Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

किन र कसरी मनाइन्छ भुजेलि पर्व अर्थात भुँयारि ?

सञ्जय भुजेल

काठमाडौ । भुजेल जातिले मनाउने भुँयारि (उँधौली पर्व)  धान्य पूर्णिमाका दिन सुरु भई पञ्चमीका दिन अन्त्य हुन्छ । बैशाख पूर्णिमामा मनाइने पर्वलाई भने उँभौली भनिन्छ । उँभौली र उँधौली ऋतु परिवर्तनसँग सम्बन्धित पर्व हुन् । यसलाई भूमि या प्रकृतिको पूजासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिन्छ छ । 

यो पर्वमा भूमिलाई सृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीकको रूपमा लिई पूजा गर्ने गरिन्छ । कसै—कसैले यसलाई भूमेपूजा पनि भन्ने गरेको पाइन्छ भने भुजेल भाषामा यसलाई युहआलो भन्ने गरिन्छ । यस अवसरमा धामी अर्थात् फ्होरोले भूमेथानमा गएर विशेष पूजाआजा गर्छन् । पूजाआजाका क्रममा प्रकृतिलाई नै संरक्षक या जीवनदाता मान्दै पुर्खाको नाम श्रद्धापूर्वक लिने गरिन्छ ।

प्रतीकात्मक रूपमा शिला या ढुङ्गालाई पूजा गरे पनि यो आदिम पुर्खाको सम्मान गर्नु हो भन्ने अर्थमा लिने गर्छन् । यो बेला घरकी चेलीबेटी बोलाउने, नातागोतासँग भेटघाट आदिसमेत गर्ने गरिन्छ भने खुसियाली साटासाट पनि गरिन्छ । यो बेला खुसियालीका साथ नाचगान गरिन्छ ।

यो पर्वलाई मौसम परिवर्तनको सूचकका रूपमा पनि लिइन्छ । जब कर्‍याङकुरुङ प्रजातिका चरा उत्तरी क्षेत्र अर्थात् उँभोतिर आउँछ, त्यसबेला समय उँभो लागेछ भनेर छरपाउ गर्ने गरिन्छ । यसबेला यो साल बालीनाली राम्रो देऊ, अतिवृष्टि या अनावृष्टि नभई देओस् भनेर वैशाख—जेठमा पूजा गर्छन् । त्यही कर्‍याङकुरुङको बथान मंसिरतिर उँधो भूमध्य सागरतिर लाग्छ, जुन उँधौली सुरु भएको संकेत हो ।

यसबेला पाकेका बालीनाली थन्क्याएर राख्ने समय हो । लगाएको बालीनाली पाकेर थन्क्याउन थालेपछि मङ्सिरे पूर्णिमादेखि वैशाखे पूर्णिमासम्मको अवधिलाई उँधौली भनिन्छ । यसबाट आदिम जातिका रूपमा रहँदै आएका भुजेलहरूले समयको कसरी हेक्का राख्थे भन्ने कुराको झल्को दिन्छ ।

आजको जस्तो घडी प्रचलनमा नरहेका बेला यिनै प्राकृतिक परिवर्तन आदिबाटै उनीहरू समयलाई बुझ्थे । ऋतु अनुसार बाली लगाउने, उठाउने प्राकृतिक नियमलाई अनुसरण गर्नु निकै वैज्ञानिक देखिन्छ, जुन पर्यावरणीय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । लामो सभ्यताको परिणतिले नै यस किसिमका अभ्यास विकसित हुँदै आए ।

उँभौली–उँधौली पर्व निश्चित भूगोलमा मात्र नभई सहर हुँदै विश्वव्यापी भइरहेको छ । यो सांस्कृतिक चाडमात्र नभएर सामाजिक सद्भावसँग पनि जोडिएको छ । यही अवसरमा भुजेलहरू एक ठाउँमा भेला हुने गर्छन्, जसबाट दुस्ख–सुख आदान—प्रदन हुन्छ । बालीनाली लगाएर फुर्सदको समयमा आफूले लगाएको बालीनाली सप्रियोस्, रोगव्याधि हटोस्, भूकम्प, अतिवृष्टि भई बाढीपहिरो नचलोस्, सुक्खा खडेरी नपरोस्, सबैमा सहकाल होस्, अनिकाल नआओस् भनी सामाजिक आराधना गरिन्छ । यो एक प्रकारको सामाजिकीकरण प्रक्रिया पनि हो । यसैगरी बालीनाली स्याहारेर नयाँ अन्न घरमा भित्र्याएपछि पनि प्रकृति एवं पुर्खालाई सबभन्दा पहिले अर्पण गरेर मात्र खाने गरिन्छ ।

यसो गर्नुको कारण के हो भने प्रकृति अर्थात् पुर्खाहरू जसले बाली लाउन सिकाए, जसले बाली सपारेर भित्र्याउने अवसर दिए, तिनैलाई अर्पण गरेर खानु भनेको सामाजिक आचरणको ज्वलन्त नमुना हो । यसले सामाजिक संहिताको झल्को दिन्छ । 

No description available.

भुँयारि बेलामा धामीलाई मर्यादित ढंगले आफ्नो घरबाट निकालेर भुमे थानसम्म लैजाने कार्यमा पनि सामाजिकता देखिन्छ । भुमे थानका बेला चाहिने सामग्रीको संकलन गर्नेदेखि तिनीहरूको व्यवस्थापनसम्ममा आपसी सहयोग गर्छन् भने रिम९खैचडि०  झ्याम्टा, भाला, धनु, वाण, तरवार आदि व्यवस्था गर्न सामूहिक रूपमा जुट्छन् । अरू बेला एकअर्काबीच द्वेष रहेकाहरूले पनि यस्तो बेला विगतका कमी—कमजोरी भुलेर भुयारिको रमझममा सहभागी हुन्छन् ।

मुन्दुम दर्शनअनुसार मानव लगायत सृष्टिका चराचर प्राणीलाई आवश्यक तत्त्व उपलब्ध गराउने प्रकृति नै भएकोले प्राणी मात्रलाई अति आवश्यक पर्ने माटो, जल, वायु, जंगल तापजस्ता पञ्चमहाभूत शक्तिकेन्द्रको रूपमा पुज्य मानिने प्रकृति पूजामा हर शक्तिको आराधना गरिन्छ । पूर्णिमादेखि पञ्चमिको अवधिसम्म  हलो जोतेर माटो पल्टाउन नहुने, पल्टाए सह जाने सामाजिक मान्यता रहेको पाइन्छ । 

मानिसलाई निश्चित अवधिसम्म काम गरिसकेपछि शारीरिक एवं मानसिक थकान हुन्छ । यसबेला उसका लागि आराम जरुरत हुन्छ । तसर्थ स्वास्थ्यका दृष्टिले पनि यो पर्व निकै उपयोगी देखिन्छ । मूलतस् खेतीपाती गर्ने किसान भएकाले किरातीहरू खेतबारीमा जानुपर्छ । खेतीपातीको समयमा त यान्त्रिक भएर अनवरत तवरले नै काम गर्नुपर्छ । 

श्रम गरिसकेपछि एक प्रकारको शारीरिक एवं मानसिक थकान हुन्छ । यही बेला गरिने उधौलीमा पुनर्ताजगी हुने अवसर मिल्छ । मनोवैज्ञानिक दृष्टिकोणमा पनि यो पर्वले विशेष महत्त्व राख्छ । किनभने यस प्रकारको चाडको आगमनसँगै मन प्रफुल्ल हुने, आफन्तको भेटघाट या जमघट हुने कुराले पनि सकारात्मक प्रभाव पार्छ । त्यतिमात्रै होइन, सामूहिक चाड भएकाले यसबेला धनी–गरिब, उँच–निचको अनुभूति हुँदैन । यो चाडलाई स्वतन्त्रताको प्रतीकका रूपमा पनि लिइन्छ । यसले साझा मनोविज्ञान निर्माण गर्न समेत मद्धत गर्छ । 
         

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम...

ट्रम्प र सीबिच शिखर वार्ता हुने

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएको छन् । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नया...

हावाहुरी र चट्याङको जोखिम आज पनि कायम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...

कालीगण्डकी नदीमा अवैध दोहन

बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: