हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए।
प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिए। आश्रमले मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए ।
त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताए। सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धा नागरिकको हेरचाह गर्न सहज हुने उनको भनाइ थियो । मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको जनाउँदै यसको समाधानमा सङ्घ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरे। यस विषयमा प्रदेश सरकारले समन्वयको प्रयास गरिरहेको उनका भनाइ थियो ।
बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताए । सबै मिलेर सडक मावनमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उहाँले जोड दिए ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडाको पहिचानका रुपमा आश्रमले मानवताको प्रवद्र्धन गरिरहेको बताए । उनले पालिकाले आश्रमलाई निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
मानवसेवा आश्रमको सो भवन रु १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् । सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १३:३५
कपिलवस्तु। जिल्लाको महाराजगंज नगरपालिका १ बगाहिया नाजिक खरेन्द्रपुर सडकअन्तर्गत ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्य...
बैशाख २६ गते, २०८३ - १२:५७
सर्लाही । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुक...
बैशाख २६ गते, २०८३ - १२:३६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि धरपकड गरिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । शुक्रबार साँझ...
बैशाख २६ गते, २०८३ - ११:२५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिएको छन् । मनमोहन स्मृति प्रतिष्ठ...
बैशाख २६ गते, २०८३ - ११:०७
इटहरी। वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको ...
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...


प्रतिकृया लेख्नुहोस्: