Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति १० हजार दिदैछौ : प्रधानमन्त्री

खबरडबली संवाददाता

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए। 

प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिए। आश्रमले मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए । 

त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए । 

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताए। सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धा नागरिकको हेरचाह गर्न सहज हुने उनको भनाइ थियो । मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको जनाउँदै यसको समाधानमा सङ्घ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरे। यस विषयमा प्रदेश सरकारले समन्वयको प्रयास गरिरहेको उनका भनाइ थियो । 

बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताए । सबै मिलेर सडक मावनमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उहाँले जोड दिए । 

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडाको पहिचानका रुपमा आश्रमले मानवताको प्रवद्र्धन गरिरहेको बताए । उनले पालिकाले आश्रमलाई निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । 

मानवसेवा आश्रमको सो भवन रु १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् । सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...

कांग्रेसको समानुपातिक सूचीमा गम्भीर त्रुटि, पूर्वराष्ट्रपति यादवका छोराको नाम दुई ठाउँमा

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...

सुर्खेतमा जंगलभित्र युवायुवती मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...

सिन्धुलीमा २२ वर्षीय युवकको गोली लागेको अवस्थामा शव फेला

काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...

कप्तान रोहितका बुवा र आमा गृहनगरमा सम्मानित

पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending