काठमााडौं । मध्य अफ्रिकी मुलुक कंगोको राजधानी किन्शासामा भीषण वर्षापछिको विनाशकारी बाढी र पहिरोमा परी १२० जनाको मृत्यु भएको छ। केही बेपत्ता भएका छन् भने कैयौँ घाइते भएका छन्। पहाडी क्षेत्रमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरू धेरै छन् भने केहीको घरहरू भत्किएर च्यापिँदा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
निरन्तरको वर्षाले किन्शासा शहरको मुख्य क्षेत्र डुबानमा परेको छ भने थुप्रै घर भत्किएका छन्। आसपासका क्षेत्रमा पनि भलबाढीले घर र सडक संरचना क्षतिग्रस्त छन्। राजधानी र मुख्य तटीय क्षेत्र मतादी जोड्ने राजमार्ग एनवानमा बढी क्षति पुगेको छ। यो सडक थप केही दिन अवरुद्ध हुने कंगोको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रका स्थानीय ब्लानचार्ड मुबुले भने, “म सुतिरहेको थिएँ। अकस्मात घरभित्र पानी पसेको थाहा पाएँ। यस विपद्का कारण हामीले सबै सम्पत्ति गुमायौँ। बाढीले सर्वस्व बगायो, केही बचाउन सकिएन। यति ठूलो बाढी यस क्षेत्रमा अहिलेसम्म देखेका थिएनौँ।”
कंगोको विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। कंगोका प्रधानमन्त्री जीन मिचेल समा लुकोन्दे मंगलबार बाढी प्रभावित क्षेत्रमा पुगेका थिए। बाढीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको बताइएको छ।
मंगलबार मात्रै कंगोका राष्ट्रपति फेलिक्स शिसेकेदीले बाढीको प्रमुख कारक जलवायु परिवर्तन भएको भन्दै यसमा अमेरिका जिम्मेवार रहेको आरोप लगाएका थिए।
अमेरिकाको वासिंटनमा भएको अमेरिका(अफ्रिका सम्मेलनका क्रममा राष्ट्रपतिले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँगको भेटमा भनेका थिए, “कंगो दबाबमा छ। तर, हाम्रो कुरा सरोकारवाला कसैले सुन्दैनन्। हामी केही समययता ठूला देशहरूसँग असहमत भइरहेको उदाहरण नै बाढी हो। त्यसैले प्रभावित मुलुकलाई जलवायु परिवर्तनमा मुख्य जिम्मेवार मुलुकले सहयोग गर्नुपर्छ।”
कंगोमा भीषण बाढी आएका कारण राष्ट्रपति अमेरिकी भेटघाट छोट्याएर मुलुक फिर्ता हुनसक्ने राष्ट्रपतिका प्रवक्ताले बीबीसीलाई बताएका छन्। यसअघि सन् २०१९ को नोभेम्बरमा राजधानी किन्शासा आएको बाढी र पहिरोमा परी ४० जनाको मृत्यु भएको थियो।
कंगो नदी किनारमा अवस्थित किन्शासा शहरमा पछिल्लो समय जनसंख्या बाक्लिँदै गएको छ। त्यहाँ १ करोड ५० लाख मानिसको बसोबास रहेको यो शहरले उचित ढल निकासको समस्या झेल्दै आएको छ। जसका कारण वर्षात्का समयमा आकस्मिक बाढीको जोखिम बढाएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...




प्रतिकृया लेख्नुहोस्: