झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलालाई पार्टीको तर्फबाट उम्मेद्वार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।
संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न कांग्रेस झापाको विस्तारित बैठक बसेको थियो। जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ–नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईले जानकारी दिए।
शुक्रबार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले नाम प्रस्ताव गर्नुभएको थियो । उक्त नाममा सचिव राम कट्टेलले समर्थन गरेका हुन् । सिटौला झापाको भद्रपुर नगरपालिका तथा क्षेत्र नं. ३ को स्थायी बासिन्दा हुन् ।
सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका छन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मिति तय भएको छ । राष्ट्रिय सभामा सिटौला निर्वाचित भएको अवस्थामा राष्ट्रियसभाको अध्यक्ष बन्ने चर्चा रहेेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: