Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

निरन्तर बढ्दै माओवादीभित्र वर्गीय खाडल

मनोज भट्टराई

अलिसान महल र महँगा मोटरसहितको फाइफुइँ हेर्दा उनीहरू कम्युनिस्ट पार्टीका नेता जस्ता लाग्न छाडिसकेका छन्

माओवादीभित्रै वर्गीय खाडल जन्मँदै, हुर्कंदै र फैलँदै गएको छ । आफ्नो मुद्दा भुलेर सत्ता र पदको लोभमा नेताहरू फस्दै गएका छन् ।

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले भादौ १६ गतेदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्यो । भदौ १६ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडाबाट उद्घाटन गरेकाे अभियान पौष १६ मा समापन भएको थियो ।

मुलुकमा राजनीतिक परिवर्तन र रूपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको थियो । पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान पनि खोजियो । तर, २०६३ को बृहत शान्ति सम्झौता पश्चात जनताले चोहोको माओवादी हुन सकेको छैन । अभियानका क्रममा लागिपरेका नेता ता कार्यकताहरु हरेक घरघरमा पुग्दै गर्दा २०६४ को संविधानसभाको निर्वाचन पछि माओवादी माओवादी हुन नसकेकै कारण पछिल्लो समय स्खलित हुन पुगेको जनगुनासो आएको छ ।

अभियानसँगै पार्टीमा देखिएका वैचारिक, राजनीतिक, सांस्कृतिक चुनौतीलाई वडा तहबाट समाधान गर्ने उद्देश्यले अध्यक्ष प्रचण्डसहित सबै नेता–कार्यकर्ता वडा तहसम्म खटिएका थिए । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको प्रस्तावक र सर्वसम्मत ढंगले पारित गर्ने केही समर्थकबाट नै यो अभियानको मर्म र भावनामाथि गहिरो चोट पुग्ने काम पनि भयो ।

कैयौं ठाउँमा नेताहरूको आन्तरिक कलह र किचलोले पार्टीका कार्यकर्ता अन्योल र दोधारमा परे । माओवादी केन्द्र र यसको नेतृत्वले आफू सरकारमा पुग्ने कुरामा मात्र अर्जुन दृष्टि लगाएको समेत देखियो । हुँदा खाने वर्ग, गरिब र गाउँमा परिवर्तन र्पुयाउन यिनले चासो नै दिएनन् । आधारभूत तहका जनताका विधाता भनिएको पार्टीले जनताको जीवनयापनका विषयलाई मुख्य कार्यक्रम बनाउन सक्दै सकेनन् ।

माओवादीभित्रै वर्गीय खाडल जन्मँदै, हुर्कंदै र फैलँदै गएको छ । आफ्नो मुद्दा भुलेर सत्ता र पदको लोभमा नेताहरू फस्दै गएका छन् । नेताहरूको संस्कार र जीवन विलासी हुँदै गएको छ । अलिसान महल र महँगा मोटरसहितको फाइफुइँ हेर्दा उनीहरू कम्युनिस्ट पार्टीका नेता जस्ता लाग्न छाडिसकेका छन् । पार्टीले वर्गीय पक्षधरता भुल्दै गएको प्रष्ट भएको छ ।

जनयुद्धका सहिद, घाइते र बेपत्ताका परिवार बिचल्लीमा छन् । तिनैका सपना साकार पार्न हिँडेका नेताहरू भने धन आर्जन गर्ने दौडमा लागेको देखिन्छन् । पार्टी धेरैजसो सत्ताको सेरोफेरोमा रहँदा पनि कार्यकर्ताको संरक्षण र व्यवस्थापन हुन सकेन । 

पार्टीको गहकिलो जिम्मेवारी र चुनावमा टिकट हत्याउन नेताको खटनपटनमा निर्भर हुनुपर्ने परिपाटी बनेको हामी सबैले देखेकै कुरा हो । र, यो राष्ट्रियसभामा उमेदवार चछनोटमा पनि देखियो ।  कि नेताको आफन्त र नातागोता हुनुर्पयो कि गुलामी र जयजयकार गर्न सक्नुर्पयो । आफूलाई योग्य हकदार सावित गर्न ठूलो त्याग, तपस्या, अविच्छिन्न राजनीतिक सेवा र प्रतिबद्धताले कुनै अर्थ राख्न छाडेको छ माओवादीमा । 

पार्टीभित्र कार्यकर्ता भए पनि कार्यकर्ताभित्र पार्टी भएको अनुभूति र गर्ब धेरैलाई हुन सकेको छैन । त्यही कारण युवा पंक्तिमा निराशा र कुण्ठा चुलिएको छ । माओवादीले साँच्चिकै पार्टी बनाउने र आमजनताको मनमनमा पुग्ने नै हो भने पहिलो कुरा पार्टी भित्र भएको वर्गिय खाडललाई अन्त्य गर्न पर्दछ ।  २०६३ को बृहत शान्ति सम्झौता अगाडी जसरी जनताको मनमा बस्न सफल भएको थियो त्यसरी नै माओवादीले पुनःअभ्यास गर्न पर्दछ नत्र माओवादी माओवादी बन्न सक्दैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending