Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

इमरान खानको उम्मेदवारी रद्द, पिटीआईका अन्य नेतामाथि पनि चुनाव लडन प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनका अधिकांश समर्थकहरूलाई आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । पार्टीका अधिकारीहरूले आइतबार मतपत्रका लागि मनोनयन बन्द भएपछि सो कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्री अगस्टदेखि कारागारमा छन् र उनले धेरै मामिलामा मुद्दाको सामना गरिरहेका छन् । उनले आफ्नो पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीको प्रमुखका रूपमा निर्वाचन लड्नबाट रोक्नका लागि षड्यन्त्र गरिएको बताएका छन् । 

पूर्वक्रिकेट स्टार खानलाई यस वर्षको सुरुमा भ्रष्टाचारमा दोषी पाइएको थियो तर एक अदालतले उनको तीन वर्षको सजायलाई निलम्बित गरिदिएको छ र अभियोगविरुद्ध पुनरावेदन भइरहेको छ । 

पाकिस्तानको निर्वाचन आयोग (इपिसी)ले दोषी ठहर भएपछि उनलाई पदबाट अयोग्य घोषणा गरेको छ तर पिटिआईले त्यसको बेवास्ता गर्दै खानका लागि उम्मेदवारी दर्ता गर्यो । पिटिआईका प्रवक्ता रउफ हसनले भने, “इमरान खानसहित पिटिआईका करिब सबै राष्ट्रिय तथा प्रान्तीय नेताहरूको उम्मेदवारी अस्वीकार गरिएको छ, हाम्रा ९० देखि ९५ प्रतिशत उम्मेदवारको कागजपत्र रद्द भएको छ ।”

उनले पिटिआईलाई छ सातामा हुने निर्वाचनमा लड्नबाट रोक्नका लागि ‘एजेन्डा’ अन्तर्गत रोक्ने काम भइरहेको बताए । “यसका लागि सबै रणनीति अपनाइएको छ तर हामी कुनै पनि हालतमा राजनीतिक मैदान छाड्ने छैनौँ र निर्वाचन बहिष्कार पनि गर्दैनौँ ।”

निर्वाचन आयोगका एक अधिकारीले खानसहित पिटिआईका विभिन्न उम्मेदवारहरूलाई उनीहरूको सजायका आधारमा उम्मेदवारी खारेज गरिएको पुष्टि गरेका छन् । 

राजनीतिक विश्लेषक हसन अस्कारीले कुनै एक पार्टीविरुद्ध यति व्यापक कारवाही पाकिस्तानमा ‘अभूतपूर्व’ रहेको बताए । “मुलुकको इतिहासमा कुनै राजनीतिक दल निर्वाचनअघि यति ठूलो मात्रामा निर्वाचन प्रक्रियाबाट बाहिरिएको यो पहिलो पटक हो”, उनले भने, “राज्य संस्थाहरू पिटिआईलाई कुनै पनि हालतमा निर्वाचन लड्नबाट रोक्न चाहन्छन् र पिटिआईले राहत पाउने सम्भावना अत्यन्त कम छ ।”

निर्वाचन आयोगले जनवरी २३ मा उम्मेदवारहरूको अन्तिम नामावली घोषणा गर्दैछ । पिटिआईले उसलाई मतदान प्रक्रियाबाट बाहिर पारिएको दाबी गर्दै यसबाट निर्वाचन आयोग र विभिन्न अदालतमा पुनरावेदन गर्ने सम्भावना कम छ । 

पिटिआईका प्रवक्ता हसनले भने, “हामी निर्वाचनमा रहने छौँ, प्रत्येक निर्वाचन क्षेत्रमा यी सबै फैसलाविरुद्ध पुनरावेदन दर्ता गर्नेछौँ र आफ्ना सबै संवैधानिक, कानूनी र राजनीतिक विकल्पहरू प्रयोग गर्नेछौँ ।”

एकहत्तर वर्षीय खानलाई सन् २०१८ मा सत्तामा समर्थन गर्ने पाकिस्तानको शक्तिशाली सैन्य नेताहरूसँगको मतभेदपछि गत वर्ष अपदस्थ गरिएको थियो । विरोधमा उनले मुलुकको अधिकांश इतिहासमा प्रत्यक्ष शासन गर्ने सैन्य प्रतिष्ठानविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending