Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

खेलकुद क्षेत्रमा स्थानीय सरकारको लगानि, कालिमाटीमा खुला भलिवल प्रतियोगिता

खबरडबली संवाददाता

सल्यान  । सल्यानको कालिमाटी गाउँपालिकामा खुला भलिवल प्रतियोगिता सुरु भएको छ । धान्य पूर्णीमामा लाग्ने चर्चित पौरानिक कालिमाटी मेलाको अवसरमा गाउँपालिकाले भलिवल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उद्घाटन गरेका हुन् । ३ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न १५ वटा समूह प्रतिस्पर्धामा छन् । प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केसीले कार्यक्रममा बोल्दै प्रतिष्पर्धी खेलाडि उत्पादनका लागि गाउँपालिकाले लगानि गर्दै आएको भन्दै खेल मैदान निर्माण, मेला व्यवस्थापन तथा पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासमा निरन्तर काम भइरहेको बताए । 

कछुवा दहको सन्दर्भमा  आफ्नै पालामा खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष केसीले बालुवा दमदुवाली घुइयाबारी चप्परगौडी सडक निर्माणका लागि आफुहरु लागि परेको भन्दै निकुञ्ज क्षेत्रको समस्या समाधानका लागि प्रदेश तथा केन्द्र सरकारसंग पटक पटक अनुरोध गरेको उल्लेख गरे । गाउँपालिकाले काम गर्ने ठाउँमा छेकबार लगाइएको बताए । विगतमा कालिमाटी मेला ठाउँ अभावमा बाटोमै लाग्ने गरेको भन्दै उनले अहिले फाराकिलो फिल्ड संगै सौचालय, खानेपानीको संरचना निर्माण संगै मेलालाई व्यवस्थित गरिएको बताए । 

कार्यक्रमका विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष सनशिलता वली डिसीले खेल क्षेत्रको विकास संगै गाउँपालिकाले समग्र पालिकाको विकासको लागि विविध क्षेत्रमा इमान्दार पूर्वक काम गरिरहेको बताइन् । तर विकास विरोधी तथा परिवर्तन नरुचाउनेहरुले अनावश्यक रुपमा जनप्रतिनिधी र कर्मचारीको मनोबल गिराउने उद्देश्यले मुद्दा मामिला र उजुरी गर्नेगरेको उनको भनाई छ । आफु लगाएत १० जनालाई झुठो मुद्दा लागेको ११ महिना पछि सम्मानित अदालतले आफुहरुलाई न्याय दिलाएको भन्दै गाउँपालिका उपाध्यक्ष डिसीले आफुहरु कुनै पनि पक्षपात नगरेर गाउँपालिकाको विकासमा प्रतिवद्ध रहेको जनाइन् । 

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट कालिमाटी ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, नेपाली काग्रेसका प्रतिनिधी टोप बहादुर केसी, नेकपा एमालेका प्रतिनिधी केशर सिंह बुढा, माओवादी केन्द्रका प्रतिनिधी शालिकराम भट्टराई, राप्रपाका प्रतिनिधी प्रदिप थापा, एकिकृत समाजवादीका प्रतिनिधी ज्ञान्द्र बहादुर खत्री लगाएतले बोल्दै गाउापालिकामा खेल मैदानको खाँचो रहेको भन्दै गंगामाला मन्दिर व्यवस्थापन संगै स्तरिय र प्रभावकारी विकासका लागि गाउँपालिकालाई विभिन्न सुझावहरु दिएका थिए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा दिप बहादुर वलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रितु केसी तिमिल्सीनाले गरेकि थिइन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending