Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को

खबरडबली संवाददाता

बझाङ । बझाङको थलारास्थित कालिका आधारभूत विद्यालय बिस्खेतका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ । खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी तथा विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाहीलाई विद्यालयबाट बाहिर जान खासै मन हुँदैन । 

एक दशकअघि र अहिले विद्यार्थीलाई पढाउँदा आफैँलाई फरक महसुस भइरहेको शिक्षक शाही बताउछन् । “विद्यालयमा त पहिले पनि पढाइन्थ्यो । तर पहिलेको भन्दा केही वर्षयता निकै फेरिएको छ”, शाहीले भने, “उहिले कतिबेला विद्यालय समय सकिएलाजस्तो लाग्थ्यो । आजभोलि विद्यालय समय चाँडै बित्न थाल्योजस्तो लाग्छ ।”

उनका अनुसार विद्यालयमा आजभोलि सबै जना घरपरिवारका सदस्यजस्तै लाग्ने गर्छन् । “विद्यार्थी तथा शिक्षक परिवारका सदस्यजस्तै लाग्छन् । पहिले पढाउँदा निकै टाउको दुख्थ्यो । विद्यार्थीलाई बुझाउनै सकिँदैनथ्यो । आजभोलि शैक्षिक सामग्री, बसाइ व्यवस्थापन, शिक्षक–विद्यार्थीबीचको घनिष्टताले सिकाउन निकै सहज भएको छ”, उनले भने ।

अहिले विद्यालयमा शाहीको सालिनतालाई सबैले सम्मान गर्छन् । उनी पनि आफ्नो सिकाइ तथा व्यवहार परिवर्तन गरेको जश सिकाइ परियोजनालाई दिन्छन् । उनी भन्छन्, “विद्यार्थीप्रतिको मेरो व्यवहार परिवर्तन हुनुको जस सिकाइ परियोजनालाई दिन्छु । पहिले बालबालिका र मेरो दूरी निकै टाढा हुन्थ्यो । अहिले पारिवारिक सदस्यको जस्तै छ ।” परियोजनाले विभिन्न तालिम नदिएको भए यो परिवर्तन आउन नसक्ने उहाँले बताए । “मलाई ज्ञान, सीप सबै थियो । तर प्रयोग गर्न नजानेको रहेछु, अहिले परियोजना देउताजस्तै खडा भएर आयो ।”

शाहीको जस्तै अनुभव भगवती आधारभूत विद्यालयका शिक्षक जन्मदेव ओझाको छ । ओझा पनि विद्यालयको समयभन्दा बढी शिक्षक विद्यार्थीसँगै दिन बिताउनुहुन्छ । जिल्लामा शिक्षकका लागि क्षमता विकास तालिम लिएपछि आफूलाई अध्यापन गराउन सहज भएको उनले बताए ।

तालिममा कक्षाकोठा व्यवस्थापन र सामग्री निर्माण तथा व्यवस्थापन गर्दा शिक्षक–विद्यार्थीबीचको सम्बन्ध सौहार्दपूर्ण हुने उनले बताए । “शिक्षकले यता भने विद्यार्थी उता जान्थे”, उनले भने, “विद्यार्थीले नपढेमा, शिक्षकले भनेको अटेर गरेमा डण्डा चलाउनुपथ्र्यो । आजभोलि पठनपाठन सहजताका लागि पर्याप्त शैक्षिक सामग्री कक्षाकोठामै छन् । ती सामग्री हेरेर पढाउँदा विद्यार्थीले पनि बुझ्छन् । हामीलाई पनि पढाउन सजिलो हुन्छ ।”

केही वर्षयता भने विद्यालयमा विद्यार्थीमाथि दमन पूर्णरूपमा बन्द गरेको उनले बताए। “गर्न चाहेमा विद्यालयलाई घरजस्तै बनाउन सकिँदोरहेछ”, उनले बताए । थलारा गाउँपालिकाका दुई विद्यालयमात्रै नभई पालिकाका सबै विद्यालयको मुहार फेरिएको छ । प्रविधिमैत्री, उपकरणमैत्री, आधुनिक सिकाइमैत्री वातावरणमा बालबालिका रमाएर पढ्न थालेका छन् । विद्यालय परिवर्तनको श्रेय सिकाइ परियोजनालाई जान्छ ।

युएमएनको सहयोग तथा प्रगतिशील युवा समाजको आयोजनामा सञ्चालित सिकाइ परियोजना लागू भइसकेपछि थलारा गाउँपालिकाका सामुदायिक विद्यालय रूपान्तरण भएको थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले बताए । उनले भने, “परियोजना लागू भएपछि शिक्षामा निकै योगदान भएको छ । परियोजना थप भए अझै थलारामा शिक्षाले फड्को मार्ने थियो ।”

उनका अनुसार सामुदायिक विद्यालय विद्यार्थीको आनीबानी, सरसफाइ, शैक्षिक सामग्रीको व्यवस्थापनमा धेरै सुधार भएको छ । आफूले अनुगमन गर्दा बालबालिकाले करेसाबारी, फूलबारी बनाउनुपर्छ भन्ने सिकाइ भएको उनले बताए । 

प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी पनि आफूले सामुदायिक विद्यालयमा गरिएको प्रयासले केही परिवर्तन भएको बताउछन् । उनले भने, “सबैको सहकार्यमा आफ्नो पहिलो चरणमा काम पूरा गरेका छौँ । विद्यालय फेरिनुमा धेरैको सहयोग रहेको छ ।” उनका अनुसार गुणस्तरीय शिक्षाको पहुँचमा वृद्धि गर्ने लक्ष्यका साथ पालिकामा काम गरेका हौँ । केही हदसम्म लक्ष्य पूरा भएको उनले बताए ।

परियोजनाको अवधिभर सिकाइ आदान–प्रदानमा शिक्षकको घुम्ती बैठक, दुई सय ५४ जना विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षकले तालिम प्राप्त गरेका छन् । जोशीका अनुसार १६ वटा विद्यालयमा शौचालय निर्माण तथा मर्मत, १३ वटा विद्यालयमा खानेपानी व्यवस्था, छवटा विद्यालयका १४ वटा कक्षाकोठा मर्मत तथा सुधार, १२ जना अभिभावकलाई शिक्षासम्बन्धी तालिम, १२ जनालाई दक्ष प्रशिक्षक भनेर तालिम, छवटा स्थानमा पढाइ क्लब गठनलगायतका काम गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending