महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनार खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै छिन् । साढे दुई दशकदेखि नेपाल–भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घरमा भत्काएर दुई बोरा धान जङ्गली हात्ती नष्ट गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित रहेका छन् ।
“छोरीले गाउँमै केही गरेर जीविका चलाउला भनेर टिन हालेर होटल खोलिदिए”, कमलाले भनिन्, “होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो ।”
नेपाल–भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ । भारतीय जङ्गलबाट आउने हात्तीको बथानले कमलाजस्तै बस्तीका अधिकांश स्थानीय पीडित छन् । “हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छ”, सुनारले भनिन् , “हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन् ।”
दोधारा चाँदनी नगरपालिका–३ का वडा सदस्यसमेत रहेकी बडुवाल टोलकी लक्ष्मी रानाले सीमा बस्तीका स्थानीयले जङ्गली हात्तीबाट प्रताडित हुन थालेको १२ वर्ष बितिसकेको बताइन् । “दोधारा चाँदनीमा मात्रै केही समययता हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाइसके”, वडा सदस्य रानाले भनिन्, ‘यो पटक मात्रै बडुवाल टोलमा आठ घर हात्तीले भत्काएका छन् ।’ उनले जग्गाधनी पुर्जा नहुँदा वन्यजन्तुबाट ज्यान गुमाउँदा राज्यबाट पाउने क्षतिपूर्तिसमेत नपाएको उनको भनाइ छ ।
भौगोलिकरुपले विकट बडुवाल टोलको पश्चिमतर्फ भारतीय जङ्गल पर्छ । जोगबुढा नदी पारीको बस्ती बडुवाल टोलबाट हात्तीकै त्रासदीले स्थानीय सीता सुनारले १८ कठ्ठा खेत नै बाँझो राखिन् । “भारतीय जङ्गलबाट आउने हात्तीले अन्नबाली सखाप पार्न थालेपछि खेत नै खाली छोडिदिए”, उनले भनिन्, “हात्ती नियन्त्रणका लागि सरकारले ठोस कदम नै चालेन ।”
प्राय: बस्तीमा हात्तीको बथान आइरहने बताउँदै उनले हात्ती धपाउन गाउँमा आगो पाल्नेदेखि होहल्ला गर्ने काम गर्नु नै आफूहरुको दैनिकी बनेको सुनारको भनाइ छ । उता वडा सदस्य रानाले हात्ती पीडितका लागि दोधारा चाँदनी नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेर राहत सामग्री वितरण गरिएको बताइन् ।
“दातृ निकायबाट पनि हात्तीपीडित भनेर गाउँमा धेरै सहयोग भएको छ”, उनले भनिन्, “हात्ती नियन्त्रणका लागि तारजालीको आश्वासन मिले पनि उपलब्ध भएको छैन ।” उनले स्थानीयले खेतमा गरेको मेहनत नै हात्तीका कारण असुल हुन समस्या भइरहेको बताइन् । त्यसैगरी बडुवाल टोलमा रहेको गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलमा स्थानीयले सीमा संरक्षणमा पहरेदारी गरे पनि नागरिकले जिउधनको रक्षामा सरकार गम्भीर नभएको बताए ।
“यतिका वर्षदेखि सीमामा दु:ख कष्ट सहेर बसिरहँदा हामीले हात्तीको आक्रमण एवं क्षति रोक्न दीर्घकालीन उपाय खोज्न सकेनौँ”, उनले भने “सीमाको वनक्षेत्रमा तारजाली लगाएर हात्ती नियन्त्रणका लागि गाउँलेले धेरैपटक माग गर्दा वास्ता भएन् ।” तीन सयभन्दा बढी परिवारको बसोबास रहेको बडुवाल टोलमा अधिकांश पुरुष ज्याला मजदुरीका लागि भारतका विभिन्न सहरमा गएर जीविकोपार्जन गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - १०:२०
काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...
जेष्ठ २ गते, २०८३ - ०९:३९
गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...
जेष्ठ २ गते, २०८३ - ०९:२७
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...
जेष्ठ २ गते, २०८३ - ०९:११
गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देख...
जेष्ठ २ गते, २०८३ - ०८:५६
नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...



प्रतिकृया लेख्नुहोस्: