Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ । यहाँ फोहर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ । फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुन: प्रयोगीय वस्तु ९कवाडी० सङ्कलन गर्ने व्यक्तिको योगदान छ । हाल उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबेँसी र ककनी गरी २३ नगरपालिकाको फोहर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ । 

काठमाडौँ महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय टनसम्म फोहर सङ्कलन हुने गरेकोे छ । दैनिक करिब दुई सय सवारी साधनमा राखेर फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । सङ्कलित फोहरबाट पुन: प्रयोगीय वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा पुन: प्रयोगीय वस्तु न्यूनतम मूल्यका किनेर सङ्कलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहर व्यवस्थापनमा सहयोग पुगेको छ । त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगञ्ज, हेटाँैडा, नवलपरासी, जनकपुरलगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चापदार्थका रुपमा प्रयोग गर्ने गरेका छन् ।   

नेपाल पुन: प्रयोगीय वस्तु व्यवसायी सङ्घका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा पुन: प्रयोगीय वस्तु ९कवाडी० दैनिक ३५ गाडी सङ्कलन हुने गरेको जानकारी दिए । सङ्कलनकर्ताले स्वत: गर्ने कामका कारण लगभग तीन सय ५० टन पुन: प्रयोगीय वस्तु दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उनको भनाइ । “यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चापदार्थका रुपमा पुन: प्रयोगीय वस्तु आपूर्ति गर्दै आएका छौँ । यस्तो कच्चापदार्थ पहिला सिङ्गापुर वा अन्य विदेशबाट ल्याउनुपथ्र्यो तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,” अध्यक्ष पाठकले भने ।

सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब पुन: प्रयोगीय वस्तु सङ्कलनकर्ता सात हजार छन् । उनीहरु दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुन: प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन् । यसरी पुन: प्रयोगीय वस्तु किनेर कवाडीखानामा बेच्दा मासिक रु २० हजारदेखि रु ३० हजार आफ्नो कमाई हुने गरेको काठमाडौँको बुद्धनगरका कवाडी सङ्कलनकर्ता अजय यादवले बताउनुभयो । उहाँले कामका सिलसिलमा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने समस्या रहेको गुनासो गरे। त्यसैगरी, उपत्यकामा एक हजार सात सय  पुन: प्रयोगीय वस्तु सङ्कलन स्थल (कवाडीखाना) रहेका छन् । ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ ।

विश्वमा फोहर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको गुनासो गर्दै अध्यक्ष पाठकले भने, “यो पेसा हेपिएको अवस्थामा रहेको छ, कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ । सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटकपटक आग्रह गर्याँै तर कुनै सुनुवाइ भएको छैन् ।”  

विसं २०३८ देखि यो पेसामा आबद्ध हुनुभएका अध्यक्ष पाठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गरे । काठमाडौँ महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन सुरु गरेको छ । यद्यपि सङ्घको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातच्यूत गरी पुन: प्रयोग गर्न सुरु गरिएको उनले बताए ।  फोहरलाई मुख्य गरी पुन: प्रयोग नहुने र पुन: प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पुन: प्रयोग नहुने फोहरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन् । भान्साजन्य र अन्य फोहर सड्ने फोहर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुन: प्रयोग पनि नहुने र नसड्ने फोहर हुन् । त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजन्य र सिसाजन्य वस्तु पुन: प्रयोग हुने वस्तु हुन् । पुन: प्रयोगीय वस्तु (कवाडी) सङ्कलनकर्ताहरुले यी वस्तुमात्र सङ्कलन गर्ने गर्छन् ।

निजी संस्थाद्वारा ९० प्रतिशत फोहर व्यवस्थापन
यसैगरी, फोहर सङ्कलन गर्ने निजी संस्थाको साझा युनियन ‘फोहरमैला व्यवस्थापन सङ्घ नेपाल’का अनुसार उपत्यकामा मात्र फोहर सङ्कलन गर्ने ५८ निजी कम्पनी छन् । ती कम्पनीमा तीन हजारभन्दा बढी कुचिकार, सङ्कलक र व्यवस्थापक कार्यरत रहेको सङ्घका महासचिव मित्रप्रसाद घिमिरेले जानकारी दिए। उपत्यकाको फोहरमध्ये ९० प्रतिशत ती कम्पनीले र बाँकी १० प्रतिशतमात्र महानगरपालिकाले सङ्कलन गर्ने गरेको उनले बताए । काठमाडौँ महानगरपालिकाले १२, १८, १९, २०, २१, २३, २४ र २५ वडाको सम्पूर्ण फोहर सङ्कलन गर्ने गर्छ भने बाँकी वडाको फोहर निजी संस्थाबाट सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ ।  

“कम्पनीले दैनिक घरघरबाट रिक्सा तथा ट्र्याक्टरबाट फोहर सङ्कलन गरेर आ–आफ्नो सङ्कलन केन्द्रमा राख्छन् र त्यही मजदुरले पुन: प्रयोग हुने वस्तु छनौट गर्ने गर्छन् । बिग्रेको खाद्यान्न बङ्गुरलगायत जनावरका लागि दानाका रुपमा पनि प्रयोग हुन्छ । यसरी करिब २५ प्रतिशत वस्तु छुट्यान्छ र बाँकी ल्यान्डफिल साइट लगिन्छ,” उनले भने । तर जुन कम्पनीको फोहर छुट्याउने केन्द्र हुँदैन ती कम्पनीले फोहर सिधै बञ्चरेडाँडा लैजान्छन् र त्यहीँ कुहिने तथा पुन: प्रयोग हुने वस्तु छुट्याइन्छ । 

फोहर लैजाने कम्पनीले बञ्चरेडाँडा प्रत्येक गाडीको रु चार सय प्रवेश शुल्क तिर्ने गरेका छन् । एक सर्वेक्षणअनुसार उपत्यकाको कूल फोहरबाट छुट्याइने पुन: प्रयोग हुने वस्तुको बिक्रीबाट मात्र दैनिक रु २० लाखदेखि रु ३० लाख आम्दानी हुने गरेको छ । यसरी हुने छनौटले एकातिर आम्दानी हुने र अर्कोतिर फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने महासचिव घिमिरेले बताए। यसले फोहर ढुवानीको खर्च पनि बचत हुने गरेको छ । त्यस्ता कम्पनीले फोहरमैलाको मात्राका आधारमा प्रत्येक घर र व्यवसायबाट लिने शुल्कमा विविधता रहेको उनले बताए । तर घरायसीका लागि न्यूनतम मासिक रु चार सय रहेको छ । उपत्यकामा करिब चार लाख घर रहेका अनुमान छ ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार बञ्चरेडाँडामा लैजाने फोहरमध्ये ६० देखि ७० प्रतिशत कुहिने फोहर हुन्छ भने बाँकी धातु, कागज, प्लास्टिक, सिसालगायत वस्तु हुन्छन् । दैनिक लैजाने दुई सय गाडीका फोहरमा अनौपचारिक काम गर्ने व्यक्तिले स्वत: रुपमा पुन: प्रयोग हुने वस्तु छुट्याउने गरेका छन् । त्यसमध्ये दैनिक पाँचदेखि १० गाडी पुन: प्रयोग हुने वस्तु फिर्ता हुने गरेकोे उनले जानकारी दिए । उनले कवाडी सामग्री सङ्कलनकर्ताले आफ्नो रोजगारी र आम्दानीका सिलसिलामा स्वत: रुपमा पुन: प्रयोग गर्ने वस्तु सङ्कलन गर्दा फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने गरेको उल्लेख गरे । 

“यस पेसालाई सरकारले नियमन गर्नका लागि कहीँ न कहीँ औपचारिक रुपमा ल्याउन आवश्यक छ,” प्रमुख श्रेष्ठले भने। महानगरपालिकामा सरसफाइ तथा उद्यान सहायकका रुपमा ३२ वडामा तीन सय ९७, विभागमा एक सय आठ, रत्नपार्क रानीपोखरीमा छ, बालाजु बाइसधारामा १०, वसन्तपुरमा आठ, बागदरबारमा १३, शङ्खपार्कमा पाँच, राष्ट्रिय सभागृहमा नौ, सिसडोल ल्यान्डफिल साइटमा नौ, सिसडोल ल्यान्डफिल साइटमा लेन्थ वर्कर सात, सिसडोल बञ्चरेडाँडा सडकमा ‘लेन्थ वर्कर’ पाँच गरी कूल पाँच सय ७७ जना कार्यरत छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...

पेरुमा रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...

समानुपातिक बन्दसूचीमा मेरो नातेदार छैनन्, केहि त्रुटिहरु भए सच्याउछौ: कुलमान घिसिङ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...

बालेन शाह परिवर्तनको झिल्को: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending