नेपालगन्ज। सीमापारी भारतबाट विभिन्न सामानहरु भन्सार राजस्व छलेर नेपाल भित्र्याइ तस्करी हुँदै आए पनि हाल बाँकेका चामल उद्योगीहरु समेत राजस्व छलेर भारतबाट चामल भित्र्याउन सक्रिय रहेको पाइएको छ।
भन्सार राजस्व छलेर चोरीछिपि ठुलो परिमाणमा चामल नेपालगन्ज भित्र्याएर बिक्री गर्नेगरेको सूचनाको आधारमा नेपालगन्ज वडा १ मा रहेका चामल उद्योगमा प्रहरीले छापा मार्दा त्यहाँबाट २०८ बोरा अवैध चामल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारीअनुसार भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याएका चामल लुकाइछिपाइ पल्टि गरिरहेको सूचनाको आधारमा खानतलासी गर्दा तीन वटा चामल उद्योगबाट २०८ बोरा अवैध चामल बरामद गरिएको बताए।
डिएसपी डाँगीले नेपालगन्ज –१ मा सुनिल गुप्ताले सञ्चालन गरेको लता आधुनिक चामल उधोगबाट १३६ बोरा, सोही वडामा मंगलप्रसाद वैश्यले सञ्चालन गरेको शिवम ट्रेडर्सबाट २८ बोरा र सोही वडामा वारिस गुप्ताले सञ्चालन गरेको न्युराज ट्रेडिङबाट ४४ बोरा भन्सार राजस्व छलेर ल्याइएका अवैध चामल बरामद गरिएको बताए।
ती चामल उद्योग र पसलले अवैधरूपमा चामल भित्र्याएर बोरा परिवर्तन गरी आफ्नो उद्योगको नामको बोरामा भरेर बिक्री गर्दैआएको खुलेको बताए।
प्रहरीले बरामद गरेको चामलको मुल्य तीन लाख ५३ हजार ६०० रुपियाँ रहेको जनाउँदै डिएसपी डाँगीले थप कारवाहीका लागि चामललाई नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: