Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

निरन्तर बढ्दै माओवादीभित्र वर्गीय खाडल

मनोज भट्टराई

अलिसान महल र महँगा मोटरसहितको फाइफुइँ हेर्दा उनीहरू कम्युनिस्ट पार्टीका नेता जस्ता लाग्न छाडिसकेका छन्

माओवादीभित्रै वर्गीय खाडल जन्मँदै, हुर्कंदै र फैलँदै गएको छ । आफ्नो मुद्दा भुलेर सत्ता र पदको लोभमा नेताहरू फस्दै गएका छन् ।

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले भादौ १६ गतेदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्यो । भदौ १६ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडाबाट उद्घाटन गरेकाे अभियान पौष १६ मा समापन भएको थियो ।

मुलुकमा राजनीतिक परिवर्तन र रूपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको थियो । पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान पनि खोजियो । तर, २०६३ को बृहत शान्ति सम्झौता पश्चात जनताले चोहोको माओवादी हुन सकेको छैन । अभियानका क्रममा लागिपरेका नेता ता कार्यकताहरु हरेक घरघरमा पुग्दै गर्दा २०६४ को संविधानसभाको निर्वाचन पछि माओवादी माओवादी हुन नसकेकै कारण पछिल्लो समय स्खलित हुन पुगेको जनगुनासो आएको छ ।

अभियानसँगै पार्टीमा देखिएका वैचारिक, राजनीतिक, सांस्कृतिक चुनौतीलाई वडा तहबाट समाधान गर्ने उद्देश्यले अध्यक्ष प्रचण्डसहित सबै नेता–कार्यकर्ता वडा तहसम्म खटिएका थिए । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको प्रस्तावक र सर्वसम्मत ढंगले पारित गर्ने केही समर्थकबाट नै यो अभियानको मर्म र भावनामाथि गहिरो चोट पुग्ने काम पनि भयो ।

कैयौं ठाउँमा नेताहरूको आन्तरिक कलह र किचलोले पार्टीका कार्यकर्ता अन्योल र दोधारमा परे । माओवादी केन्द्र र यसको नेतृत्वले आफू सरकारमा पुग्ने कुरामा मात्र अर्जुन दृष्टि लगाएको समेत देखियो । हुँदा खाने वर्ग, गरिब र गाउँमा परिवर्तन र्पुयाउन यिनले चासो नै दिएनन् । आधारभूत तहका जनताका विधाता भनिएको पार्टीले जनताको जीवनयापनका विषयलाई मुख्य कार्यक्रम बनाउन सक्दै सकेनन् ।

माओवादीभित्रै वर्गीय खाडल जन्मँदै, हुर्कंदै र फैलँदै गएको छ । आफ्नो मुद्दा भुलेर सत्ता र पदको लोभमा नेताहरू फस्दै गएका छन् । नेताहरूको संस्कार र जीवन विलासी हुँदै गएको छ । अलिसान महल र महँगा मोटरसहितको फाइफुइँ हेर्दा उनीहरू कम्युनिस्ट पार्टीका नेता जस्ता लाग्न छाडिसकेका छन् । पार्टीले वर्गीय पक्षधरता भुल्दै गएको प्रष्ट भएको छ ।

जनयुद्धका सहिद, घाइते र बेपत्ताका परिवार बिचल्लीमा छन् । तिनैका सपना साकार पार्न हिँडेका नेताहरू भने धन आर्जन गर्ने दौडमा लागेको देखिन्छन् । पार्टी धेरैजसो सत्ताको सेरोफेरोमा रहँदा पनि कार्यकर्ताको संरक्षण र व्यवस्थापन हुन सकेन । 

पार्टीको गहकिलो जिम्मेवारी र चुनावमा टिकट हत्याउन नेताको खटनपटनमा निर्भर हुनुपर्ने परिपाटी बनेको हामी सबैले देखेकै कुरा हो । र, यो राष्ट्रियसभामा उमेदवार चछनोटमा पनि देखियो ।  कि नेताको आफन्त र नातागोता हुनुर्पयो कि गुलामी र जयजयकार गर्न सक्नुर्पयो । आफूलाई योग्य हकदार सावित गर्न ठूलो त्याग, तपस्या, अविच्छिन्न राजनीतिक सेवा र प्रतिबद्धताले कुनै अर्थ राख्न छाडेको छ माओवादीमा । 

पार्टीभित्र कार्यकर्ता भए पनि कार्यकर्ताभित्र पार्टी भएको अनुभूति र गर्ब धेरैलाई हुन सकेको छैन । त्यही कारण युवा पंक्तिमा निराशा र कुण्ठा चुलिएको छ । माओवादीले साँच्चिकै पार्टी बनाउने र आमजनताको मनमनमा पुग्ने नै हो भने पहिलो कुरा पार्टी भित्र भएको वर्गिय खाडललाई अन्त्य गर्न पर्दछ ।  २०६३ को बृहत शान्ति सम्झौता अगाडी जसरी जनताको मनमा बस्न सफल भएको थियो त्यसरी नै माओवादीले पुनःअभ्यास गर्न पर्दछ नत्र माओवादी माओवादी बन्न सक्दैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending