Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पाँच ऐन खारेज, २८ संशोधन गर्न परिसङ्घको सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसङ्घले विभिन्न पाँचवटा ऐन खारेज, २८ कानुन संशोधन र तीन नयाँ कानुन ल्याउन सरकारलाई सुझाव दिएको छ । समग्र आर्थिक विकासका लागि गरिनुपर्ने कानुनी सुधारबारे आज परिसङ्घले पत्रकार सम्मेलन गर्दै यस्तो सुझाव दिएको हो । 

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको समग्र आर्थिक विकासका लागि अनुकूल कानुनी व्यवस्था पहिलो शर्त भएकाले अर्थतन्त्रसँग सम्बन्धित विद्यमान पुराना एवं असान्दर्भिक कानुनमा सुधार गर्न आवश्यक रहेको बताए । मुलुकको औद्योगिक विकास र उन्नयनका लागि उत्पादनमूलक क्षेत्रको विकास तथा लगानीमैत्री वातावरणका लागि सहज कानुनी प्रावधान आवश्यक रहने उनको भनाइ थियो ।

विद्यमान कानुनमा सुधारको आवश्यकता महसुस गराउँदै सरकारलाई सुझाव दिने अध्यक्ष अग्रवालले बताए। सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको सन्दर्भमा अहिले नै कानुनी सुधारको प्रयास थालिए अन्तर्राष्ट्रिय लगानीकर्तामाझ पनि त्यसले सकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

हाल कार्यान्वयनमा रहेका विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१, क्षतिपूर्ति ऐन, २०१९, कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, नेपाल एजेन्सी ऐन २०१४ र पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ खारेज गर्नुपर्ने सुझाव परिसङ्घले दिएको छ ।

संशोधन गर्नुपर्ने कानुनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावली, सार्वजनिक–निजी साझेदारी लगानी ऐन तथा नियमावली, औद्योगिक व्यवसाय ऐन तथा नियमावली, मूल्य अभिवृद्धि कर ऐन तथा नियमावली, श्रम ऐन तथा नियमावली, वन ऐन तथा नियमावलीलगायतका रहेका परिसङ्घका अध्यक्ष अग्रवालले जानकारी दिए।

विशेष आर्थिक क्षेत्र, राजस्व न्यायाधिकरण, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण, आयकर, कम्पनी ऐन, भूमिसम्बन्धी, जग्गा प्राप्ति, सार्वजनिक खरिद, विद्युत् ऐन र संयुक्त आवासको स्वामित्वसम्बन्धी ऐन संशोधन गर्नुपर्ने परिसङ्घको भनाइ छ । त्यस्तै, खानी तथा खनिज पदार्थ ऐन र नियमावली, नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ ९तेस्रो संशोधनसहित०, संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, बोनस नियमावली, जग्गा हदबन्दी छुट दिनेसम्बन्धी आदेशलगायतका कानुन संशोधन गर्न परिसङ्घले आग्रह गरेको छ ।

विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ र भुक्तानी सुरक्षण ऐन नयाँ निर्माण गर्नुपर्ने परिसङ्घले सरकारलाई सुझाव दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: