काठमाडौँ । मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ। राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधबार दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो।
त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए। चिकित्सक फ्रान्सिस कातेहले भने, ‘पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ। ‘घटनास्थलमा देखिएका जलेका मानवीय अवशेष हेर्दा यो सङ्ख्या अहिले जानकारीमा आएकोभन्दा केही बढी हुन सक्छ। यसका लागि प्रहरीले घटनास्थलबाट मृत शरीर उठाउने र परीक्षणका लागि अस्पतालसम्म पुर्याउने काम गरिरहेको छ।’
उनले भने, ‘हाम्रो टोली घर–घरमा गएर हराएकाहरूको खोजी गरिरहेको छ।’ प्रहरीले यसअघि मृतकको सङ्ख्या १५ रहेको र स्थानीयहरू घटनास्थलमा भेला हुँदा कम्तीमा ३० जना घाइते भएको बताएको थियो।
लाइबेरिया राष्ट्रिय प्रहरीका प्रहरी नायब महानिरीक्षक प्रिन्स बी मुलबाहले भने, ‘त्यहाँ धेरै मानिसहरू जलेका छन्। मृतकको सङ्ख्या तत्काल यति नै रहेको भन्न कठिन छ।’ अर्का प्रहरी अधिकारी माल्भिन साकोरका अनुसार दुर्घटनापछि केही स्थानीयले चुहिएको ग्यास भरिरहेका समय ट्याङ्कर विस्फोट हुँदा हताहत हुनेको सङ्ख्या धेरै पुगेको छ।
टोटोटाका एक प्रत्यक्षदर्शी आरोन मासाकोइले भने, ‘मानिसहरू ग्यास लिन ट्रकमाथि चढेका थिए भने केहीले ट्याङ्करबाट ग्यास निकाल्न फलामका रडले ट्याङ्की खोपेका र यसरी निस्केको ग्यास आगोको सम्पर्कमा पुग्दा विस्फोट हुन पुगेको थियो।’
मासाकोइले भने, ‘ट्रकको चारैतिर मानिसहरु थिए र ट्रकका चालकले उनीहरूलाई चुहिएको ग्याँस लिन सक्ने अनुमति दिएको थिए तर उनीहरूलाई ट्याङ्करमाथि नचढ्न र ट्याङ्करलाई ठक्कर दिन रोक्न अनुरोध गरे पनि नमान्दा ठूलो मानवीय दुर्घटना हुन पुगेको छ। केही मानिसहरूले ट्याङ्कीमा प्वाल पार्न स्क्रू ड्राइभरहरू पनि प्रयोग गरिरहेका थिए।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...




प्रतिकृया लेख्नुहोस्: