Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन-१ पहिलो पटक पुष्टि

दुईसाता बित्दापनि आएन धनगढीको रिपोर्ट

खबरडबली संवाददाता

कैलाली । नेपालमा कोरोनाको  नयाँ भेरियन्ट पहिलोपटक पुष्टि भएको छ । ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ पहिलो पटक पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको पुष्टि हुँदा पनि धनगढीबाट पठाइएको स्वाबको रिपोर्ट अझै आएको छैन । कैलालीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका कोरोना बिरामीका नमुनाको रिपोर्ट २ साता बढी बितिसक्दा पनि नआएका हो ।

भारतमा जेएन–१ भेरियन्टको कोरोना बढी रहेका बेला, नेपालमा पनि सोही भेरियन्ट हुनसक्ने भन्दै सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाले पुसको ६ गते ४ जना पुसको ११ गते ५ जनाको स्वाबको नमुना काठमाडौं पठाएको थियो । तर, सोमबार साँझ सम्म पनि ती स्वाबको रिपोर्ट नआएको त्रिनगर हेल्थ डेस्क प्रमुख गणेश साउदले जानकारी दिए । दुई चरणमा कोरोना सङ्क्रमितको स्वाब पठाएको भए पनि अहिले सम्म पनि त्यसको रिपोर्ट नआएको उनको भनाइ छ । 

भारतको राजधानी दिल्ली सहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरूमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले सम्म यसरी कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या १० पुगिसकेको छ । स्वास्थ्यकर्मीले घर घर सम्म पुगेर स्वाब संकलन गरेर परीक्षणको लागि पठाएको भएपनि अहिले सम्म त्यसको रिपोर्ट नआउँदा स्वाब लिएकाहरु त्रसित भएको उनले बताए । 

६ महिना बढी समय कोरोना सङ्क्रमण नदेखिएको सीमा नाकामा पहिलो पटक पुसको ४ गते कोरोना सङ्क्रमित भेटिएका थिए । त्यसपछि ११ गते सम्म झन्डै दैनिक जसो सङ्क्रमित फेला परेका छन् । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोनाका बिरामीहरू बढ्न थालेका छन् । तर, कुन भाइरस हो भन्ने विषयमा अझै यकिन हुन सकेको छैन ।

सीमा नाकामा पोजेटिभ देखिएकाहरू सबैलाई घर पठाइएको र लक्षण देखिएका बिरामीहरूलाई घरमै आइसोलेसनमा बस्न भनिएको साउदको भनाइ छ  । तर घर जानेहरूले लापरबाही गरे गाउँघरमा पनि कोरोनाका बिरामी बढ्ने जोखिम भने कायमै रहेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले पनि केही दिनअघि सचेत गराएको थियो । भारतसँगको खुला सिमाना भएका कारण त्यहाँ पुस्टी भएको भेरियन्ट नेपालमा सहजै आउन सक्ने खतरा बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending