Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पूर्वानुमान विपरीत हिउँद सुक्खा हुन सक्ने, असर के-के पर्न सक्छ ?

खबरडबली संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यसअघि अनुमान गरिएजस्तो यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना अहिलेको अवस्थामा टरेको जनाएको छ।

यसअघि मङ्सिर १५ देखि फागुन १५ सम्मको तीन महिनाको पूर्वानुमान गर्ने क्रममा यो वर्ष हिउँदमा धेरै पानी पर्ने घोषणा विभागले गरेको थियो।

तर अहिले कम्तीमा एक महिनाको पूर्वानुमान हेर्दा देशका अधिकांश भागमा पानी पर्ने सम्भावना नदेखिएको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताएकी हुन्। मौसमको यो पूर्वानुमान अनुसार हिउँद सुक्खा हुँदा यसले हिउँदे बालीनाली र वर्षे बालीको तयारीमा पनि असर गर्ने विज्ञहरू बताउँछन्।

दुई साताभन्दा अघि जल तथा मौसम विज्ञान विभागले यो जाडोयाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको थियो। विभागले हिउँदको तीन महिना मङ्सिर मध्यदेखि फागुन मध्यसम्ममा सबैभन्दा धेरै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको थियो।

त्यसबाहेक देशका अधिकांश ठाउँमा पानी पर्ने बताए पनि अहिले भने त्यो भन्दा फरक स्थिति देखिएको वरिष्ठ मौसमविद् पोखरेल बताउँछिन्। "अहिले तत्कालको अवस्था हेर्ने हो भने पश्चिमका केही भूभागमा हल्का वर्षा भएको जस्तो देखिएको छ नभए त्यस्तो (वर्षा) हुने देखिएको छैन," उनले भनिन्, "र, अहिले हेर्दा अबपछिको अवस्थामा पनि कम्तीमा एक महिना चाहिँ पानी पर्ने देखिएको छैन।"

अनुमान गरिएभन्दा किन उल्टो मौसमको अवस्था ? 

जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमानका लागि जलवायुलाई असर गर्ने विभिन्न प्यारामिटर हेरेर मौसम पूर्वानुमान गरिने र त्यो कहिलेकाहीँ फरक पर्ने बताएको छ।

विभागले पानी पर्छ भनेर गरेको पूर्वानुमान दक्षिण एशियाली जलवायु दृष्टिकोणको आकलनका आधारमा गरिएको उनले बताइन्।

"एउटा देशको मात्रै नभई क्षेत्रीय रूपमै पूर्वानुमान गरिने भए पनि त्यसमा अझै अनिश्चितता देखिने गरेको र त्यसलाई निश्चित गर्न अझै मिहिनेत गर्नुपर्ने देखिएको छ," पोखरेलले भनिन्।

"क्षेत्रीय सङ्गठनबाट सहमति लिएर पूर्वानुमान गरिएको हो तर अझै मोडलहरू थप परीक्षण गर्नुपर्ने देखियो र थप प्यारामिटरहरू पनि हेर्नुपर्ने देखिएको छ। मौसमलाई एउटै कुराले मात्रै असर गर्ने हुँदैन अरू कुरालाई पनि हेर्नुपर्ने देखियो।"

यो हिउँदमा चिसोको अवस्था कस्तो रहन्छ?

हिउँदमा पानी नपर्नुको अर्थ यसपालि हिउँदमा चिसो कम हुने विभागले जनाएको छ। "सरदरभन्दा अधिकतम तापक्रम कम हुने नै देखिन्छ। त्यस्तो माइनसमै जाने भन्ने सम्भावना त धेरै नै कम देखिन्छ," पोखरेलले भनिन्।

तर कुनै वर्ष भने मध्य पुष महिनामा दिन सफा हुने र हिउँदको पछिल्लो समयमा पानी पर्ने गरेकोले चिसो बढेको विगतको अनुभव रहेको विभागको भनाइ छ।

"रेकर्ड तोड्ने खालको चिसो हुन्छ कि हुँदैन चाहिँ हेर्नैपर्छ तर सम्भावना चाहिँ अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने नै देखिन्छ। त्यसको अर्थ चिसो त्यति बढ्दैन।"

अघिल्लो वर्षको हिउँदलाई ३० वर्षयताकै कम पानी परेको हिउँद भनिएको थियो। पूर्वानुमान अनुसार अहिलेसम्म पानी नपरेकाले यो वर्षको हिउँद पनि त्यस्तै रेकर्ड राख्ने खालको हुने हो कि?

त्यसको अनुमान अहिले नै गर्न गाह्रो हुने पोखरेल बताउँछिन्। "कहिलेकाहीँ ज्यानुअरीको सुरुमा आकाश सफा भए पनि हिउँदमा पानी परेको देखिएको छ, त्यसैले अहिले नै यकिन गर्न त सकिँदैन। तर अहिलेसम्म पानी कम नै पर्ने देखिन्छ," उनले भनिन्।

पानी नपर्दा बालीनालीलाई के असर पर्छ?

विशेषगरी पानी नपर्दा गहुँ, तोरीलगायत हिउँदमै लगाइने बालीलाई असर गर्ने विज्ञहरू बताउँछन्। कृषि विभागका महानिर्देशक हरिबहादुर केसीका अनुसार अहिलेसम्मको अवस्थामा बालीलाई त्यति असर गरिनसकेको भए पनि हिउँद सुक्खा भए उत्पादनमा कमी आउनेछ।

"सिँचाइ नभएको र आकाशे पानीको भरमा हुने बाली जस्तै गहुँ, तोरी अनि तराईमा मुसुरोलगायतका बालीमा प्रभाव पार्छ," उनले भने। "अहिलेसम्मको अवस्था ठिकै छ तर हिउँदभरि नै पानी परेन भने चाहिँ यी बालीको उत्पादनमा कमी आउने देखिन्छ।"

अनुमान अनुसार हिउँदमा पानी नपरे त्यसले वर्षे बाली जस्तै मकै वा धानको बिउ राख्ने तयारीलाई असर पार्ने केसी बताउँछन्। हिमाली भेगमा भने यस वर्ष सुरुमै हिउँ परेकाले अहिलेसम्मको अवस्था हेर्दा स्याउको उत्पादनमा समस्या नदेखिएको महानिर्देशक केसी बताउँछन्।

"कहिलेकाहीँ हिउँ पर्न नै फागुन/चैत लाग्ने भएकोले असर गर्थ्यो तर यसपटक मङ्सिर/पुषको समयमै हिउँ परेकाले हिमाली भेगमा राम्रै भएको छ," उनले भने। हिउँदमा पानी नपरे बालीबाहेक पानीको मुहान सुक्नेलगायत प्रदूषण बढ्नेजस्ता असर पनि पर्ने विज्ञहरू बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एसबाट सुदूरपश्चिममा मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासकोे मत लिन ओलीको अड्को

बालकोटमा पार्टीका नेताहरुलाई बोलाएर भने- विश्वासको मत दिन हतार नगर्नू

सन्दीप लामिछानेको मुद्दामा आज होला सुनुवाइ ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।  यसअघि गत आइतबार अदालतले आज पहिलो प...

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स...

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहर...

जनकपुर-जयनगर-भंगाहा रेल सेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावल...

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका। शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्...

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सड...

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...

कक्षा ८ को नतिजा नै निराशाजनक, औसत ५० प्रतिशतभन्दा तल

काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प...

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, राप्रपाले पनि देला ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदेछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies