Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

भाषाप्रति मान कि अपमान ?

खबरडबली संवाददाता
खबरडबली संवाददाता

अङ्ग्रेजी भाषामा लेखिएका सामग्रीमा हिज्जेको गल्ती हम्मेसी भएको देखिँदैन । कहीँ कतै भइहाले पनि ‘यहाँ यस्तो हुनुपर्नेमा यस्तो भएछ’ भनेर तुरुन्तै सुझाव आउँछ । यत्रतत्र हल्लाखल्ला हुन्छ । त्यति भएपछि सतर्कता अपनाइन्छ । तुरुन्तै सुधार्ने काम पनि गरिन्छ । भाषिक लेखाइमा गल्ती गर्नु भनेको एक किसिमको अपराधै हो भन्ने भावना पैदा हुन्छ । नेपाली भाषामा भने, जे जस्तो लेखे पनि त्यस्तो नभएर ‘यस्तै हो’ भन्ने खालको सोचाइ पाइन्छ । नेपाली भाषा राष्ट्रभाषा भएर पनि यसका सट्टा अङ्ग्रेजी भाषालाई बढी महìव दिइँदै छ । हाम्रा विद्यालयहरू ‘अङ्ग्रेजी माध्यम’ का बन्दै छन् । त्यस्ता विद्यालयमा पढ्ने विद्यार्थीहरू नेपालीमा कुनै वाक्य लेख्नु पर्यो भने पहिला त्यसलाई ‘इङ्लिस वर्ड’ मा सोच्छन् र नेपाली लेख्न नसकेपछि अङ्ग्रजी शब्दमै लेखिदिन्छन् । जताततै अङ्गे्रजी हाइहाइ भएपछि, नेपाली शब्द जान्नुलाई गौरवको कुरो नमानेर नजान्नुलाई इज्जतको कुरो ठानिँदै छ । यो हाम्रो भाषाप्रतिको अपमान नै हो ।

अशिक्षित, मातृभाषा नेपाली नभएका र नेपाली भाषा कम प्रयोग गर्नेले बोलाइ-लेखाइमा गल्ती गर्नु स्वाभाविकै हो तर यहाँ त शिक्षित व्यक्तिहरू नै आआफ्ना भाषिक प्रयोगको तालमा रमाएका देखिन्छन् । नेताहरूलाई भाषण गर्न पाए भयो; ‘नेपालीको शुद्ध प्रयोग आवश्यक पर्ने’ नै ठान्दैनन् । कतिपय पत्रकारहरू पनि भाषिक प्रयोगमा सचेत छैनन् । यस्तो भएपछि विज्ञ र ठुलाबडाको सिको अरूले पनि गर्ने नै भए । एकातिर अन्य भाषाका शब्दलाई नेपालीमा मिसाएर खिचडी बनाउने, अर्कातिर प्रयोग गरिएका शब्द पनि गलत भइदिने अवस्थाले नेपाली भाषा निरन्तर विकृत हुँदै छ । ‘नेपालीमा त जे लेखे पनि कुरा बुझिए भइहाल्छ नि !’ भने जस्तो प्रवृत्ति विकसित हुँदै छ । उदाहरणका लागि त्यस्ता केही शब्द लिऊँ ।

क्षतिपूर्ति: यो शब्द ‘क्षति’ र ‘पूर्ति’ गरी दुई वटा शब्दको सन्धिबाट भएको हो । ‘क्षति’ को सामान्य अर्थ ‘हानि’, ‘नोक्सानी’ हो । (पाकेको धानलाई असिना पानीलेले क्षति गर्यो ।) ‘पूर्ति’ को पनि सामान्य अर्थ ‘पूरा गर्ने काम’ हुन्छ । (बजारमा माग अनुसारको प्याज पूर्ति भएन ।) यसरी हेर्दा ‘क्षतिपूर्ति’ शब्दको सामान्य अर्थ ‘भएको नोक्सानी पूरा गर्ने काम’ हुन्छ । (उसको ल्यापटप मैले फुटाइदिएँ । अब मैले उसलाई क्षतिपूर्ति दिनुपर्ने भयो ।)

नेपाली बृहत् शब्दकोशले ‘क्षतिपूर्ति’ अर्थ यस्तो दिएको छ: (१) कसैको हानि भएको वस्तु पूरा गर्ने वा नोक्सानी भराइदिने काम (२) क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना ।

यसरी हेर्दा, कसैले कसैको कुनै चिज नोक्सान गरिदिएपछि नोक्सान गर्नेले नोक्सान हुनेलाई नोक्सान भए बराबरको जे दिनु पर्छ त्यो नै क्षतिपूर्ति हो । यसरी, यस्तो क्षतिपूर्ति मान्छेको हुन सक्दैन तर यहाँ त मान्छे मारिँदा पनि क्षतिपूर्ति दिने-उपलब्ध गराइने कुरा सुनिन्छ ! 

संसारका कतिपय देशमा कुनै नेपाली वा विदेशी नै मारिँदा पनि त्यहाँको कानुन अनुसार ‘ब्लड मनी’ तिराउने कानुनी व्यवस्था छ । यो शब्द सही लाग्छ । तर ‘ब्लड मनी’ को नेपाली अर्थ बुझाउने शब्द क्षतिपूर्ति होइन । हाम्रो कानुनमै यस्तो व्यवस्था नभएकाले पनि होला, नेपालीमा यस्तो शब्द प्रचलनमा पनि छैन । 

‘क्षतिपूर्ति’ सँगै अर्को ‘राहत’ भन्ने शब्द पनि प्रचलित छ । ‘राहत’ भनेको ‘प्राकृतिक प्रकोपमा परेकाहरूलाई तत्कालका लागि उपलब्ध गराइने सरसहयोग’ हो । (बाढीले घर बगाएकाहरूलाई सरकारले राहत उपलब्ध गरायो ।) प्राकृतिक प्रकोपमा परेर परिवारजन गुमाएका परिवारलाई सरकारले वा अरू कसैले उपलब्ध गराउने वस्तु÷नगद ‘राहत’ हुन सक्छ तर त्यहाँ पनि त्यो, मृतकका परिवारका लागि ‘राहत’ हुन सक्दैन । हामीकहाँ भने मारिएका सदस्यका परिवारलाई उपलब्ध गराइने रकमलाई कहिले ‘क्षतिपूर्ति’ र कहिले ‘राहत’ पनि भनिएको सुनिन्छ-पढिन्छ । कस्तो विडम्बना ! त्यस्तो रकमलाई ‘सहानुभूति रकम’ सम्मचाहिँ भन्न सकिएला तर यस्तो शब्द प्रयोग गरिएको वा चलाइएको नै छैन । ‘सान्त्वना’ चाहिँ पिर परेका वा आशा गरेका कसैलाई शान्त बनाउने, चित्त बुझाउने वा सम्झाउने काम हो । (गोपीको बुबा बित्नुभएछ । यसो सान्त्वना दिन जानुपर्ने ! ब्याडमिन्टनमा प्रथम पुरस्कार पाउने आस गरेको हरिले सान्त्वनामै चित्त बुझाउनु पर्यो ।)

नेपाली वर्णमालामा स्वर वर्ण र व्यञ्जन वर्ण गरी दुई खाले वर्ण छन् । अ, आ, इ, ई स्वर वर्ण हुन् भने क, ख, ग, घ व्यञ्जन वर्ण । स्वर वर्णको सहायताले बनेका क (क्+अ) सहित का (क्+आ), कि (क्+इ), की (क्+ई), कु (क्+उ), कू (क्+ऊ), के (क्+ए), आदि जस्ता मात्रा लागेका र अन्त्यका अनुस्वर तथा विसर्गसहित बाह्र वटा अक्षरको समूह वा समष्टि रूपलाई बाह्रखरी भनिन्छ । 

व्यञ्जन वर्ण ‘क’ लाई एकार ( े) दिँदा मात्र के (क्+ए) बन्छ तर स्वर वर्णको ‘ए’ स्वयम् जन्मँदै ए (एकार) छ । अब ‘ए’ मा एकार ( े) लगाउनासाथ यो अक्षर ‘ऐ’ बन्छ तर हाम्रा कतिपय शिक्षित वक्ताहरू ‘ऐन’ लाई ‘एन’ भन्छन् । 

‘प्रवेश द्वार’का ठाउँमा ‘प्रवेश द्धार’ लेखिँदा कसरी पढ्ने होला ? फेरि ‘जीर्णोद्धार’ लाई चाहिँ ‘जीर्णोद्वार’ लेख्ने उल्टो हेक्का कसरी आएको होला ? ‘तामाङ’, ‘ट्रेनिङ’, ‘ड्राइभिङ’, ‘भञ्ज्याङ’, ‘इन्जिनियरिङ’ लेख्दा पुग्नेमा किन तिनमा ‘ग’ पनि झुन्ड्याएर ‘तामाङ्ग’, ‘ट्रेनिङ्ग’, ‘ड्राइभिङ्ग’, ‘भञ्ज्याङ्ग’, ‘इन्जिनियरिङ्ग’ का रूपमा अशोभनीय बनाइएको होला ?

भाषणबाजी बढ्ता हुने हाम्रो देशमा भइरहने अनेक थरी कार्यव्रmममा आफ्नै कार्यालयमा पनि अतिथि बन्ने-बनाउने चलन मौलाएको छ तर त्यस्ता कार्यक्रमअघि दिइने-गरिने निम्तो कार्डमा र कार्यव्रmम सकिएपछिको समाचारमा ‘फलानाको आतिथ्यतामा’ भन्ने पदावली यत्रतत्र पाइन्छ । ‘आतिथ्य’ मात्र भन्दा पुग्छ, ‘आतिथ्यता’ भन्दा अशुद्ध हुन्छ” भन्दा पनि पत्याइँदैन । यस्तै गरी ‘इमानदारिता’, ‘धैर्यता’, ‘सौन्दर्यता’ जस्ता शब्दहरूमा पनि ‘ता’ को भारी छ । अशुद्ध शब्द प्रयोग गर्ने पनि एउटा बानी रहेछ । लागेको बानी छुटाउन गाह्रो हुन्छ । ‘आफ्नो बानी को छोड्छ अर्काको बानी को लिन्छ ?’ भन्दै डाडुपन्यू लिएर नाच्ने बुहारीको कथा नेपाली समाजमा प्रचलितैै छ । 

कुनै पनि भाषाको सिकाइ प्रक्रिया लामो हुन्छ । यो बिस्तारै सिकिँदै जाने कुरा हो । सिक्दै जाँदा गल्ती हुनु स्वाभाविकै हुन्छ । यस व्रmममा लेखाइमा कतिपय शब्दको हिज्जे बारम्बार गल्ती हुने गर्छ । कतै उच्चारणमा त्रुटि हुन्छ । यो व्यक्ति विशेषमा भर पर्ने कुरा हो । भाषिक सिकाइमा सिकारुको मातृभाषा, उसको शैक्षिक स्तर, भाषिक प्रभाव, सङ्गत जस्ता कुराहरूले प्रभाव पारेको हुन्छ । त्यस्तै त्रुटि वा गल्तीको पनि प्रकार र स्तर हुन्छ । यसतर्फ प्रत्येक नेपाली भाषा प्रयोक्ता र भाषापे्रमीले ध्यान पुर्याएर शुद्ध प्रयोगमा जोड दिनु आवश्यक देखिन्छ । गाेरखापत्रबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending