Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर

खबरडबली संवाददाता

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रु चार अर्ब ७६ करोड बराबर रकमान्तर र रु सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । 

पाँच महिनाको अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि रु सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा रु दुई अर्ब एक करोड चार लाख ९४ हजार निकासा भएको छ । यो शीर्षकबाट गत भदौमा रु ७६ लाख ९९ हजार सात सय ८० र असोज महिनामा रु एक करोड ६८ लाख ६८ हजार चार सय ९० निकासा भएको छ । 

अर्थ विविध शीर्षकबाट कात्तिकमा रु दुई करोड ७४ लाख ६३ हजार नौ सय ४० बराबर र मङ्सिरमा रु एक अर्ब ९५ करोड ८४ लाख ६२ हजार निकासा भएको तथा मङ्सिर मसान्तसम्ममा सरकारले रु चार अर्ब ७६ करोड ३२ लाख एक हजार नौ सय बराबरको रकमान्तर गरेको छ । 

अर्थ मन्त्रालयका अनुसार गत साउनमा रु ५१ करोड १३ लाख, भदौमा रु ७५ करोड ५९ लाख ४८ हजार नौ सय र असोज महिनामा रु तीन अर्ब दुई करोड ६० लाख २७ हजार बराबर रकमान्तर भएको छ ।  कात्तिकमा रु ४३ करोड ९९ लाख २६ हजार र मङ्सिरमा रु तीन करोड बराबर रकमान्तर गरिएको छ । 

पछिल्लो पाँच महिनामा पुँजीगततर्फ रु एक करोडभन्दा बढीको बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा १४ वटा योजना तथा कार्यक्रमका लागि रकमान्तर भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै निर्वाचन कार्यालयलाई खारेज गर्ने निर्णय गर्दै ती कार्यालयको बजेट कटौती गरेको थियो । त्यसको विरोध भएपछि सरकारले उक्त निर्णय फिर्ता लिइएको थियो । 

त्यसरी खारेज गर्ने निर्णय भएका निर्वाचन कार्यालयलाई साबिकको अवस्थामा कायम गर्न सरकारले रकमान्तर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यालय, औद्योगिक पूर्वाधार विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम, केन्द्रीय कृषि प्रयोगशालालगायत निकायका लागि रकमान्तर गरेर बजेट दिइएको छ ।

उक्त अवधिमा बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिको अवस्था हेर्दा रु आठ अर्ब ९७ करोड ४८ लाख बराबरको स्रोत सुनिश्चितता दिइएको छ । अर्थ मन्त्रलालका अनुसार गत मङ्सिरमा विभिन्न सातवटा आयोजना तथा कार्यक्रमका लागि रु सात अर्ब ६४ करोड ४८ लाख र कात्तिकमा एउटा आयोजनाका लागि रु एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । गत साउनदेखि असोज महिनासम्ममा भने बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिका लागि अर्थ मन्त्रालयले कुनै निर्णय गरेको देखिँदैन ।

गत कात्तिकमा तिनपिप्ले–रानीपौवा सडक खण्डका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । त्यसैगरी मङ्सिरमा डुम्रे–बेँसीसहर– चामे सडक आयोजना, सालझण्डी–सन्धीखर्क–ढोरपाटन आयोजना, कोशी करिडोर (बरुण–च्यामताङ सडकखण्ड), धनगढी–खुटिया–दिपायल सडक र गँगटे–लब्धु–समुद्रटारपाटी सडकका लागि स्रोत सहमति दिइएको छ । 

त्यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेका लागि रक्षा मन्त्रालयलाई र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक्स–रे मेसिन जडानका लागि अर्थ मन्त्रालयलाई पनि थप रकम उपलब्ध गराउने सहमति दिइएको छ । सरकारले गत साउनदेखि मङ्सिरसम्म विभिन्न दुई वटा शीर्षकमा आर्थिक सहायता दिएको छ । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत भुक्तानीका लागि रु नौ लाख ९५ हजार नौ सय ३५ बराबर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको छ । 

इजरायलमा आतङ्कवादी समूह आक्रमणमा ज्यान गुमाएका परिवारलाई सहायतास्वरुप प्रतिपरिवार रु १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराउन रु एक करोड निकासा गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending