हिलेको तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानीटङ्की, म्याट, डसना, होडिङबोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख रभी खत्रीले जानकारी दिए । सडकपेटी मिचेर राखिएका सामान हटाउन बजार व्यवस्थापन समिति र वडा कार्यालयले पनि पहल गरेको थियो । नगर प्रहरीले सामान हटाउन यसअघि पटक–पटक आग्रह गरेको थियो ।
सडकपेटी र सार्वजनिक स्थलमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गर्नेहरूको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘सडकपेटी मिचेर अव्यवस्थित रुपमा सामान राख्दा पैदलयात्रीलाई हिड्न समस्या हुन्छ, शहरको सौन्दर्य पनि राम्रो देखिदैन, त्यसैले सामान हटाउनका लागि नगर प्रहरीले पटक–पटक आग्रह गरेको थियो,’ मेयर तामाङले भने, ‘कतिपयले सामान हटाउनु भयो, जसले अटेर गरेर हटाउनु भएन उहाँहरूको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।’
सडकपेटी मिचेर अव्यवस्थित रुपमा सामान नराख्न मेयर तामाङले आग्रह पनि गरेका छन् । ‘आफ्नो पसल भन्दा बाहिर सडकपेटीमा लगेर समान नराख्नुस्, सबैले यसो गर्यो भने बजार पनि राम्रो देखिन्छ । सडकपेटीमा हिड्नेहरूलाई पनि सजिलो हुन्छ’, व्यापारीहरूलाई लक्षित गर्दै मेयर तामाङले भने ।
सडकपेटीमा सामान राख्दा आवतजावतमा समस्या भएको पैदलयात्रीहरुले गुनासो गर्ने गरेका छन् । धनकुटा बजारमा पनि यो समस्या छ । धनकुटा बसपार्क क्षेत्रबाट नगर प्रहरीले पटक–पटक सामान जफत गर्ने गरेको छ । बजारलाई व्यवस्थित बनाउँनु सबैको दायित्व भएकाले सडक पेटीमा सामान नराख्न प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले पनि आग्रह गरेका छन् ।
यसैबीच, हिले बजारबाट नियन्त्रणमा लिइएको सामान नगरपालिकाले जरिवाना तिराएर फिर्ता दिने भएको छ । सरसफाइ एवं शहरी सडक व्यवस्थापन कार्यविधिमा जरिवाना तिराएर सामान फिर्ता दिन सक्ने वा सामान बिक्री÷लिलाम गरी नगरपालिकाको कोषमा रकम जम्मा गर्न सक्ने प्रावधान छ । त्यसैले, तीन दिनभित्र सामान धनी बुझ्न आएमा जरिवाना लिएर सामान फिर्ता गरिनेछ । अन्यथा, सामान बिक्री÷लिलाम गरिने नगरपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: