काठमाडौं । जलस्रोतको दोस्रो धनी देशको रूपमा परिचित रहे तापनि नेपालीहरू खानेपानीको समस्याबाट आक्रान्त छन् । दुर्गम भेगको त कुरै छाडौं, काठमाडौं उपत्यकामा नै पानीको कुल मागको केवल एक तिहाई मात्र आपूर्ति हुने गरेको छ।
उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक १३ करोड लिटर पानी मात्र उत्पादन र बिक्री वितरण गर्ने गरेको छ। सुख्खा याम अर्थात् चैत र वैशाखमा पानीको उत्पादन घटेर दैनिक ११ करोड लिटरमा झर्ने गरेको छ।
त्यसमाथि भूमिगत पानीको स्रोतसमेत सुक्दै गएपछि आगामी दिनहरूमा पानीको झनै चर्को अभाव झेल्नुपर्ने अवस्था आएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
वर्षाको पानीको उपयोग र व्यवस्थापनमा काम गर्दै आएको संस्था स्मार्ट वास सोलुसनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी पानी विज्ञहरूले खानेपानी संस्थानले राजधानीबासीको खानेपानीको मागलाई सम्बोधन गर्न नसक्ने बताउँदै वर्षाको पानी संकलन गरी उपयोग गर्नु नै उत्तम विकल्प हुने धारणा अघि सारेका छन् ।
झण्डै तीन दशकअघिदेखि मेलम्चीको पानीको आसमा रहेका काठमाडौंबासीले राजनीतिक नेतृत्वको असक्षमताका कारण अझै केही वर्ष सहज रूपमा मेलम्चीको पानी उपभोग गर्ने वातावरण नरहेको ती पानी विज्ञहरूले बताए। त्यतिमात्रै होइन, उनीहरूले मेलम्चीको पानी यसअघि भनिए झैं गरी राजधानीमा नआउने ठोकुवा पनि गरेका छन्।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक ई।रमेश मास्केले खानेपानी प्रणालीको इन्जिनियरिङमै समस्या रहेको जिकिर गर्दै विद्यमान प्रणालीबाट खानेपानीको समस्या समाधान नहुने ठोकुवा गरे ।
उनले मेलम्ची पानी काठमाडौं ल्याउन इन्जिनियरिङको दृष्टिकोणले खासै ठूलो समस्या नरहेको तर समस्या समाधानमा सम्बन्धित पक्ष एवं सरकार तथा राजनीतिक नेतृत्वको अनिच्छाले गर्दा समस्या ठूलो देखिएको टिप्पणी गरे। सरकारको पहलमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना मेलम्ची नदीबाट दैनिक करिब १७ करोड लिटर पानी २६ किलोमिटर लामो सुरुङबाट काठमाडौं ल्याउने गरी डिजाइन गरिएको थियो। तर, २०७८ सालमा अप्रत्याशित रूपमा भएको भारी वर्षाका कारण गएको पहिरोले पहिरोले आयोजनाको हेडवक्र्स नै पुरिएर पानी आउने सुरुङमा ठूलो क्षति पुर्याएपछि मेलम्चीको पानी सपना बन्न पुगेको थियो।
ई। मास्केले कार्यक्रममा भने– ‘आयोजनाको विस्तृत अध्ययन गर्दा माथिबाट पहिरो आएर हेडवक्र्स पुरिने सम्भावना त देखिएकै थियो होला, त्यसलाई पर्खाल लगाएर रोक्नेतर्फ किन सोचिएन । यसले हाम्रो इन्जिनियरिङ नै फेल भएको देखिन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: