Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

कंगोमा बाढी र पहिरोमा परी १२० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमााडौं । मध्य अफ्रिकी मुलुक कंगोको राजधानी किन्शासामा भीषण वर्षापछिको  विनाशकारी बाढी र पहिरोमा परी १२० जनाको मृत्यु भएको छ। केही बेपत्ता भएका छन् भने कैयौँ घाइते भएका छन्। पहाडी क्षेत्रमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरू धेरै छन् भने केहीको घरहरू भत्किएर च्यापिँदा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

निरन्तरको वर्षाले किन्शासा शहरको मुख्य क्षेत्र डुबानमा परेको छ भने थुप्रै घर भत्किएका छन्। आसपासका क्षेत्रमा पनि भलबाढीले घर र सडक संरचना क्षतिग्रस्त छन्। राजधानी र मुख्य तटीय क्षेत्र मतादी जोड्ने राजमार्ग एनवानमा बढी क्षति पुगेको छ। यो सडक थप केही दिन अवरुद्ध हुने कंगोको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रका स्थानीय ब्लानचार्ड मुबुले भने, “म सुतिरहेको थिएँ। अकस्मात घरभित्र पानी पसेको थाहा पाएँ। यस विपद्का कारण हामीले सबै सम्पत्ति गुमायौँ। बाढीले सर्वस्व बगायो, केही बचाउन सकिएन। यति ठूलो बाढी यस क्षेत्रमा अहिलेसम्म देखेका थिएनौँ।”

कंगोको विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। कंगोका प्रधानमन्त्री जीन मिचेल समा लुकोन्दे मंगलबार बाढी प्रभावित क्षेत्रमा पुगेका थिए। बाढीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको बताइएको छ।

मंगलबार मात्रै कंगोका राष्ट्रपति फेलिक्स शिसेकेदीले बाढीको प्रमुख कारक जलवायु परिवर्तन भएको भन्दै यसमा अमेरिका जिम्मेवार रहेको आरोप लगाएका थिए।

अमेरिकाको वासिंटनमा भएको अमेरिका(अफ्रिका सम्मेलनका क्रममा राष्ट्रपतिले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँगको भेटमा भनेका थिए, “कंगो दबाबमा छ। तर, हाम्रो कुरा सरोकारवाला कसैले सुन्दैनन्। हामी केही समययता ठूला देशहरूसँग असहमत भइरहेको उदाहरण नै बाढी हो। त्यसैले प्रभावित मुलुकलाई जलवायु परिवर्तनमा मुख्य जिम्मेवार मुलुकले सहयोग गर्नुपर्छ।”

कंगोमा भीषण बाढी आएका कारण राष्ट्रपति अमेरिकी भेटघाट छोट्याएर मुलुक फिर्ता हुनसक्ने राष्ट्रपतिका प्रवक्ताले बीबीसीलाई बताएका छन्। यसअघि सन् २०१९ को नोभेम्बरमा राजधानी किन्शासा आएको बाढी र पहिरोमा परी ४० जनाको मृत्यु भएको थियो।

कंगो नदी किनारमा अवस्थित किन्शासा शहरमा पछिल्लो समय जनसंख्या बाक्लिँदै गएको छ। त्यहाँ १ करोड ५० लाख मानिसको बसोबास रहेको यो शहरले उचित ढल निकासको समस्या झेल्दै आएको छ। जसका कारण वर्षात्का समयमा आकस्मिक बाढीको जोखिम बढाएको बताइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...

प्रेमप्रसादको मृत्युमा ‘राज्य असफल’ भन्ने बालेन, गणेशको आत्मदाह प्रयासमा किन मौन ?

काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल–पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...

राहदानी विभागअघि आत्मदाह प्रयासपछि संसदमा सरकारमाथि प्रश्न : ‘अब कति नागरिकले आगो लगाउनुपर्छ ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending