Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

निजामती सेवामा समावेश हुन सर्वोच्चमा रिट

खबरडबली संवाददाता

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय संवैधानिक अधिकार माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे सहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार राज्यका निकायमा प्रतिनिधित्वको हक हुने व्यवस्था रहेको छ । संविधान जारी भएको ८ वर्ष सम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संवैधानिक हक पाउनबाट वञ्चित भइरहेका छन् ।

राज्यका निकायमा आफ्नो समुदायको प्रतिनिधित्व गराउन पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तको अग्रसरता सर्वोच्चमा रिट दर्ता भएको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, कानुन मन्त्रालय, सङ्घीय संसद् र लोक सेवा आयोगलाई विपक्षी बनाइएको छ ।

रिटमा ‘निजामती सेवामा समावेश हुन पाउने व्यवस्थाको लागि कानुनमा संशोधन वा परिमार्जन वा थपघट गर्नको लागि विपक्षीहरूका नाममा परमादेश लगायतको उपयुक्त आदेश जारी गरी हक प्रचलन गरी पाउँ’ भनिएको छ।

अब खुल्ने विज्ञापनमा निवेदकहरूले समेत फारम भर्न तथा प्रतिस्पर्धा गर्न पाउने आवश्यक व्यवस्था गर्नु गराउन परमादेशको आदेश तत्काल पाउनु पर्ने अवस्था रहेकोले तत्काल विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

रिट निवेदक समलिङ्गी पुरुष सुरेन्द्र पाण्डे, पवन राई, समुयल मुलीचा सुनवार मुखिया र तेस्रोलिंगी महिला त्रैलोक्य श्रेष्ठले मानवअधिकारको संरक्षण संवर्धन गर्ने काममा सहभागिता जनाउँदै सामाजिक अभियन्ताको रूपमा काम गर्दै रही हाल विशेषतः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको हित तथा जनचेतना फैलाउने उद्देश्य स्वरूप दर्ता भएको मायाको पहिचान नेपाल संस्थामा आबद्ध रहेको उल्लेख गरेका छन् ।

निवेदकहरूले आफूहरू ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सदस्यमा पर्छौ’ भनेका छन्। ‘समाजमा हाम्रो समुदाय माथि लक्षित रूपमा रहेको घृणा, प्रतिषेध, बहिष्करणका कारण हाम्रो समुदायका सदस्यहरू खुलेर मूलधारमा आउन सक्ने अवस्था छैन,’रिट निवेदनमा लेखिएको छ,‘आफ्नो हक अधिकारको लागि देशमा भएको विभिन्न परिवर्तनसँगै हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले पनि बलिदान र त्यागसँगै निर्माण भएको नेपालको संविधानले प्रदत्त गरेको संवैधानिक हक र अधिकार प्राप्तिका लागि सम्बद्ध विभिन्न सङ्घसंस्था र सरोकारवलाहरुले विभिन्न समयमा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र, ज्ञापन पत्र दिई विज्ञप्ति समेत जारी गर्दै आएका छौँ।’

संविधान लागु भएको यतिका वर्ष बितिसक्दा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट नेपालको निजामती प्रशासनमा उपस्थिति नै शून्य रहेको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई कानुनद्वारा विशेष व्यवस्था नगरिएको र धारा ४२ ले गरेको सामाजिक न्याय प्रवाह गर्नको लागि निजामती प्रशासनलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहको हकमा समावेशी नबनाइएको कारणले नै नेपालको निजामती प्रशासनमा उपस्थिति नभएको रिटमा लेखिएको छ।

संविधानको धारा ४७ ले मौलिक हकको कार्यान्वयनमा संविधान प्रारम्भ भएको तीन वर्ष भित्र कानुनी व्यवस्था गर्नु भनी सीमा तोकेको छ। सरकारले संविधान प्रारम्भ भएको ३ वर्षभित्रमा मौलिक हकको कार्यान्वयनको लागि १७ वटा विभिन्न ऐनहरू निर्माण गरिसकेको छ। तर नागरिकको चाहना र आकाङ्क्षा रहेको समानुपातिक समावेशीको सम्बन्धमा ऐन बनाइएको छैन।

संविधानको धारा ३०४ ९१० ले यो संविधानसँग बाझिएको कानुन यो संविधान बमोजिमको सङ्घीय संसद्को पहिलो अधिवेशन बसेको मितिले एक वर्षभित्र बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ भनी स्पष्ट रूपमा उल्लेख गरेको छ।

संविधान जारी पछिको पहिलो संसद्को अधिवेशन २०७२ साल असोज १५ गते बसेको थियो। विपक्षीहरूले संविधानको मौलिक हकको धारा १८ ९३०, धारा ४२ ९१० मा रहेको प्रावधान अनुसारको व्यवस्था नगरी संविधानको धारा ३०४ ९१० अनुसार स्वतः अमान्य भएको कानुनलाई नै आधार मानेर नेपाल सरकार तथा मातहत मन्त्रालय तथा निकायले गरेको काम कारबाहीलाई मान्दै आएको कार्यले संवैधानिक मौलिक हकको हनन भई संविधानको उल्लङ्घन भएको रिटमा उल्लेख गरिएको छ।

लोक सेवा आयोग, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय उपर विभेद गरी नेपालको संविधानको धारा १ ९१०, ९२०, धारा ३, धारा १७, धारा १८ ९३०, धारा ३३, धारा ४२ ९१०, धारा ४७, धारा ४८ (ख), धारा १२६(२), धारा ३०४ पालना भएको छैन भने मुलुकी देवानी संहिता २०७४ को दफा १७, दफा २० द्वारा प्रदत्त हकको समेत उल्लङ्घन भएको छ।

रिटमा भनिएको छ, ‘लोक सेवा आयोगबाट भई आएका र हुने गरेका राज्यका विभिन्न निकायको निजामती सेवाको पदपूर्तिको लागि विज्ञापन प्रकाशन सम्बन्धी दरखास्त आह्वानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकको सम्बोधन हुन सकेको छैन। बरु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारको हनन भई राज्यको रोजगारी प्राप्त गरी जीवन निर्वाह गर्ने, सम्मान पूर्ण जीवन यापन गर्न पाउने हकमा नै आघात पुगी आएको अवस्था छ।’

माघ २ मा रिट सुनुवाइका लागि पेसीमा चढ्ने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending