्थी नपाएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा २५ प्रतिशत सिट खाली भएको छ । इन्जिनियरिङ पढ्ने विद्यार्थी नै नपाउँदा त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुमा २५ प्रतिशत सिट खाली भएका हुन् ।
संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार इन्जिनियरिङ कलेजहरुमा २५.२० प्रतिशत सिट संख्या खाली रहेकाे छ । कुनैबेला भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली लगायतका इन्जिनियरिङ क्यापसमा समेत यसपाली धेरै सिट खाली रहेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानका अनुसार कुल चार हजार ३ सय ४४ सिट संख्यामध्ये यसपाली इन्जिनियरिङ क्याम्पसहरुमा एक हजार ९५ सिट खाली भएका छन् । जसमध्ये पुल्चोक क्याम्पसमा जम्मा सिटसंख्या ६२४ मध्ये २ सिट, थापाथली क्याम्पसमा ४३२ सिटमा २१ सिट, पश्चिमाञ्चल क्याम्पसमा ४३२ मध्ये ५८ सिट र पूर्वाञ्चल क्याम्पसमा ५२८ मध्ये ६७ सिट खाली भएका छन् ।
त्यस्तै, संस्थानका अनुसार काडमाण्डु इन्जिनियरिङ कलेजमा १४७, कान्तिपुर इन्जिनियरिङ कलेजमा १९५, सगरमाथा इन्जिनियरिङ कलेजमा २८, एडभान्स कलेज अफ इन्जिनियरिङमा ११४, हिमालय कलेज अफ इन्जिनियरिङमा ११४, नेसनल कलेज अफ इन्जिनियरिङ २५, ललितपुर इन्जिनियरिङ कलेजमा २९, काथफोर्ड इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा ८८, जनकपुर इन्जिनियरिङ कलेजमा १६० र ख्वप कलेज अफ इन्जिनियरिङमा १६ सिट खाली रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा




प्रतिकृया लेख्नुहोस्: