बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएको छन् ।
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे ।
नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै कारण हरेक दिनदिनै नेपाली युवा विदेशिनु परेको अध्यक्ष केसीको भनाइ थियो । एउटा नागरिककोे गास, बास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनु परेको चर्चा गर्दै उनले यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौंदेखि लड्दै आएको र अहिले पनि आफूले संसद्मा यस विषयमा आवाज उठाइ रहेको जानकारी दिए।
“मानव अधिकारबारे बढी प्रचार गर्नेले नै यसको उल्लङ्घन गरिरहेका छन्, जसले मानव अधिकारको घोर उल्लङ्घन गरेको छ, उसैले मानव अधिकारको चर्को कुरा गरिरहेको छ, कुनै पनि नागरिकलाई मानव अधिकार संरक्षण हुन्छ, भन्ने विश्वास नै छैन”, अध्यक्ष केसीले भने, “शक्ति हुनेको ढुङ्गो उभो पल्टन्छ, कमजोरको उँदो पनि पल्टिँदैन, त्यसले गर्दा जो बलियो छ, उसले मानव अधिकार पाएको छ, निमुखा जनताले भने पाउन सकेका छैनन् ।”
मानव अधिकार रक्षाका लागि सरकार र जनता नै लाग्नुपर्नेमा जोड दिँदै उनले वर्षौंदेखि अन्यायमा परेका कैयौँ नागरिकले अहिलेसम्म न्याय पाउन नसकेकाले यसमा सरकार सचेत हुनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: