काठमाडौँ । उद्यमी तथा साहित्यकार वसन्त चौधरीले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरी युट्यब च्यानलमार्फत ‘मनका कुरा विथ वसन्त चौधरी’ श्रव्यदृश्य कार्यक्रम सञ्चालन गर्ने भएको छन् ।
सिजी इन्टरटेन्मेन्टद्वारा भोलि शुक्रबारदेखि उक्त श्रब्यदृश्य कार्यक्रम प्रसारण गरिने उक्त इन्टरटेनमेन्टका सहअध्यक्ष एवं वरिष्ठ कलाकार हरिहर शर्माले आज आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिए । उनका अनुुसार भोलि शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ ।
उक्त कार्यक्रममा वसन्त चौधरीका भोगाइ र सफलताका कुराबाहेक जीवन र जगत्बाट सिकेका र अनुभूत गरेका भोगाइ र उहाँका सिर्जनाका साथै समाजका विभिन्न क्षेत्रमा लागेर ख्याति कमाएका र सङ्घर्षशील जीवन यापन गरी समाजमा उदाहरणीय बनेका व्यक्तित्वका अनुभूति र कार्यपद्धतिलाई समेटिने पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार शर्माले जानकारी दिए।
कार्यक्रमका हरेक शृङ्खलामा ती व्यक्तित्वलाई ल्याएर उनीहरुको सङ्घर्ष तथा जीवन यात्राका आरोह–अवरोह पस्किने र यसबाट समाजमा सकारात्मक काम तथा जीवनमा प्रगतिका लागि प्रेरणा प्रदान गर्न सकिने सो कार्यक्रमको लक्ष्य रहेको शर्माले बताए । उद्योगी व्यवसायी चौधरी व्यवसायका साथै साहित्यकर्ममा पनि छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १०:३२
महोत्तरी। मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्मा संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दाको उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्...
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...



प्रतिकृया लेख्नुहोस्: