काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गरियो। उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शंका लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा यसको पुष्टि भयो।
प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्तांकभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएको लगायतका बदमासी फेला पर्यो।
यति धेरै बदमासी गर्दा पनि नगरपालिकाभित्रको कक्षा ८ को विद्यार्थीको उत्तीर्ण दर औसतमा ३८.३४ प्रतिशत मात्रै थियो। नतिजामध्ये संस्थागत विद्यालयतर्फ ६९.८७ प्रतिशत रहे पनि सामुदायिकतर्फ भने १४.८० प्रतिशत मात्रै छ।
नतिजा धेरै देखाउन नक्कली काम गरेको पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निलम्बन गर्ने तथा शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारूलाई विभागीय कारबाही गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ।
कक्षा ८ कै नतिजा शून्य आएपछि केही दिनअघि बैतडीको पाटन नगरपालिकामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिए। यो नगरपालिकाको नगरस्तरीय परीक्षामा १२७ जनामध्ये २२ जना मात्र उत्तीर्ण भएका छन्। आधारभूत तहको अन्तिम परीक्षाका परीक्षार्थीको नतिजा सुधार्ने काम धेरैजसो स्थानीय तहका लागि टाउको दुखाइको विषय बन्न थालेको छ। कक्षा ८ मा अनुत्तीर्ण दर बढेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कस्तो प्रभाव पार्ला भन्ने बहस पनि शुरु भएको छ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कक्षा ८ को मात्रै नभएर विद्यालय तहमा नै कमजोर नतिजा आउनुको मुख्य दोष विषयगत शिक्षक नहुनु नै भएको बताउँछन्। शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने शैली नमिलेका कारण नतिजा कमजोर आएको उनको तर्क छ।
कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन प्रणाली (क्यास) बाट विद्यार्थीलाई कक्षोन्नति गराउन पाइने व्यवस्था छ। ‘तर यो व्यवस्थाको फाइदा उठाउँदै कक्षा ७ सम्म आफूखुसी कक्षोन्नति गर्दै आएका विद्यार्थी कक्षा ८ को परीक्षामा कमजोर देखिएका हुन्’, उनले भने, ‘परीक्षामा शिक्षक आफैँले चोराउन गएका घटनासमेत प्रशस्तै देखिएका छन्। शिक्षकले नै बदमासी गरेपछि विद्यार्थीमा परीक्षाको समयमा किन पढ्नु पर्यो र भन्ने भावना उत्पन्न भएको छ।
अहिले कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको भनिएका पालिकामध्ये पनि अधिकांशको औसत नतिजा ५० प्रतिशतभन्दा तल नै छ। गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: