मकवानपुर । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकको मागलाई लक्षित गर्दै हेटौडामा रि–सेल मेलाको आयोजना गरेको छ ।
आज भएको एक कार्यक्रमका बीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनिधि विजय पुडासैनी र बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट रि–सेल प्रमुख परिक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी दिए । यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुने जानकारी बताए । साथै चालकलाई लक्षित गरि २५ लाखको आकस्मिक बीमाले थप उर्जा दिने समेत बताए । कार्यक्रम पौष ८ गते देखी १० गतेसम्म संचालन हुनेछ ।
आइशरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष ल्याउने गर्दछ। सोहिकारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ । यसअघि आइशरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । क्यासलेश योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्ने बताइएकाे छ ।
क्यासलेश इन्स्योरेन्स अन्तरगत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लूबीच कारोबार हुने आइशर जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: