काठमाडौँ,। क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि हो। विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरुमा उत्साह थपिएको छ । क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।
क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन्। उनी मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरु प्रभावकारी रुपमा लागू गरिँदै आएको मानिन्छ। गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए। पहिले नै क्यानाडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू वा डिसेम्बर ७, २०२३ सम्ममा अध्ययन अनुमतिका लागि आवेदन दिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा धेरै समय काम गरेर खर्च जुटाउन सक्ने यो अवसरका कारण विद्यार्थीहरुमा एक खालको उत्साह भरिएको काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलटेन्सीका सीईओ धिरज कँडेल बताउँछन् ।
अन्तराष्ट्रिय विद्यार्थीहरु क्यानडामा रहुन्जेल आर्थिक हिसाबले कुनै समस्या नहोस् भन्ने उद्धेश्यले क्यानडाले विद्यार्थीहरुलाई त्यहाँको बसाई अर्थपूर्ण बनाउनका लागि यस्तो नयाँ नियम ल्याइएको कँडेलको भनाई छ । जसका कारण उनीहरुको आर्थिक स्तरदेखि सबै कुरामा सहज हुनेछ । जीवन यापनको लागत चुलिएका बेला यो घोषणाले विद्यार्थीलाई अस्थायी राहत दिने गोरेटोका अर्का सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् ।
अध्यागमन मन्त्री मार्क मिलरले ज्यानुअरि २०२४ बाट लागु हुनेगरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तरास्ट्रिय विद्यार्थीहरूले बार्षिक २० हजार ६३५ क्यानाडियन डलर बराबरको पैसा बस्न तथा खानको लागि विनियोजन गर्न सिफारिस गरेका छन्। रेग्मीका अनुसार बढ्दो जीवनयापन लागतलाई मध्यनजर गर्दै उक्त रकमको बन्दोबस्त गरी जाँदा क्यानाडाको बसाइ सफल, सुखद र झन्झटरहित हुने बताए ।
यो घोषणासँगै विद्यार्थीका सामु थप आम्दानीको स्रोत देखाउनुपर्ने चुनौती पनि थपिएको अर्का सिनियर काउन्सलर शतिष भट्ट बताउँछन् । भट्टका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानडाको जीवनयापनको वास्तविक लागत बुझ्नको लागि र जीवनयापन गर्न लाग्ने वास्तविक खर्चको सीमालाई परिमार्जन गर्ने सरकारको निर्णयले बिद्यार्थीकै हित हुन्छ । गोरेटोका सिइओ तथा सिनियर काउन्सलर धिरज कँडेल भन्छन् यी दीर्घकालीन परिवर्तनहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक रूपमा कमजोर अवस्था र शोषणबाट जोगाएर समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा नै डोर्याउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: