कैलाली । नेपालमा कोरोनाको नयाँ भेरियन्ट पहिलोपटक पुष्टि भएको छ । ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ पहिलो पटक पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको पुष्टि हुँदा पनि धनगढीबाट पठाइएको स्वाबको रिपोर्ट अझै आएको छैन । कैलालीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका कोरोना बिरामीका नमुनाको रिपोर्ट २ साता बढी बितिसक्दा पनि नआएका हो ।
भारतमा जेएन–१ भेरियन्टको कोरोना बढी रहेका बेला, नेपालमा पनि सोही भेरियन्ट हुनसक्ने भन्दै सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाले पुसको ६ गते ४ जना पुसको ११ गते ५ जनाको स्वाबको नमुना काठमाडौं पठाएको थियो । तर, सोमबार साँझ सम्म पनि ती स्वाबको रिपोर्ट नआएको त्रिनगर हेल्थ डेस्क प्रमुख गणेश साउदले जानकारी दिए । दुई चरणमा कोरोना सङ्क्रमितको स्वाब पठाएको भए पनि अहिले सम्म पनि त्यसको रिपोर्ट नआएको उनको भनाइ छ ।
भारतको राजधानी दिल्ली सहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरूमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले सम्म यसरी कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या १० पुगिसकेको छ । स्वास्थ्यकर्मीले घर घर सम्म पुगेर स्वाब संकलन गरेर परीक्षणको लागि पठाएको भएपनि अहिले सम्म त्यसको रिपोर्ट नआउँदा स्वाब लिएकाहरु त्रसित भएको उनले बताए ।
६ महिना बढी समय कोरोना सङ्क्रमण नदेखिएको सीमा नाकामा पहिलो पटक पुसको ४ गते कोरोना सङ्क्रमित भेटिएका थिए । त्यसपछि ११ गते सम्म झन्डै दैनिक जसो सङ्क्रमित फेला परेका छन् । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोनाका बिरामीहरू बढ्न थालेका छन् । तर, कुन भाइरस हो भन्ने विषयमा अझै यकिन हुन सकेको छैन ।
सीमा नाकामा पोजेटिभ देखिएकाहरू सबैलाई घर पठाइएको र लक्षण देखिएका बिरामीहरूलाई घरमै आइसोलेसनमा बस्न भनिएको साउदको भनाइ छ । तर घर जानेहरूले लापरबाही गरे गाउँघरमा पनि कोरोनाका बिरामी बढ्ने जोखिम भने कायमै रहेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले पनि केही दिनअघि सचेत गराएको थियो । भारतसँगको खुला सिमाना भएका कारण त्यहाँ पुस्टी भएको भेरियन्ट नेपालमा सहजै आउन सक्ने खतरा बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: