काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको एक वर्ष पुगेका अवसरमा यही पुस १० गते राष्ट्रका नाममा गरेको सम्बोधनमा नयाँ कार्यशैली, नयाँ संरचनासहित मितव्ययीरुपमा काम गर्ने घोषणा गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःगठन गरिएको हो ।
मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी सङ्गठन व्यवस्थापन गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री कार्यालयका कतिपय शाखा महाशाखालाई गाभिएको छ भने सूचना प्रविधिसम्बन्धी एक अलग्गै महाशाखा स्थापना गरिएको छ । मुलुकमा विकसित सूचना प्रविधिमा थप सहयोग पु¥याउन सूचना प्रविधिको अलग्गै महाशाखा गठन गरिएको हो ।
प्रधानमन्त्री कार्यालयलाई चुस्त, दुरुस्त र कामकाजी बनाउने प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उनको सचिवालयको पुनःसंरचना गरेर दरबन्दी कटौती गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
यसैबीच सल्लाहकार आचार्यले प्रधानमन्त्री दाहालको स्वकीय सचिवका रुपमा काम गरिरहनुभएकी प्रधामन्त्रीकी सुपुत्री गङ्गा दाहाललाई त्यहाँबाट हटाउनु भनेको प्रधानमन्त्रीलाई नै असहयोग गरी असफल बनाउन खोज्नु भएको बताए।
उनले भने, “नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेकी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएदेखि नै उहाँको स्वकीय सचिवका रुपमा काम गर्नुभएकी उहाँकी सुपुत्री दाहालले हाल प्रधानमन्त्रीलाई सहयोग गरिरहनुभएकाले उहाँलाई हटाउन खोज्नु स्वयं प्रधानमन्त्रीलाई नै असफल बनाउन खोज्नु हो ।”
यस विषयमा पार्टी वा सरकारमा कतै कुरा नउठेको भए पनि बाहिरबाट प्रधानमन्त्रीले आफ्नो सचिवालय सदस्यबाट गङ्गा दाहाललाई हटाउनुपर्ने भन्नेजस्ता आवाज आएकाले यसमा कुनै तुक नरहेको आचार्यले स्पष्ट पारे।
उनले भने, “प्रधानमन्त्रीजीका छोरा र श्रीमतीको निधन भएको र उहाँ प्रधानमन्त्रीजस्तो पदीय जिम्मेवारीमा रहँदा नजिकबाट उहाँलाई सहयोग गर्ने पारिवारिक सदस्यकारुपमा गङ्गा नै हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्रीको सहयोगीका रुपमा निरन्तरता दिनु हुँदैन भन्नुको कुनै अर्थ छैन । यो त स्वयं प्रधानमन्त्रीलाई नै असहयोग गर्नु हो र प्रधानमन्त्रीजीलाई असहयोग गर्नु भनेको असफल बनाउन खोज्नु हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: