Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

विपन्न हरवाचरवा दलित महिला भन्छन् : दु:खको दिन गए

खबरडबली संवाददाता
सप्तरी । केही वर्षअघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन् ।  
 
पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी उनी अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उनको दु:खको दिन गएको हो । गाउँमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आएकी सदाको परिवारमा केही वर्षअघिसम्म दु:खको पहाड लागेको थियो । तर श्रीपुर्राज सामुदायिक विकास केन्द्रसँग ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख विस्तारै हराउन थालेको उनी बताउन्छिन ।
 
“केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर एक वर्षअघि श्रीपुर्राजबाट रु २० हजार ऋण लिएर न्यून पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उनी भन्छिन्, “व्यापार गर्ने इच्छा भए पनि पुँजी अभावका कारण त्यसले मूर्तता पाएन । ” २०७९ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित माता दुर्गा हरवा चरवा बचत तथा ऋण समूहबाट समेत रु एक हजार चार सय ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उनको कथन छ । घरमै सञ्चालन गरेको किराना पसलबाट अहिले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी भइरहेको उनको कथन छ ।
 
यस्तै विगतका वर्षहरुमा साहुमहाजनको खेतबारीमा काम गरेर जीविकोपार्जन गर्दै आएकी सोही ठाउँकी ४५ वर्षीया सीताबरीदेवी सदालाई पनि अचेल किराना पसलबाट फर्सद हुँदैन । करिब एक वर्षदेखि घरमै किराना पसल चलाउँदै आउनुभएकी उहाँले त्यही पसलबाट राम्रो आम्दानी गर्न थालेपछि साहुमहाजनको खेतमा कडा मिहिनेत गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएको बताउन्छिन् । 
 
“पहिला पहिला परिवार चलाउन असाध्यै समस्या हुन्थ्यो”, उनी भन्छिन्, “तर किराना पसल चलाएदेखि खासै समस्या छैन ।” तर श्रीमान् कालीचरण सदा बिरामी परेकाले एक्लै पसल चलाउन भन्ने गाह्रो भएको छ, उनले भनिन्, “श्रीमान्ले पसलका लागि चाहिने समान राजविराज, रुपनी, कठौनालगायतका बजारबाट ल्याई दिनुहुन्थ्यो, अहिले उहाँ बिरामी परेकाले समस्या भएको छ ।” 
 
सामान्य लेखपढ गर्नसमेत नजानेकी स्थानीय गीता सदालाई अचेल बिहान हुने बित्तिकै तरकारी  कहाँबाट खरिद गरेर ल्याउने र नजिकको सहर बजारमा कतिबेला पुर्‍याउने भन्ने हतारो हुन्छ । एक वर्षअघि सम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उहाँ अहिले भन्ने गाउँ नजिकैको शहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । आयआर्जनको गतिलो आधारसँगै गितादेवीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ । 
 
आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघि सम्म गाउँकै साहुमहाजन कहाँ बहिबुतो गर्दै आएको विगतको अतित सम्झिदै गीतादेवी भन्नुहुन्छ, “पहिले हरवाचरवाको रुपमा ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालन पोषण गर्न धौ–धौ हुन्थ्यो ।” अहिले भन्ने स्वतन्त्ररुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उहाँको भनाइ छ । 
 
“दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो”, उनी भन्छिन्, “तर अब मेरो त्यो दु:खको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको छु, उनको भनाइ छ । 
 
आफ्नै घरमा सञ्चालन गरेको किराना पसलले स्थानीय रञ्जना सदाको मात्रै होइन, उनको सिङ्गो परिवार नै सुखी र खुसी बनेका छन् । “परिवारका सदस्यको समेत राम्रै साथ पाएकी छु”, उनी भन्न्छिन्, “किनाना पसल गरेर परिवारको गुजारा चलाउनुको साथै छोराछोरीको पढाइ खर्चसँगै परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान गर्दै आएकी छु ।” 
 
आर्थिक विपन्नता र चेतनाको अभावमा साहुमहाजनमा श्रम गर्दै आएकी ललितादेवी, सीतावरीदेवी, गीतादेवी र रञ्जनाको जीवनमा आएको यो परिवर्तन श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो । 
 
“सुरु सुरुमा म धेरै लजाउँथे, के गरौ नगरौ भन्ने थाहै थिएन, सधैँ मजदुरी गरेर जेनतेन परिवार मात्रै पालथ्ये”, रञ्जना भन्नुहुन्छ, “तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।” द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियामा गठन भएको बचत तथा समूहमा आबद्ध भएकी उहाँहरु त्यही समूहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउन्छिन् । 
 
सिरहाको लहान, गोलबजार, धनगढीमाई तथा सप्तरीको वीरेन्द्र बजार, राजविराजबाट तरकारी खरिद गरी गाउँसँगै नजिकैको रुपनी, कदम चौक, पौवालगायतका हाटबजारमा तरकारी व्यापार गर्दै आएकी गीतादेवी भन्छिन्, “अहिले त्यही तरकारी व्यापारबाट दैनिक रु पाँच सयदेखि रु सात सयसम्म कमाइ भइरहेको छ ।”
 
सो केन्द्रबाट रु १० हजार र आफू आबद्ध भएको माता दुर्गा हरवाचरवा बचत तथा ऋण समूहबाट रु एक हजार गरी ११ हजार पुँजीबाट सुरु गरेको तरकारी व्यापार फष्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उहाँ बताउन्छिन् । 
 
साधारण लेखपढ गर्नमात्र जानेकी गीतादेवी समूहमा लागेपछि निधक्कर्ता पूर्व बोल्न सक्ने मात्र होइन आम्दानी गर्ने र बचत गर्ने बानीको समेत आफूमा विकास भएको बताउनुहुन्छ । उहाँहरु आबद्ध माता दुर्गा हरवाचरवा बचत तथा ऋण समूहमा महिला र पुरुष गरी ५६ जना सदस्य आबद्ध छन् । त्यसमध्ये ३२ जना सदस्यले बचत समूहका मासिक रु सयका दरले बचतसमेत गर्दै आएको समूहका अध्यक्ष रामदेव सदाले बताउनुभयो । 
 
सदस्यले मासिकरुपमा गरेको बचत रकम रु ३९ हजारभन्दा बढी पुगेको छ, उहाँ भन्नुहुन्छ, “बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरेका छौँ ।” जसले महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उहाँको बुझाइ छ । पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्म सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीको भनाइ छ । 
 
“केही वर्षअघिसम्म साहुमहाजनमा मजदुरी गर्दै आएकाका हरवाचरवा परिवारका महिला विस्तारै साना व्यवसायमा हौसिँदै गएका छन्”, उनी भन्छिन्, “पछिल्लो समय उहाँहरुले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिला अघि बढ्न सके आर्थिकसँगै सामाजिक क्षेत्रमा समेत परिवर्तन आउन सक्छ ।” 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending