Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ।

दशरथ रंगशालामा त्रिविद्वारा  आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र अभिभावक उपस्थित थिए। दीक्षान्त समारोहमा ‘अफिसियल विश्व रेकर्ड (डब्लुआर)’ का आधिकारिक प्रतिनिधि पनि पुग्न नसकेको निमित्त उपकुलपति प्राध्यापक डा। शिवलाल भुसाल स्वीकार्छन्।

आधिकारिक विश्व रेकर्ड एसोसिएसन ९डब्लुआर० का प्रतिनिधि प्रमाणपत्र प्रदान गर्न समारोह स्थलभित्र छिर्न नसकेपछि विश्वविद्यालयका पदाधिकारीले आफैं प्रमाणपत्र ल्याउनुपरेको तमासा पनि समारोहमा देखियो। उपकुलपति र कुलपति स्वयंले डब्लुआरको प्रमाणपत्र हातमा लिएर देखाएका थिए। ‘विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित गर्ने पहिलो विश्वविद्यालयको रूपमा विश्व रेकर्ड कायम गर्न त्रिवि सफल भएको छ,’ त्रिविको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ, ‘४९औं दीक्षान्त समारोहमै गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि उपस्थित भई उक्त रेकर्ड दर्ता गराएका हुन्।’ जुन सरासर त्रुटिपूर्ण छ।

लाखौं विद्यार्थी पढाउने विश्वविद्यालयको वेबसाइटमा समेत अफिसियल वल्र्ड रेकर्ड संस्थाको साटो गिनिज विश्व रेकर्ड राख्ने संस्थाको नाम लेखेर गलत सूचना प्रवाह गर्नुलाई शिक्षाविद् विद्यानाथ कोइरालाले हावादारी मानेका छन्। उनले विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाले गलत सूचना प्रवाह गर्दा विद्यार्थीमा समेत नकारात्मक असर पर्ने बताए। उनले विश्वविद्यालयले बेरोजगार विद्यार्थी धेरै उत्पादन गरेर विश्वकीर्तिमान बनाउनुभन्दा सक्षम, योग्य र विश्वबजारमा गरिखाने विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने सुझाए।

‘त्रिविको ४९ दीक्षान्त होइन, शिक्षान्त समारोह हो। दीक्षाको होइन, शिक्षाको अन्त्य भएको दिन हो,’ शिक्षाविद् कोइरालाले भने, ‘बेरोजगारको भिड जम्मा गरेर विश्व कीर्तिमान कायम गर्नुभन्दा गुणस्तर वृद्धि गरी विश्वबजारमा आफूले हासिल गरेको ज्ञान, सिप र क्षमता बेचेर गरिखाने बाटो देखाइदिएको भए सही हुन्थ्यो।’ उनले थपे, ‘कुलपति, उपकुलपति, राष्ट्रपतिलगायत व्यक्तित्वले विद्यार्थीलाई शिक्षा, स्वास्थ्य, पर्यटन, मधेस, पहाड, तराईका विभिन्न क्षेत्रमा अवसर देखाइदिएर उनीहरूले हासिल गरेको ज्ञान र सिप ती क्षेत्रमा प्रयोग गरी खाने बाटो देखाउनुपथ्र्यो तर त्यसो गर्न सकेनन्। बेरोजगार विद्यार्थी देखाएर कीर्तिमानको कुनै अर्थ नै छैन।’

यसपटक विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । जसमध्ये १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी २६ हजार एक सय १६ को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा। भुसालले बताए। विश्व कीर्तिमान बनाउने चक्करमा दशरथ रंगशालाभित्र पूर्ण अस्तव्यस्त अवस्था देखिएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending