Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

देउवालाई प्रधानमन्त्री हुन छेक्ने गण्डकी कांग्रेसको प्रस्ताव

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति दुईपटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेको छ । यही पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न आज कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो ।

कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको गण्डकी प्रदेशको प्रथम सम्मेलनमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अवधारणापत्र र महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने क्रमशः सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनका साथै कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिएका छन् ।

प्रतिवेदनमा उल्लेखित नेपालको संविधानमा गर्नुपर्ने संशोधन र पार्टीको विधानमा गर्नुपर्ने संशोधनलाई साथै अन्य प्रस्तावलाई आसन्न महासमिति बैठक र केन्द्रमा प्रस्तुत गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रवक्ता बास्तोलाका अनुसार सम्मेलनले केन्द्रीय सदस्य पदावधि समाप्त भएपछि एकपटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने वर्तमान विधानको धारा खारेज गरी वडा तहबाट नै निर्वाचनमा भाग लिने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

संविधानमा व्यवस्था गरिएको समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली खारेज गरिनुपर्ने, पार्टीको विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेखी संशोधन गरिनुुपर्ने, नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टाचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्राथमिकता पाउनुपर्ने सम्मेलनले प्रस्ताव गरेको छ ।

क्रियाशील सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने, प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने, प्रदेश संरचनाका टिकट प्रदेश समितिबाट वितरण हुनुपर्ने प्रस्ताव गरिएको बास्तोलाले बताए ।

व्यावसायिक, वैज्ञानिक र नैतिक शिक्षा प्रणाली लागू गरी देशमा उद्योग, उत्पादन र रोजगारीको ग्यारेण्टी गराई युवालाई रोजगारका साथै विदेश पलायन हुनबाट रोक्ने कांग्रेसको प्रस्ताव छ ।

आफ्नै कार्यालय भवन निर्माण गर्ने, पार्टीलाई प्रविधिमैत्री बनाई कांग्रेसका कार्यकर्तालाई अनुशासित एवं विचार प्रधान बनाउने र पार्टीलाई नीति नियमअनुसार सञ्चालन गर्ने, प्रशिक्षण कार्यक्रम गरी पार्टीभित्र मूल्याङ्कन पद्धति, गुटबन्दीको अन्त्य गर्न इमान्दार र क्षमतावान् कार्यकर्तालाई जिम्मेवारीमा राख्ने सम्मेलनको प्रस्ताव छ ।

राष्ट्रिय मूलधारमा सबैको पहुँच पुर्‍याउन पार्टीभित्र सबै वर्ग र समुदायलाई प्रशिक्षण, क्रियाशीलता र प्रतिनिधि मुलुक बनाउने व्यवस्था गर्ने, पार्टीको साख बचाइराख्न राष्ट्रिय, प्रादेशिक र स्थानीय निर्वाचनमा गठबन्धन गर्न नहुने कांग्रेसले भनेको छ ।

नेपाली कांग्रेसबाट सरकारमा रहँदा वा नरहँदा भएका सबै प्रकारका गल्ती, कमजोरीको आत्माआलोचना गर्दै त्यस्ता गल्ती नदोहोर्‍याउने, सत्ता र शक्तिमा वा लाभको पदमा सधैँभरि सीमित मान्छेको हाबी भएको परिस्थितिलाई अन्त्य गरी निश्चित मापदण्ड बनाई वैज्ञानिक प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरिएको बास्तोलाले जानकारी दिए । 

प्रदेश सभापातिको मर्यादाक्रमलाई केन्द्रीय पदाधिकारीसँगै राख्नुपर्ने र पार्टीभित्रको सबै तहमा प्रोटोकलको व्यवस्था गर्नुपर्ने, निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने र पार्टीको निर्देशनअनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति पनि उत्तरदायित्व बनाउनुपर्ने प्रदेश सम्मेलनको प्रस्ताव छ ।

पार्टीका पर्व र तिथिमितिलाई व्यवस्थितरुपमा मनाउने र कार्यान्वयनमा ल्याउने, निर्वाचन क्षेत्र प्रदेशसभाका सभापतिलाई महाधिवेशन प्रतिनिधिसरह मान्यता दिनुपर्ने र प्रदेश प्रतिनिधिलाई मात्र प्रदेश कार्यसमितिमा उम्मेदवार बन्ने व्यवस्था मिलाउनुपर्ने कांग्रेसले जनाएको छ ।

नेपालको संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधनमा नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने विज्ञप्तिमा भनिएको छ । गण्डकी प्रदेश सम्मेलनबाट पारित अवधारणापत्रलाई नेपाली कांग्रेसको सञ्चित सम्पत्तिका रुपमा ग्रहण गरी देशभर लागू गराउने गरी विधानमा व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिसमक्ष अनुरोध गरी पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending