Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपतिक निर्वाचन प्रणाली अबको आवश्यकता

ज्ञानु 'बस्नेत' सुवेदी, प्रतिनिधिसभा सदस्य
ज्ञानु 'बस्नेत' सुवेदी, प्रतिनिधिसभा सदस्य

२०७९ सालमा सम्पन्न निर्वाचनपश्चात् नयाँ संसद् गठन भएको करिब एक वर्ष पुग्नै लागेको छ । यस अवधिमा संसद्ले जति काम गर्न सक्नुपथ्र्यो, त्यति हुन सकेको छैन । तर पनि धेरै काम भएका छन् । संसद्को पहिलो वर्ष सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुखको निर्वाचन र ‘मिनी पार्लियामेन्ट’का रूपमा रहेको संसदीय समिति गठन र सभापति चयनका काम यही वर्षमा भएका छन् । 

महत्वपूर्ण विधेयक सदनमा आएका छन् । केही विधेयक सदनबाट पारित भई कार्यान्वयनमा पनि आइसकेका छन् । तराई मधेस क्षेत्रमा व्यापकरूपमा रहेको मिटरब्याजसम्बन्धी समस्या ऐन बनाएरै सदाका निम्ति समाधान गरिएको छ । नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । यसबाट नागरिकताविहीन लाखौँ नेपाली नागरिकले नागरिकता पाउने बाटो खुलेको छ । धेरै महत्वपूर्ण काम पहिलो वर्षमा भएका छन् ।     

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक संसदीय प्रक्रियामा रहेको छ । संसद्को पहिलो वर्ष भएका कारणले पनि अन्य काम प्राथमिकतामा परे । ती विधेयकहरू प्रक्रियामा छन्, अब चाँडै टुङ्गोमा पुग्नेछन् । पहिलो वर्ष धेरै काम सुरु भएका छन् । 

आगामी अधिवेशनमा सिङ्गो मुलुकको प्राथमिकतामा रहेका काम अघि बढ्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीका नाममा गरेको सम्बोधनका क्रममा पनि धेरै विषयवस्तु अगाडि आएका छन् । ५२ वर्षदेखि अद्यावधिक हुन नसकेको शिक्षा विधेयक, प्रदेश सरकारलाई सुदृढ गर्नेलगायत महत्वपूर्ण कानुन निर्माणको प्रक्रिया सुरु भएको छ ।     

शान्ति प्रक्रियालाई जतिसक्दो छिटो निष्कर्षमा पुर्याउनुपर्छ । यसलाई टुङ्ग्याउन सत्ताको नेतृत्व गरेको नेकपा ९माओवादी केन्द्र० आतुर छ । माओवादीका तर्फबाट धेरै नै प्रयास भइरहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दल तथा प्रमुख प्रतिपक्षी दलसँग निरन्तर संवाद र छलफल गरिरहेका छन् ।  

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सदनबाट पारित गर्न विभिन्न उपसमिति बनाएर छलफल भइरहेको छ । उपसमितिले समितिलाई सुझाव दिएको अवस्था छ । उक्त विधेयक संसद्मा आउने प्रक्रियामा छ । यस विषयलाई टुङ्ग्याउन माओवादीका तर्फबाट सकारात्मक भूमिका निर्वाह भइरहेको छ । प्रमुख प्रतिपक्षीलाई पनि सहमतिमा लिएर यसलाई निष्कर्षमा पुर्याउन अधिकतम लचिलो भएर माओवादी अघि बढिरहेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई सर्वसम्मतिबाट अघि बढाउनका लागि सरकार लागिरहेको छ । प्रतिपक्षीबाट केही बहानाबाजी हुँदा ढिला भएको हो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय सरकारको उच्च प्राथमिकतामा छ ।     

कानुन निर्माण संसद्को प्रमुख काम हो । एकवर्षे अवधिमा विभिन्न कारणबाट सदन अवरुद्ध हुन पुग्यो । सदनको गति केही धिमा भएको हो, तर केही पनि भएन भन्ने चाहिँ होइन । समितिका निर्देशन तथा संसद्को आकस्मिक, शून्य, विशेष समय र प्रश्नोत्तरका क्रममा उठेका जिज्ञासा सरकारका तर्फबाट समाधान भइरहेका छन् । प्रधानमन्त्रीले प्रत्येक महिना उठेका प्रश्नको जवाफ दिइरहेका छन्  । 

यस्तै मन्त्रीज्यूले पनि सदनमा स्पष्ट पारिरहेकै छन् । सदनले माग गरेको अवस्थामा प्रधानमन्त्रीले जवाफ दिइरहेका छन् । सरकारले सदनलाई उच्च महत्व दिएको अवस्था छ ।  सुशासनको विषयमा वर्तमान सरकारले नै ‘बोल्ड’ निर्णय लिएको छ । यही कार्यकालमा होला ठूल्ठूला भ्रष्टाचारका विषयमा अनुसन्धान भइरहेको छ । वर्तमान सरकारले सशक्त र निर्धक्क ढङ्गबाट आफ्नो कदम अघि सारेको छ ।

सरकारले ‘सिस्टम’ बसाउन खोजेको छ । जे गर्दा पनि छुट हुने अराजकताको अवस्था सरकारले अन्त्य गरेको छ । अनियमितताका घटनामा अनुसन्धान भइरहेका छन् । दोषीलाई कारबाही हुँदै आएको छ । अनियमितता तथा भ्रष्टाचारमा संलग्न ठूला नेता तथा कर्मचारी जोगिएका छन् भन्ने अवस्थाको अन्त्य भएको छ । गल्ती गरेपछि जुनसुकै पदमा भए पनि कानुनको दायरामा आउँछ भन्ने स्थापित भएको छ । 

यसले सकारात्मक सन्देश दिएको छ । सरकारको कामबाट चौतर्फी आशा र उत्साह पैदा भएको छ । फरक दल भएपछि कामकारबाहीमा फरकपन आउनु स्वाभाविक हो । सबै राजनीतिक दल एकमत हुने भए एकै दल हुन्थ्यो होला । मूलतः राष्ट्रिय मुद्दामा सम्पूर्ण दल एकै ठाउँमा उभिनुपर्छ ।

नीति, नियम र कानुन निर्माणमा संसद् केन्द्रित हुनुपर्छ । कानुन कार्यान्वयन सरकारको जिम्मेवारीभित्र पर्छ । नीति तथा कार्यक्रम र बजेट तर्जुमाको काम पुरानै शैलीबाट अगाडि बढाउनु हुँदैन । सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनताका प्रतिनिधिले दिएका सुझाव नसमेटिने अवस्था रह्यो । पुरानै परम्परागत प्रक्रिया भएकाले संसद्मा पढ्ने, सांसदले सुन्ने तर सरकारले जेजस्तो प्रस्तुत गरेको छ, सो जस्ताको तस्तै हुबहु पास हुने स्थिति बदल्नुपर्छ ।

नीति तथा कार्यक्रम र बजेट फेरबदल गर्दा सरकार नै अल्पमतमा परेको हुने पुरानो प्रक्रिया हटाएर जनताका प्रतिनिधिबाट आएका सल्लाह र सुझावलाई समेटेर नीति कार्यक्रम र बजेट बनाउनुपर्छ । सांसदहरूले यही सुझाव पटकपटक सदनमा राखेका थियौँ । प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनका क्रममा नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जन गरेर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी दिनमा उक्त प्रक्रियाको सुरुआत हुनेछ ।     

मुलुकको तीव्र आर्थिक विकास नहुनुमा शासकीय स्वरुप र निर्वाचन प्रणालीको दोष देखिन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएको शासकीय स्वरूपमा जानुको कुनै विकल्प छैन । जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्ति जनताप्रति बढी उत्तरदायी हुन्छ । 

त्यस्तो व्यक्तिले मात्र जनताको अपेक्षा वास्तविकरूपमा पूरा गर्न सक्छ । भड्किलो, खर्चिलो निर्वाचन प्रणाली पनि बदल्नुपर्छ । लामो समय राजनीतिक योगदान गरेका र इमान्दार व्यक्तिले निर्वाचन लड्न सक्ने अवस्था छैन । पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नु उचित हुन्छ । महँगो र भड्किलो बन्दै गएको निर्वाचनलाई सच्याउनुपर्छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending