Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पूर्वानुमान विपरीत हिउँद सुक्खा हुन सक्ने, असर के-के पर्न सक्छ ?

खबरडबली संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यसअघि अनुमान गरिएजस्तो यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना अहिलेको अवस्थामा टरेको जनाएको छ।

यसअघि मङ्सिर १५ देखि फागुन १५ सम्मको तीन महिनाको पूर्वानुमान गर्ने क्रममा यो वर्ष हिउँदमा धेरै पानी पर्ने घोषणा विभागले गरेको थियो।

तर अहिले कम्तीमा एक महिनाको पूर्वानुमान हेर्दा देशका अधिकांश भागमा पानी पर्ने सम्भावना नदेखिएको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताएकी हुन्। मौसमको यो पूर्वानुमान अनुसार हिउँद सुक्खा हुँदा यसले हिउँदे बालीनाली र वर्षे बालीको तयारीमा पनि असर गर्ने विज्ञहरू बताउँछन्।

दुई साताभन्दा अघि जल तथा मौसम विज्ञान विभागले यो जाडोयाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको थियो। विभागले हिउँदको तीन महिना मङ्सिर मध्यदेखि फागुन मध्यसम्ममा सबैभन्दा धेरै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको थियो।

त्यसबाहेक देशका अधिकांश ठाउँमा पानी पर्ने बताए पनि अहिले भने त्यो भन्दा फरक स्थिति देखिएको वरिष्ठ मौसमविद् पोखरेल बताउँछिन्। "अहिले तत्कालको अवस्था हेर्ने हो भने पश्चिमका केही भूभागमा हल्का वर्षा भएको जस्तो देखिएको छ नभए त्यस्तो (वर्षा) हुने देखिएको छैन," उनले भनिन्, "र, अहिले हेर्दा अबपछिको अवस्थामा पनि कम्तीमा एक महिना चाहिँ पानी पर्ने देखिएको छैन।"

अनुमान गरिएभन्दा किन उल्टो मौसमको अवस्था ? 

जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमानका लागि जलवायुलाई असर गर्ने विभिन्न प्यारामिटर हेरेर मौसम पूर्वानुमान गरिने र त्यो कहिलेकाहीँ फरक पर्ने बताएको छ।

विभागले पानी पर्छ भनेर गरेको पूर्वानुमान दक्षिण एशियाली जलवायु दृष्टिकोणको आकलनका आधारमा गरिएको उनले बताइन्।

"एउटा देशको मात्रै नभई क्षेत्रीय रूपमै पूर्वानुमान गरिने भए पनि त्यसमा अझै अनिश्चितता देखिने गरेको र त्यसलाई निश्चित गर्न अझै मिहिनेत गर्नुपर्ने देखिएको छ," पोखरेलले भनिन्।

"क्षेत्रीय सङ्गठनबाट सहमति लिएर पूर्वानुमान गरिएको हो तर अझै मोडलहरू थप परीक्षण गर्नुपर्ने देखियो र थप प्यारामिटरहरू पनि हेर्नुपर्ने देखिएको छ। मौसमलाई एउटै कुराले मात्रै असर गर्ने हुँदैन अरू कुरालाई पनि हेर्नुपर्ने देखियो।"

यो हिउँदमा चिसोको अवस्था कस्तो रहन्छ?

हिउँदमा पानी नपर्नुको अर्थ यसपालि हिउँदमा चिसो कम हुने विभागले जनाएको छ। "सरदरभन्दा अधिकतम तापक्रम कम हुने नै देखिन्छ। त्यस्तो माइनसमै जाने भन्ने सम्भावना त धेरै नै कम देखिन्छ," पोखरेलले भनिन्।

तर कुनै वर्ष भने मध्य पुष महिनामा दिन सफा हुने र हिउँदको पछिल्लो समयमा पानी पर्ने गरेकोले चिसो बढेको विगतको अनुभव रहेको विभागको भनाइ छ।

"रेकर्ड तोड्ने खालको चिसो हुन्छ कि हुँदैन चाहिँ हेर्नैपर्छ तर सम्भावना चाहिँ अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने नै देखिन्छ। त्यसको अर्थ चिसो त्यति बढ्दैन।"

अघिल्लो वर्षको हिउँदलाई ३० वर्षयताकै कम पानी परेको हिउँद भनिएको थियो। पूर्वानुमान अनुसार अहिलेसम्म पानी नपरेकाले यो वर्षको हिउँद पनि त्यस्तै रेकर्ड राख्ने खालको हुने हो कि?

त्यसको अनुमान अहिले नै गर्न गाह्रो हुने पोखरेल बताउँछिन्। "कहिलेकाहीँ ज्यानुअरीको सुरुमा आकाश सफा भए पनि हिउँदमा पानी परेको देखिएको छ, त्यसैले अहिले नै यकिन गर्न त सकिँदैन। तर अहिलेसम्म पानी कम नै पर्ने देखिन्छ," उनले भनिन्।

पानी नपर्दा बालीनालीलाई के असर पर्छ?

विशेषगरी पानी नपर्दा गहुँ, तोरीलगायत हिउँदमै लगाइने बालीलाई असर गर्ने विज्ञहरू बताउँछन्। कृषि विभागका महानिर्देशक हरिबहादुर केसीका अनुसार अहिलेसम्मको अवस्थामा बालीलाई त्यति असर गरिनसकेको भए पनि हिउँद सुक्खा भए उत्पादनमा कमी आउनेछ।

"सिँचाइ नभएको र आकाशे पानीको भरमा हुने बाली जस्तै गहुँ, तोरी अनि तराईमा मुसुरोलगायतका बालीमा प्रभाव पार्छ," उनले भने। "अहिलेसम्मको अवस्था ठिकै छ तर हिउँदभरि नै पानी परेन भने चाहिँ यी बालीको उत्पादनमा कमी आउने देखिन्छ।"

अनुमान अनुसार हिउँदमा पानी नपरे त्यसले वर्षे बाली जस्तै मकै वा धानको बिउ राख्ने तयारीलाई असर पार्ने केसी बताउँछन्। हिमाली भेगमा भने यस वर्ष सुरुमै हिउँ परेकाले अहिलेसम्मको अवस्था हेर्दा स्याउको उत्पादनमा समस्या नदेखिएको महानिर्देशक केसी बताउँछन्।

"कहिलेकाहीँ हिउँ पर्न नै फागुन/चैत लाग्ने भएकोले असर गर्थ्यो तर यसपटक मङ्सिर/पुषको समयमै हिउँ परेकाले हिमाली भेगमा राम्रै भएको छ," उनले भने। हिउँदमा पानी नपरे बालीबाहेक पानीको मुहान सुक्नेलगायत प्रदूषण बढ्नेजस्ता असर पनि पर्ने विज्ञहरू बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending