सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा खुला भलिवल प्रतियोगिता सुरु भएको छ । धान्य पूर्णीमामा लाग्ने चर्चित पौरानिक कालिमाटी मेलाको अवसरमा गाउँपालिकाले भलिवल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उद्घाटन गरेका हुन् । ३ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न १५ वटा समूह प्रतिस्पर्धामा छन् । प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केसीले कार्यक्रममा बोल्दै प्रतिष्पर्धी खेलाडि उत्पादनका लागि गाउँपालिकाले लगानि गर्दै आएको भन्दै खेल मैदान निर्माण, मेला व्यवस्थापन तथा पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासमा निरन्तर काम भइरहेको बताए ।
कछुवा दहको सन्दर्भमा आफ्नै पालामा खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष केसीले बालुवा दमदुवाली घुइयाबारी चप्परगौडी सडक निर्माणका लागि आफुहरु लागि परेको भन्दै निकुञ्ज क्षेत्रको समस्या समाधानका लागि प्रदेश तथा केन्द्र सरकारसंग पटक पटक अनुरोध गरेको उल्लेख गरे । गाउँपालिकाले काम गर्ने ठाउँमा छेकबार लगाइएको बताए । विगतमा कालिमाटी मेला ठाउँ अभावमा बाटोमै लाग्ने गरेको भन्दै उनले अहिले फाराकिलो फिल्ड संगै सौचालय, खानेपानीको संरचना निर्माण संगै मेलालाई व्यवस्थित गरिएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष सनशिलता वली डिसीले खेल क्षेत्रको विकास संगै गाउँपालिकाले समग्र पालिकाको विकासको लागि विविध क्षेत्रमा इमान्दार पूर्वक काम गरिरहेको बताइन् । तर विकास विरोधी तथा परिवर्तन नरुचाउनेहरुले अनावश्यक रुपमा जनप्रतिनिधी र कर्मचारीको मनोबल गिराउने उद्देश्यले मुद्दा मामिला र उजुरी गर्नेगरेको उनको भनाई छ । आफु लगाएत १० जनालाई झुठो मुद्दा लागेको ११ महिना पछि सम्मानित अदालतले आफुहरुलाई न्याय दिलाएको भन्दै गाउँपालिका उपाध्यक्ष डिसीले आफुहरु कुनै पनि पक्षपात नगरेर गाउँपालिकाको विकासमा प्रतिवद्ध रहेको जनाइन् ।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट कालिमाटी ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, नेपाली काग्रेसका प्रतिनिधी टोप बहादुर केसी, नेकपा एमालेका प्रतिनिधी केशर सिंह बुढा, माओवादी केन्द्रका प्रतिनिधी शालिकराम भट्टराई, राप्रपाका प्रतिनिधी प्रदिप थापा, एकिकृत समाजवादीका प्रतिनिधी ज्ञान्द्र बहादुर खत्री लगाएतले बोल्दै गाउापालिकामा खेल मैदानको खाँचो रहेको भन्दै गंगामाला मन्दिर व्यवस्थापन संगै स्तरिय र प्रभावकारी विकासका लागि गाउँपालिकालाई विभिन्न सुझावहरु दिएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा दिप बहादुर वलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रितु केसी तिमिल्सीनाले गरेकि थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: