Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

२८ औं जनयुद्ध दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता हुने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले २८ औं जनयुद्ध दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता आयोजना गर्ने भएको छ । वाइसिएलको उपभोक्ता हकमित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा वृहत वक्तृत्वकला प्रतियोजिता आयोजना गरेको हो ।

वक्तृत्वकला डिजिटल प्लेटफर्मबाटै हुने भएकाले सहभागिले बढिमा ४ मिनेटको भिडियोमा जनयुद्धका उपलब्धिबारे बोलेर पठाउनुपर्ने वाइसिएलका सचिव उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए ।

डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धीमा केन्द्रित रहेर बोल्नुपर्ने वाइसिएलले जनाएको छ ।

आयोजक विभाग प्रमुख ढकालले भिडियो आगामी माघ १० गतेभित्र पठाइसक्नु पर्ने बताएका छन् । ती भिडिओलाई वाइसिएलले फेसबुक पेजमा राख्ने र माघ २८ गते दिउसो १२ बजेसम्म आएका लाईक, कमेन्ट सेयर र भ्युजको आधारमा बिजेता उपबिजेताहरुको टुंगो लगाईने ढकालले जानकारी दिए ।
यद्यपी निर्णायक मण्डलले सहभागी वक्ताको विषय वस्तु उठान,बोल्ने शैली र अन्य क्षमतालाई समेत मुल्यांकन गरेर अन्तिम नम्बर दिइने उनले बताए । भिडिओको लाईक,कमेन्ट, भ्युज र सेयरको ५० प्रतिशत मुल्यांकन हुनेछ भने बिषयबस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मुल्यांकन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवाले भाग लिन पाउने वाइसिएलले जनाएको छ । सहभागीमध्येबाट प्रथम हुनेलाई ३० हजार नगद र प्रमाणपत्र दिइने र दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २० र १० हजार नगदसहित प्रमाणपत्र दिइने ढकाले बताए ।

प्रतिस्पर्धीहरुले पठाएको भिडियो आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिने  र सोहि पेजको आधारमा पुरस्कार प्रदान गरिने बताइएको छ ।  फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिजेतलाई पुरस्कार र प्रमाणपत्र दिइने सचिव ढकालले बताए ।
प्रतियोगितामा निम्न गुगल फर्म मार्फत सहभागि हुन सकिने आयोजकले बताएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending