Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को

खबरडबली संवाददाता

बझाङ । बझाङको थलारास्थित कालिका आधारभूत विद्यालय बिस्खेतका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ । खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी तथा विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाहीलाई विद्यालयबाट बाहिर जान खासै मन हुँदैन । 

एक दशकअघि र अहिले विद्यार्थीलाई पढाउँदा आफैँलाई फरक महसुस भइरहेको शिक्षक शाही बताउछन् । “विद्यालयमा त पहिले पनि पढाइन्थ्यो । तर पहिलेको भन्दा केही वर्षयता निकै फेरिएको छ”, शाहीले भने, “उहिले कतिबेला विद्यालय समय सकिएलाजस्तो लाग्थ्यो । आजभोलि विद्यालय समय चाँडै बित्न थाल्योजस्तो लाग्छ ।”

उनका अनुसार विद्यालयमा आजभोलि सबै जना घरपरिवारका सदस्यजस्तै लाग्ने गर्छन् । “विद्यार्थी तथा शिक्षक परिवारका सदस्यजस्तै लाग्छन् । पहिले पढाउँदा निकै टाउको दुख्थ्यो । विद्यार्थीलाई बुझाउनै सकिँदैनथ्यो । आजभोलि शैक्षिक सामग्री, बसाइ व्यवस्थापन, शिक्षक–विद्यार्थीबीचको घनिष्टताले सिकाउन निकै सहज भएको छ”, उनले भने ।

अहिले विद्यालयमा शाहीको सालिनतालाई सबैले सम्मान गर्छन् । उनी पनि आफ्नो सिकाइ तथा व्यवहार परिवर्तन गरेको जश सिकाइ परियोजनालाई दिन्छन् । उनी भन्छन्, “विद्यार्थीप्रतिको मेरो व्यवहार परिवर्तन हुनुको जस सिकाइ परियोजनालाई दिन्छु । पहिले बालबालिका र मेरो दूरी निकै टाढा हुन्थ्यो । अहिले पारिवारिक सदस्यको जस्तै छ ।” परियोजनाले विभिन्न तालिम नदिएको भए यो परिवर्तन आउन नसक्ने उहाँले बताए । “मलाई ज्ञान, सीप सबै थियो । तर प्रयोग गर्न नजानेको रहेछु, अहिले परियोजना देउताजस्तै खडा भएर आयो ।”

शाहीको जस्तै अनुभव भगवती आधारभूत विद्यालयका शिक्षक जन्मदेव ओझाको छ । ओझा पनि विद्यालयको समयभन्दा बढी शिक्षक विद्यार्थीसँगै दिन बिताउनुहुन्छ । जिल्लामा शिक्षकका लागि क्षमता विकास तालिम लिएपछि आफूलाई अध्यापन गराउन सहज भएको उनले बताए ।

तालिममा कक्षाकोठा व्यवस्थापन र सामग्री निर्माण तथा व्यवस्थापन गर्दा शिक्षक–विद्यार्थीबीचको सम्बन्ध सौहार्दपूर्ण हुने उनले बताए । “शिक्षकले यता भने विद्यार्थी उता जान्थे”, उनले भने, “विद्यार्थीले नपढेमा, शिक्षकले भनेको अटेर गरेमा डण्डा चलाउनुपथ्र्यो । आजभोलि पठनपाठन सहजताका लागि पर्याप्त शैक्षिक सामग्री कक्षाकोठामै छन् । ती सामग्री हेरेर पढाउँदा विद्यार्थीले पनि बुझ्छन् । हामीलाई पनि पढाउन सजिलो हुन्छ ।”

केही वर्षयता भने विद्यालयमा विद्यार्थीमाथि दमन पूर्णरूपमा बन्द गरेको उनले बताए। “गर्न चाहेमा विद्यालयलाई घरजस्तै बनाउन सकिँदोरहेछ”, उनले बताए । थलारा गाउँपालिकाका दुई विद्यालयमात्रै नभई पालिकाका सबै विद्यालयको मुहार फेरिएको छ । प्रविधिमैत्री, उपकरणमैत्री, आधुनिक सिकाइमैत्री वातावरणमा बालबालिका रमाएर पढ्न थालेका छन् । विद्यालय परिवर्तनको श्रेय सिकाइ परियोजनालाई जान्छ ।

युएमएनको सहयोग तथा प्रगतिशील युवा समाजको आयोजनामा सञ्चालित सिकाइ परियोजना लागू भइसकेपछि थलारा गाउँपालिकाका सामुदायिक विद्यालय रूपान्तरण भएको थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले बताए । उनले भने, “परियोजना लागू भएपछि शिक्षामा निकै योगदान भएको छ । परियोजना थप भए अझै थलारामा शिक्षाले फड्को मार्ने थियो ।”

उनका अनुसार सामुदायिक विद्यालय विद्यार्थीको आनीबानी, सरसफाइ, शैक्षिक सामग्रीको व्यवस्थापनमा धेरै सुधार भएको छ । आफूले अनुगमन गर्दा बालबालिकाले करेसाबारी, फूलबारी बनाउनुपर्छ भन्ने सिकाइ भएको उनले बताए । 

प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी पनि आफूले सामुदायिक विद्यालयमा गरिएको प्रयासले केही परिवर्तन भएको बताउछन् । उनले भने, “सबैको सहकार्यमा आफ्नो पहिलो चरणमा काम पूरा गरेका छौँ । विद्यालय फेरिनुमा धेरैको सहयोग रहेको छ ।” उनका अनुसार गुणस्तरीय शिक्षाको पहुँचमा वृद्धि गर्ने लक्ष्यका साथ पालिकामा काम गरेका हौँ । केही हदसम्म लक्ष्य पूरा भएको उनले बताए ।

परियोजनाको अवधिभर सिकाइ आदान–प्रदानमा शिक्षकको घुम्ती बैठक, दुई सय ५४ जना विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षकले तालिम प्राप्त गरेका छन् । जोशीका अनुसार १६ वटा विद्यालयमा शौचालय निर्माण तथा मर्मत, १३ वटा विद्यालयमा खानेपानी व्यवस्था, छवटा विद्यालयका १४ वटा कक्षाकोठा मर्मत तथा सुधार, १२ जना अभिभावकलाई शिक्षासम्बन्धी तालिम, १२ जनालाई दक्ष प्रशिक्षक भनेर तालिम, छवटा स्थानमा पढाइ क्लब गठनलगायतका काम गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: