Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

राष्ट्रियसभाको दलीय हैसियतमा उलटफेर- माओवादी पहिलो बन्दा एमाले र एकीकृत समाजवादी बराबरी

अध्यक्षको बलियो दाबेदार कृष्ण सिटौलालाई ल्याउन माओवादीले किन पहल गर्‍यो ?

खबरडबली संवाददाता

काठमाडौंं । आगामी महिना हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएसँगै प्रतिनिधि सभामा तेस्रो दल रहेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा भने सबैभन्दा ठूलो दल हुने देखिएको जानकारहरूले बताएका छन्।

राष्ट्रिय सभामा तेस्रोबाट दोस्रो ठूलो दल बन्न प्रयासरत नेपाली कांग्रेसमा भने उम्मेदवार चयनको विषयमा विवाद देखिएको छ। कांग्रेस महामन्त्री गगन थापाले गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद सिटौलालाई "माओवादी र एकीकृत समाजवादीको आग्रहमा" अघि सारिएको बताएका छन्।

चार वर्ष अघिसम्म राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले यो पटकको राष्ट्रिय सभा निर्वाचनबाट तेस्रो दल हुने देखिएको छ। एमाले अहिले प्रतिनिधि सभामा दोस्रो ठूलो दल रहेको छ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीतसहित माओवादीका १५ जना सदस्य रहेका छन्। आगामी फागुनबाट माओवादीका तीनजना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ।

अहिले राष्ट्रिय सभामा मनोनीत सहित १७ जना सांसद रहेको नेकपा एमालेका भने राष्ट्रपतिबाट मनोनीत एक जनासहित सबैभन्दा धेरै नौ जना सदस्य खाली हुँदैछन्।

एमाले तेस्रो दल बन्ने!

राष्ट्रिय सभा अध्यक्ष सहित आफ्ना नौ जना सांसदहरूको पदावधि सकिए पनि एमालेले माघ ११ गते हुने निर्वाचनमा एउटै सिट जित्ने सम्भावना नदेखिएको जानकारहरू बताउँछन्।

त्यसो हुँदा राष्ट्रिय सभामा एमालेका आठ जना सांसदहरू मात्रै बाँकी रहनेछन्। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एमाले निकट विमला राई पौडेलको पदावधि पनि आगामी फागुनबाट सकिँदैछ।

राष्ट्रिय सभाको निर्वाचनमा एमालेले रिक्त भएका १९ वटै सिटमा उम्मेदवारी दिए पनि आफ्ना उम्मेदवार निर्वाचित हुने अपेक्षा भने “खासै नगरेको” एमालेकै एक जना सांसदले बताइन्।

“गठबन्धनको मतभार धेरै भएका कारण हामीले खासै अपेक्षा गरेका छैनौँ। आफ्नो मत संरक्षण गर्न सबै ठाउँमा उम्मेदवारी चाहिँ दिएका हौँ,” आगामी फागुनमा कार्यकाल सकिन लागेकी एमाले राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले भनिन्, “प्रतिस्पर्धा गर्दा कोशी लगायतका केही प्रदेशमा आउन पनि सक्छ।”

विसं २०७७ सालमा नेकपाबाट एमाले र माओवादी अलग हुँदा राष्ट्रिय सभामा एमालेका ३४ सदस्य थिए। यसअघि २०७८ सालमा भएको राष्ट्रिय सभा निर्वाचनमा पनि एमालेले अहिलेकै जस्तो गठबन्धनसँग प्रतिस्पर्धा गरेको थियो।

अहिले जस्तै १९ सिटका लागि भएको त्यसबेलाको निर्वाचनमा भने एमालेका एक जना उम्मेदवार कोशी प्रदेशबाट निर्वाचित भएका थिए।

तत्कालीन प्रदेश १ मा गठबन्धनमा भएको असन्तुष्टिका कारण कतिपय गठबन्धनकै प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीले जनता समाजवादी पार्टीका उम्मेदवारको सट्टा एमालेका उम्मेदवारलाई मत दिएको विवरण आएका थिए। तर यो पटक एमालेले यस्तो अपेक्षा “खासै नगरेको” नेताहरू बताउँछन्।

यसरी बन्दैछ माओवादी सबैभन्दा ठूलो दल

एमालेसँग विभाजित हुँदा राष्ट्रिय सभामा १५ सांसद रहेको माओवादीले अघिल्लो पटक भएको राष्ट्रिय सभा निर्वाचनबाट एक सांसद थप्यो। उसले राष्ट्रपतिबाट मनोनीत हुने कोटामा पनि आफ्ना नेता नारायण दाहाललाई राष्ट्रिय सभामा पुर्‍यायो

अहिले माओवादीबाट राष्ट्रिय सभामा दाहालसहित १५ जना सांसद छन्। त्यसमध्ये तीन जनाको पद फागुनमा सकिँदैछ। तर माघमा हुने निर्वाचनमा माओवादीले गठबन्धनका तर्फबाट छ जना उम्मेदवार अघि सार्दैछ र ती सबै उम्मेदवार निर्वाचित हुने सम्भावना रहेको जानकारहरू बताउँछन्।

त्यसो हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छन् र यो सङ्ख्या राष्ट्रिय सभामा कांग्रेसको भन्दा धेरै हुन्छ।अहिले राष्ट्रिय सभामा कांग्रेसका १० जना सांसद छन्। त्यसमध्ये चार जनाको पदावधि फागुनमा सकिँदै छ। तर गठबन्धनबाट कांग्रेसले १० जना उम्मेदवार पाएको छ।

ती सबै उम्मेदवार निर्वाचित भए राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद पुग्छन्। “अहिलेको गठबन्धनमा उलटफेर भएन भने माओवादी सबैभन्दा ठूलो, कांग्रेस दोस्रो र एमाले तेस्रो हुने देखिन्छ,” राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँलले भने।

“एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा गठबन्धनको मत धेरै भएको स्थिति र रिक्त भएका क्लस्टरहरू एक वा दुई मात्रै भएका कारण ती सबै ठाउँहरूमा गठबन्धनमा उलटफेर नभएको अवस्थामा गठबन्धनकै उम्मेदवारहरू निर्वाचित हुने देखिन्छ।”

कांग्रेसको पुनरागमन

नेकपा एकीकरणका समयमा राष्ट्रिय सभामा जम्मा छ सिटमा खुम्चिएको नेपाली कांग्रेसले चार वर्षमा माथिल्लो सदनमा अध्यक्ष सहित १६ सिट बनाउने देखिएको छ।

“गठबन्धनको मतभारका कारण हामीले अहिले उम्मेदवारी दिएका १० वटै सिट जित्छौँ। त्यसो हुँदा हाम्रो १६ सिट पुग्छ,” राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी नेतृ अनिता देवकोटाले भनिन्।

रिक्त हुन लागेको राष्ट्रिय सभाको अध्यक्षका लागि कांग्रेसले पार्टी नेता कृष्णप्रसाद सिटौलालाई अघि सारेको छ।राष्ट्रिय सभामा एमाले र एकीकृत समाजवादीको बराबर हैसियत हुने देखिएको छ।

एकीकृत समाजवादीका अहिले एक जना स्वतन्त्रसहित राष्ट्रिय सभामा नौ जना सांसद छन्। त्यसमध्ये नेकपा विभाजनका क्रममा स्वतन्त्र हैसियत रोजे पनि एकीकृत समाजवादीमै रहेका खिमलाल देवकोटासहित तीन जनाको पदावधि सकिँदैछ।

माघमा हुने निर्वाचनमा एकीकृत समाजवादीका तर्फबाट दुई जना उम्मेदवार छन्। ती दुवै जना निर्वाचित भए राष्ट्रिय सभामा एकीकृत समाजवादीका एमालेका बराबर आठ सांसद हुनेछन्।

सिटौलाबारे माओवादी र एकीकृत समाजवादीले के भने?

कांग्रेसभित्र राष्ट्रिय सभा उम्मेदवार चयनको विषयमा लिखित असहमति राखेका महामन्त्री गगन थापाले आफ्नो असहमतिमा अवसरबाट वञ्चित र योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड पालना नगरिएको र पार्टीमा आग्रहका आधारमा निर्णय गरिएको आरोप लगाएका छन्।

“उम्मेदवारबारे हामीले हिजो बनाएको मापदण्डमा ध्यान दिइएन। मुख्य पार्टी नेतृत्व नै सिङ्गो पार्टीको अभिभावक नभएर एउटा सानो पङ्‌क्तिको संरक्षकजस्तो देखियो,” थापाले बीबीसीसँग भने।

उनले पार्टीमा मधेशी र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व समेत नभएको बताए। थापाजस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले फरक विचार समूहलाई अलग गरिएको र न्यायोचित अवसर नदिइएको आरोप लगाएका छन्।

कांग्रेस महामन्त्री थापाका अनुसार कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले पनि आग्रह गरेका थिए।

“हाम्रो मतले मात्रै राष्ट्रिय सभामा जित्न नसक्ने र हामीले मत लिनुपर्ने मूलत माओवादी र एकीकृत समाजवादी दुवैको तर्फबाट औपचारिक रूपमै कांग्रेसलाई यदि तपाईँहरूको उम्मेदवार सिटौला हुनुहुन्छ भने व्यक्तित्वको कारणले (राष्ट्रिय सभा अध्यक्षमा) हाम्रो दाबी रहन्न र यसमा हामी छलफलै गर्दैनौँ भन्ने कुरा आयो,” थापाले भने।

“नभए खासगरी माओवादीले हाम्रो दाबी रहन्छ किनभने अलि समय पछि संवैधानिक परिषद्‌मा हाम्रो उपस्थिति शून्य हुन्छ भनिसकेपछि हामी राष्ट्रिय सभाको अध्यक्ष बन्ने व्यक्तिसँग एउटा उम्मेदवार जोडेर आउने अवस्था बन्यो। त्यसकारण त्यसलाई अपवादको रूपमा स्वीकार गर्ने र एकमत बनेको अवस्था रह्यो।”

शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका खेलेका सिटौलाप्रति माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदाशयता देखाउने गरेको बताइन्छ। सिटौला गत वर्षको प्रतिनि धिसभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending